भन्सार छलेर ल्याइएका मोबाइल नागढुङ्गाबाट बरामद

काठमाडौं : भन्सार छली ल्याइएका अवस्थामा विभिन्न कम्पनीका २३ थान मोबाइल प्रहरीले आज नागढुङ्गाबाट बरामद गरेको छ। भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारेको हो। बरामद मोबाइल आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय…

सम्बन्धित सामग्री

भन्सार छलेर ल्याइएका चक्लेट बरामद

वीरगञ्ज – पर्सा प्रहरीले भन्सार छलेर ल्याइएका चक्लेट बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका–७ रेल्वे सडकखण्डको छेउमा रामबाबु प्रसाद कलवारको तीन तल्ले घरमा कोठा भाडामा लिइ भन्सार छलीका चक्लेटहरु राखेको अवस्थामा बरामद गरिएको हो। प्रहरीले विभिन्न कम्पनीका ९० हजार रुपैयाँभन्दा बढीका चक्लेट बरामद भएको जनाएको छ। उक्त चक्लेट थप कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका […]

भन्सार छलेर ल्याएका ३ ट्रक सामान थानकोटबाट बरामद

भन्सार छलेर वीरगञ्जबाट काठमाडौं ल्याएको सामान प्रहरीले बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको छ । बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी मैनालीले जानकारी दिए ।सो सामान ना.६ ख. ८९ नम्बरको ट्रक, ना.६ ख. ७१ नम्बर र ना.७ ख. ९३२ नम्बरको ट्

भन्सार छलेर ल्याएको डेढ क्विन्टल चिनी बरामद

झापा : प्रहरीले झापामा भारतबाट भन्सार छलेर भित्र्याइएको १५५ किलो (डेढ क्विन्टल) चिनी बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ८ बजे झापाको गौरीगंज गाउँपालिका वडा नं ५ जनता टोलस्थित मान्छे नबस्ने ग्वाली (गोठ)मा भारतबाट भन्सार छलेर ल्याई लुकाई राखेको अवस्थामा चिनी फेला पारेको हो।प्रहरीले अन्दाजी १ लाख ११ हजार मूल्य बराबरको ३१ बोरा चिनी बरामद गरेको हो। प्रहरीले बरामद चिनी नियन्त्रणमा लिएर

भन्सार छलेर ल्याउँदै गरेका कपडा बरामद

मकवानपुरको रातोमाटेबाट प्रहरीले भन्सार छलेर ल्याएको ७ बोरा कपडा बरामद गरेको छ । प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट कपडा बरामद गरेको हो ।पूर्वपश्चिम राजमार्गअन्तर्गत् वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस रातोमाटेमा चेक गर्ने क्रममा बसको डिकी र छतमा लुकाएर ल्याएको सो परिमाणको विभिन्न प्रकारको कपडा बरामद गरिएको हो ।प्रहरीका अनुसार उक्त बसबाट कुर्ता

कैलालीमा भन्सार छलेर ल्याएको सामान बरामद

१९ फागुन, धनगढी । कैलालीमा सशस्त्र प्रहरी बलले भन्सार छलेर अटो रिक्सामा ल्याउँदै गरेको पाँच लाख ९८ हजार रूपैयाँको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका- १५ कनरीस्थित जंगल क्षेत्रबाट सो सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याएर बेवारिसे अवस्थामा […]

भन्सार छलेर ल्याएका १६ लाख भन्दा बढीको सामान बरामद

७ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छलेर ल्याएका १६ लाख २१ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । खानेपानीको कार्टुन र जार बोकेको मिनी ट्रकबाट भन्सार छलेर ल्याएका १६ लाख २१ हजार ७ सय ८० रुपैयाँको समान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सर्लाहीको कविलासी–८ गौरमा मलंगवाबाट नवलपुर आउँदै गरेको […]

भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद

नवलपुर । भन्सार छली गरेर ल्याइएको करिब पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिए । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को रामग्राम नगरपालिका–१ का ४० […]

भन्सार छलेर ल्याइएको ८ लाख बराबरको पाटपूर्जा बरामद

भन्सार छलेर ल्याइएका विभिन्न सवारी साधानका पाटपूर्जाहरु बरामद भएका छन्।

भारतबाट भन्सार छलेर ल्याएका समान बरामद

काठमाडौं । भारतबाट भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनी प्रहरीले बिराटनगर महानगरपालिकाबाट बरामद गरेको छ । भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनीसहित १ लाख ६४ हजार मूल्य पर्ने सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डिएसपी) मान बहादुर राईले रातोपाटीलाई बताए ।विराटनगर महानगरपालिका–१७ स्थित दरैयाबाट सुधीरकुमार महतोले ल्याएको ४ बोरा कपडा सिमानाबाट नेपालतर्फ ल्याएर टेम्पोमा लोड गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । सो तयारी कपडाको मूल्य १ लाख ५६ हजार रहेको छ ।विराटनगर महा

भन्सार छलेर ल्याइएका साढे ११ लाख बराबरको सामान बरामद

वीरगंज : पर्सा प्रहरीले भन्सार छलेर भित्र्याइएको साढे ११ लाख बराबरको सामान बरामद गरेको छ। विभिन्न समयमा भारतबाट भन्सार छलेर भित्रिने क्रममा ११ लाख ४८ हजार मूल्य बराबरको लत्ताकपडा, खाधान्न र हार्डवेयर लगायतका सामानहरु सीमामा रहेका प्रहरी इकाई तथा यस कार्यालयको प्रहरी टोलीले बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सारमा…