नेपाली काँग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो । काँग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणामाथि वर्तमान जिल्ला सभापति मदन अमात्य समूहले हातपातको प्रयास गरेपछि नाराबाजी भएको हो । मतदानका क्रममा प्रचार सामग्रीसहित हलभित्र नजान आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले राणामाथि हातपात गरेका हुन् । राणा पक्षका कार्यकर्ताहरूले ‘गुण्डागर्दी बन्द गर’ भन्द