रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीबाट माघ १८ गते एपीएफ टोलीले करीब २ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाइल सेट बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यलयले जनाएको छ ।
बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपएिफ टोलीले माघ १९ गते करीब एक लाख रुपैया...