भन्सार छली ल्याइएका सामग्रीसहित विमानस्थलबाट एक जना पक्राउ

भन्सार छली ल्याइएका सुन, मोबाइल र ल्यापटपसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जजिरा एयरको उडानमार्फत् दुबईबाट कुवेत हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका कैलाली कैलारी गाउँपालिका–८ का भागदेव कठरिया पक्राउ परेका हुन् ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।