आइफोन बनाउन एप्पलले किन रोज्यो भारत ?

काठमाडौं । ५ असोजमा एप्पलले आफ्नो नयाँ ‘आइफोन १४’ भारतमा बनाउने घोषणा ग¥यो । ‘आइफोन १४’ को पाँच प्रतिशत उत्पादन यही वर्षदेखि भारतमा सुरु हुनेछ । यस अगाडि एप्पलले ‘आई फोन’ चीनमा उत्पादन गर्दै आएको थियो । लगानी मामिलाका विशेषज्ञ जेपी मोर्गनका अनुसार २०२५ सम्म एप्पलले आफ्नो एक चौथाई उत्पादन भारतमा गर्नेछ । त्यसो त […]

सम्बन्धित सामग्री

भारत-पाकिस्तान म्याच हेर्न गएकी उर्वशी ‘गोल्डेन आइफोन’ हराएर तनावमा

काठमाडौं । शनिबार भारतले पाकिस्तानमाथि एसीसी विश्वकप क्रिकेटको पहिलो खेल जितेको उत्सव मनाइरहँदा यता बलिउड अभिनेत्री उर्वशी रौटेला भने मोबाइल हराएको तनावमा छिन् । मोबाइल पनि चानचुने होइन, गोल्ड कोटेड आइफोन । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको उत्सवबीचमा उनको २४ क्यारेट सुनको आइफोन हराएको हो । सुनको फोन हराएपछि रौटेलाले आफूलाई ठूलो व्यक्तिगत क्षति भएका […]

एप्पलले आव २०२५ सम्ममा १८ प्रतिशत आइफोन भारतमा बनाउने

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले आर्थिक वर्ष (आव) सन् २०२५ सम्ममा विश्वभर हुने उत्पादनको झन्डै १८ प्रतिशत फोन भारतमा बनाउन सक्ने देखिएको छ । भारत सरकारले घरेलु स्तरमा मोबाइल फोनको उत्पादन बढाउन दिएको प्रोत्साहन योजनाका कारण उत्पादन बढ्ने भएको अनुमान चर्किएको छ ।  सरकारले आफ्ना पसलेहरूलाई बृहत् स्तरको प्रोत्साहन दियो भने कम्पनीले भारतमा उत्पादन थप बढाउने सम्भावना छ । भारतले आर्थिक वर्ष २०२६ सम्ममा घरेलु स्तरमा मोबाइल फोनको उत्पादन तेब्बर बनाएर १ खर्ब २६ अर्ब डलरमा पुर्याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । सो अवधिमा निर्यात पनि पाँच गुणा बढाएर ५५ अर्ब डलरमा पुर्याउन खोजेको छ ।  भारतको घरेलु विद्युतीय सामग्री बजारमा मोबाइल फोनको अनुमान २१ दशमलव ५ प्रतिशत छ । यसको माग वार्षिक १५ प्रतिशतका दरले बढिरहेको छ । आर्थिक वर्ष २०१७ यता फोनको उत्पादन र निर्यात क्रमशः ३ दशमलव ९ गुणा र ६५ गुणाले बढेको छ भने आयात एक तिहाइमा खुम्चिएको छ ।  सरकारले मोबाइल फोनको लागि भनेर ल्याएको पीएलआई योजना निकै हदसम्म सफल बनेको छ । आव २०२३ मा भारतले १ खर्ब ५८ अर्ब डलर बराबरको विद्युतीय सामानको खपत गरेको थियो । आव २०१७ देखि २३ को बीचमा खपत दर वार्षिक ११ प्रतिशतको चक्रिय दरले बढेको छ । अधिकांश माग आयातबाटै धानिएको थियो । आव २०२३ मा भारतको इलेक्ट्रोनिक्स आयात ७७ अर्ब डलर थियो । यो भारतको दोस्रो ठूलो आयात खर्च हो । यो भारतको व्यापार घाटाको २० प्रतिशत हाराहारी छ । एजेन्सी

चीनमा खोलिएका कारखानाको विकल्प बन्दै भारत : एप्पल इंकको आगमनले थप उत्साही

काठमाडौं । अहिले पश्चिमी देशहरुले धमाधम चीनमा रहेको आफ्नो उत्पादन बेसको विकल्प खोज्न थालेका छन् । केहीले चीनमा रहेका आंशिक उत्पादनलाई अन्यत्र सारिरहेका छन् भने केहीले पुरै पनि सारे । यसलाई ‘चीन प्लस वन’ अर्थात् चीनको साथसाथै अर्कोलाई उत्पादन बेस बनाउने भनेर नामांकन गर्न थालिएको छ । यो एकमा धेरै कम्पनीले भारतलाई जोड्न थालेका छन् ।  चीनको श्रम बजारलाई टक्कर दिन सक्ने आकारको श्रम बजार विश्वमा भारत मात्र एउटा हो । अनि आन्तरिक खपत बजारको मामिलामा पनि भारत चीन जत्रै छ । भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्ने क्रममा छ । यस्तोमा धेरैले कारखाना खोल्ने र उत्पादन बेस बढाउने विकल्पको रुपमा भारत रोज्न लागेका छन् ।  हालैका वर्षहरुमा भारतले पनि आफ्नो व्यवसायिक वातावरणमा व्यापक सुधार गरिरहेको छ । आइफोन निर्माता कम्पनी एप्पल इंकले भारतमा आइफोनको उत्पादनमा उल्लेख्य विस्तार गर्ने निर्णय त्यसै गरेको होइन । भारतको औद्योगिक पार्कहरुमा समेत यसको झलक देख्न सकिन्छ । लामो समय देखि विदेशी म्यानुफ्याक्चररहरुले विदेशबाट ल्याएर भारतमा कार र एप्लायन्सहरु बेचिरहेका थिए । अब सोलार प्यानल देखि विन्ड टर्बाइन अनि खेलौंनादेखि जुत्तासम्म चीनमा बनाइने हरेक सामानको उत्पादन भारतमा गर्न लागिएको छ ।  सन् २०२१ मा डेनमार्कको भेष्टाजले श्रीपुरम्बुदुरमा विन्ड टर्बाइन बनाउन शुरु गर्यो । कम्पनीले ६ ओटा एसेम्बली लाइन चलाइरहेको छ । यहाँ हब सेल, पावर ट्रेन र अन्य पार्टपूर्जा बनाइन्छ । भेष्टाज आएपछि यसका कयौं आपूर्तिकर्ता पनि भारत आएका छन् । केही कम्पनीहरुले चीनको विकल्प खोज्दैमा उत्पादन केन्द्रको रुपमा चीनको उचाई घटेको छैन ।  विश्वको उत्पादनमा हरेक देशभनदा चीन अगाडि छ । सन् २००१ मा चीन विश्व व्यापार संगठनमा आबद्ध भएयता त्यहाँ बहुराष्ट्रिय कम्पनीहरु भेल झैं छिरे । तर चीनको बढ्दो श्रम लागत, चिनियाँ प्रतिस्पर्धीहरुलाई प्रविधिको प्रशारण गर्न त्यहाँको सरकारले दिने दबाब लगायत अनेकौं कारणहरुले गर्दा कम्पनीहरु ब्याकअप खोज्न बाध्य बने ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पालमा अमेरिका र चीनबीचको महसुल युद्ध, कोभिडका कारण सन् २०२० देखि गएको वर्षसम्मै चीनले गरेको लकडाउन अनि पश्चिमी देशहरुले चीनसँग आफ्नो अर्थतन्त्रलाई अलग्याउन गरेको प्रयास आदिले पनि आगोमा घ्यू थप्ने काम गर्यो । अहिले चीनमा रहेको केही उत्पादन बेसलाई कम्पनीहरुले भियतनाम, मेक्सिको, थाइल्यान्ड र मलेशिया जस्ता देशहरुतिर पनि सारिरहेका छन् ।  यसको सबै लाभ भने भारतले लिन सकिरहेको छैन । न त सक्ने अवस्था छ । भारतको श्रम बल अधिकांश गरीब अनि अदक्ष छन् । पूर्वाधार कमजोर छ । व्यवसाय गर्ने वातावरण पनि कहिले काँही बोझिलो बनेको पाइन्छ । भारतको अर्थतन्त्रको आकारको तुलनामा म्यानुफ्याक्चरिङ क्षेत्र निकै सानो छ । तर दशकौं सम्मको निराशालाई चिरेर अहिले भारतले केही प्रगति गरिरहेको छ ।  सन् २०२१ मा भारतको म्यानुफ्याक्चर्ड निर्यात चीनको १० प्रतिशत पनि थिएन । तर मेक्सिको र भियतनाम जस्ता उदीयमान अर्थतन्त्रहरुको भन्दा चाँहि धेरै छ । सबैभन्दा ठूलो उछाल म्यानुफ्याक्चरिङमा देखिएको छ। सन् २०१८ यता इलेक्ट्रोनिक्सको निर्यात तेब्बर हुँदै मार्चमा सकिएको आवमा २३ अर्ब डलरमा उक्लियो । सन् २०१६ मा विश्वमा उत्पादन हुने कुल हाते फोनमा भारतको अनुपात ९ प्रतिशत मात्रै थियो । तर यो वर्ष यो अनुपात बढेर १९ प्रतिशतमा उक्लिने बजार अनुसन्धाता संस्था काउन्टरप्वाइन्टको प्रक्षेपण छ ।  भारतमा प्रत्यक्ष विदेशी लगानी (FDI) ओइरिने क्रम बढेको छ । सन् २०२० देखि २०२२ को बीचमा औसत ४२ अर्ब डलर प्रत्यक्ष विदेशी लगानी भित्रिएिको थियो । एक दशक अधिको तुलनामा यो दोब्बर हो । चीनमा एप्पलको सबैभन्दा ठूलो कारखाना छ । विगत १५ वर्षमा कम्पनीले ल्यापटपदेखि आइफोन अनि एसेसरिजसम्म सबै सामान चीनमै बनायो । पछिल्लो समय भारतमा कम्पनीको लगानी बढिरहेको छ ।  सन् २०२५ मा कुलमध्ये २५ प्रतिशत एप्पलका आइफोन भारतमै बन्ने भनेर अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जे. पी. मोर्गनले प्रक्षेपण नै गरेको छ । एप्पलको उपस्थितिले अरुलाई पनि भारत बोलाउँछ भन्ने आश भारतीय अधिकारीहरुले गरेका छन् । एप्पलका लागि करारमा आइफोन बनाइदिने ताइवानी कम्पनी फक्सकोनले पनि भारतमा रहेको आइफोन कारखानामा उत्पादन विस्तार गरेको छ ।  सन् २०२४ देखि कम्पनीले भारतमा वार्षिक २ करोड थान स्मार्टफोन बनाउने लक्ष्य लिएको छ । कामदारको संख्या पनि तेब्बर बनाएर १  लाख पुर्याउँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अघिल्लो कार्यकाल देखि नै व्यवसायिक वातावरणमा व्यापक सुधार गरिरहेका छन् । कर र भन्सारमा छूट दिनेदेखि अन्य विविध खालको प्रोत्साहन अनि व्यवसाय स्थापनामा रहेका ढिलासुस्ती र अवरोधमा व्यापक सुधारको काम भएको छ ।  तर भारतमा अनेकौं समस्या छन् । दक्ष श्रमिक अभावको समस्या विस्तारै चर्किन थालेको छ । यहाँको कर्मचारी संगठन पनि टाउको दुखाईको अर्को कारण बन्न सक्छन् । चीनको अवस्था यस्तो अलि थिएन । मोदीको ‘मेक इन इन्डिया’ अभियानले आयातलाई विस्थापित गर्न खोजेकोे छ । घरेलु स्तरमा उत्पादित वस्तुलाई टेवा दिन अयात महसुल बढाइएको छ । यी महसुलहरुले कम्पोनेन्ट आयात गर्ने उद्योगहरुलाई निरुत्साहित गर्ने निश्चितप्रायः छ ।  मेक इन्डिया शुरु भएयता भारतको आर्थिक उत्पादनमा म्यानुफ्याक्चरिङ क्षेत्रको हिस्सा घटेर १४ प्रतिशतमा सीमित भएको छ । यो मेक्सिको, भियतनाम र बंगलादेशको भन्दा पनि कम हो । केही कम्पनीहरुको भारतमा अनुभव खराब छ । एमाजनले गएको वर्ष आफ्ना केही भारतीय भेञ्चर नै बन्द गर्यो । चीन एक्कासी विश्वको कारखाना बनेको होइन । कयौं देशको शीर्ष व्यापार साझेदार बन्ने यात्रा चीनले कयौं वर्ष लगाएर पूरा गरेको थियो । सन् २००१ को तुलनामा सन् २०२० मा चीनको निर्यात र आयात क्रमशः ८७० र ७४० प्रतिशतले बढी थियो । यो सोही अवधिमा विश्व व्यापारमा भएको वृद्धिको तुलनामा निकै धेरै हो । सो अवधिमा विश्वको व्यापार १८० प्रतिशतले मात्रै बढेको आंकटाडको तथ्यांकले देखाएको छ । अहिले विश्वको कुल व्यापारमध्ये १३ प्रतिशत चीनको पोल्टामा छ । तर विश्व व्यापारमा भारतको हिस्सा ३ प्रतिशतभन्दा पनि कम छ । भारतलाई चीनकै स्तरमा आउन अझैं कयौं वर्ष लाग्नेछ । अनेकन आन्तरिक समस्याहरु चिर्नु पर्नेछ । तर पश्चिमी देशहरुले उत्पादन बेसमा चीनको विकल्प खोजिरहँदा फ्याक्ट्री फ्लोरमा चीनसामु अर्को बलियो प्रतिस्पर्धी भारत बनिरहेको छ । चाइना वन प्लसमा आफूलाई अटाइरहन, आफ्नो पकड बलियो बनाउन भारतले थप ठोस कदम चाल्नु पर्ने देखिन्छ । एजेन्सीहरुको सहयोगमा

बिहार र यूपीभन्दा पिछडिँदै छ नेपाल

एप्पलका सीईओ टिम कुक भारतमा आफ्नो कम्पनीको पहिलो स्टोर खोल्न आएपछि एप्पलको आइफोनको चिनियाँ निर्माता फक्सकनले भारतमा कारखाना खोल्ने घोषणा गरेको छ । एप्पल चीनबाट ‘डाइभर्सिफाई’ गर्न खोज्दै छ, भारत आइफोन र एप्पलका अन्य सामान उत्पादन गर्ने केन्द्रका रूपमा खडा भइरहेको छ ।

विदेशी कार्यकारीलाई बोलाउन 'रेड कार्पेट' बिछ्याउँदै चीन

पेचिङ । अहिले चीनबाट एप्पलदेखि यसको आपूर्तिकर्ता कम्पनी फक्सकोनसम्मका कयौं बहुराष्ट्रिय कम्पनीहरुले त्यहाँको लगानी अन्य देशमा सारिरहेका छन् । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न चीनले लगाएको कठोर बन्दाबन्दी र सीमा नियन्त्रण, चीन र अमेरिकाबीचको तनावलगायत कयौं कारणहरुले गर्दा उत्पादनका लागि चीनमाथिको निर्भरता कम्पनीहरुले विस्तारै कम गर्न थालेका छन् । २५ वर्षमा पहिलो पटक चीनमा आधा भन्दा कम सहभागीहरुले चीनलाई शीर्ष तीन लगानी प्राथमिकताको सूचीमा राखेको अमेरिकी चेम्बर अफ कमर्शले गरेको एउटा सर्वेक्षणले देखाएको छ ।  चीनबाट आफ्नो उत्पादन र सोर्सिङलाई अन्यत्र सार्न शुरु गरेका वा यसबारे विचार गरिरहेका कम्पनीहरुको संख्या एक वर्ष अघिको तुलनमा १० प्रतिशत अंकले बढेको सर्वेक्षणमा पाइएको छ । चीनले कोभिडविरुद्धको शून्य सहनशीलताको नीति एक्कासी अन्त्य गरेको भएपनि सहभागीहरुको प्रतिक्रिया भने खासै फेरिएको छैन । चीनमा विदेशी व्यवसायीहरुको मनोबलमा यस्तो खालको कमी आएपछि चीनले पनि विदेशी लगानीकर्ताहरुलाई लगानी कायमै राख्न र घरेलु आर्थिक वृद्धिदरलाई टेवा दिने तर्फ सक्दो काम गरिरहेको छ ।  बिहीवार मात्रै चीनको वाणिज्य मन्त्रालयले इतिहासमै पहिलो पटक चाइना इयरमा लगानी नामक कार्यक्रम शुरु गर्यो । यसले पनि विदेशी डलर आकर्षित गर्न त्यहाँका स्थानीय सरकारहरुलाई कति गाह्रो भइरहेको रहेछ भन्ने संकेत दिन्छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न चीनले गएको वर्ष कयौं पटक कठोर खालको लकडाउन गर्यो । यस्तोमा पार्क, कारखानाहरुमा हजारौं मानिसहरु थुनिएर बस्न बाध्य भए । चीनको चङचाउमा रहेको फक्सकोनको २ लाख हाराहारीमा कामदार रहेको आइफोन कारखानामा हड्बडी नै मच्चियो । कर्मचारीहरुमा कोभिड फैलिन थालेपछि त्रास बढ्दा मानिसहरु कारखानाको शिशै फुटाएर पर्खाल नाघेर भागेका भिडियो पनि सामाजिक सञ्जालहरुमा भाइरल भएका थिए । उक्त कारखानामा उत्पादनमा अवरोध सृजना हुँदा कम्पनीले आइफोन १४ मोडलको डेलिभरीमै ढिलाई भयो । चीनले वर्षका अन्त्यतिर एक्कासी कोभिड विरुद्ध कडोर नीति खारेज गर्यो । फेब्रुअरीसम्ममा फक्सकोनको नङचाउ कारखानाले पूर्ण क्षमतामा आइफोन उत्पादन गरिरहेको थियो । कारखानाका कामदारहरु पनि उच्च माग धान्न दुई शिफ्टमा काम गरिरहेका थिए । कोभिडका कारण फक्सकोन समेतका कम्पनीहरुले आफ्नो उत्पादन बेस भारत, भियतनाम वा अन्य मुलुकमा सार्ने क्रम ह्वात्तै बढेको छ ।  चीनले सीमा पूरै खुलाएको अनि अन्तरराष्ट्रिय सीमाहरु खुलेको अहिलेको अवस्थामा स्थानीय व्यवसायिक अवसरहरुमा अन्य बहुराष्ट्रिय कम्पनीहरु सहभागी होउन् भन्ने चीनको चाहना छ । आ–आफ्नो व्यवसायबारे छलफल गर्न एप्पल, फाइजर, मर्सिडिज बेञ्जजस्ता बहुराष्ट्रिय कम्पनीका वरिष्ठ कार्यकारीहरु चीन आउन चाहिरहेको चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले गएको हप्ता एउटा पत्रकार सम्मेलनमा भनेका थिए । उच्च स्तरको भ्रमणबारे मन्त्रालयसँग छलफल गर्ने बहुराष्ट्रिय कम्पनीहरु दर्जनौं भएको ती प्रवक्ताले बताएका छन् । चीनले आफ्नो देशमा लगानी खन्याउन सक्ने सम्भावित लगानीकर्ताहरुलाई भेट्न प्रतिनिधिहरु पनि पठाइरहेको छ । डिसेमबरमा विदेशी पूँजी आकर्षित गर्न व्यापक पहलहरु ग्रिने घोषणा पछि चीनको सरकारी नेतृत्वका कयौं समूहहरुले चीनको लागि पिच गर्न विदेश यात्रा नै गरेका थिए । यति बेला अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले भने चीनसँग व्यापार गर्न अमेरिकी कम्पनीहरुमाथि प्रतिबन्ध बढाएका छन् । अनय प्रतिबन्धहरु कुन हदसम्म हुनेछन् भन्ने स्पष्ट भइसकेका छैनन् । चीनमा विदेशी लगानी अझै पनि आई नै रहेको छ । जनवरीमा चीनमा विदेशी प्रत्यक्ष लगानी एक वर्ष अघिको भन्दा १४ दशमलव ५ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब ६९ करोड युआन ९१८ अर्ब ३९ करोड डलर०मा उक्लिएको चीनको वाणिज्य मन्त्रालयको तथ्यांकले देखाएको छ । यो सन् २०२२ भरको वृद्धिभन्दा निकै धेरै हो । २०२२ मा दक्षिण कोरिया, जर्मनी र बेलायत चीनमा विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत थिए । अमेरिकाबारे भने मन्त्रालयले चुक्क बोलेको छैन । चीनको हननान लगायत क्षेत्रको लागि विदेशी व्यवसायीहरुबाट बढ्दो लगानी प्रवाह जीवन रेखा नै हो भन्दा पनि अत्युक्ति हुन्न । सो प्रान्तको समग्र निर्यातमा फक्सकोनको आइफोन कारखानाको अनुपात ८४ प्रतिशत थियो । बिहिबार चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले दूर्लभ घोषणा गरे । सो घोषणामा उनले सरकारको खरिद नीति स्थानीय चिनियाँ व्यवसायीहरुलालाई पक्षपोषण गर्ने खालको छ भनेर लामो समयदेखि विदेशी व्यवसायीहरुले गर्दै आएको गुनासोलाई स्वीकार गरिएको थियो ।  यी सवालहरुको सम्बोधनलाई उनले आफ्नो कामका लागि प्राथमिकता भनेका छन् । विदेशी व्यवसायीहरुको समान सहभागिताका लागि सम्बन्धित विभागहरुसँग मिलेर अध्ययन एवम् काम गरेर आवश्यक नीति र उपायहरु ल्याइने उनले भनेका थिए । चीनले पछिल्लो केही वर्षमा घरेलु ठूला प्रविधि कम्पनीहरुमाथि नियमन कसिलो पारेर दन्ड, जरिवाना लगाउन थालेपछि धेरैजसो व्यवसायहरु सशंकित बनेका थिए । चीनले विदेशी व्यवसायहरुको चिन्ता र चासोलाई यसरी सम्बोधन गर्नुलाई लगानी पलायन र व्यवसायहरुको बहिर्गमन रोक्न विशेष खालको उपायहरु अपनाइने संकेतको रुपमा हेर्न थालिएको छ । एजेन्सी

अब टाटा कम्पनीले बनाउनेछ आइफोन, एक चौथाई आइफोन भारतमै उत्पादन

काठमाडौं । छिमेकी मुलुक भारत विश्वको एउटा ठूलो स्मार्टफोन बजारका रुपमा खडा भइरहेको छ । यो सँगै विश्वका दिग्गज प्रविधि कम्पनीहरुले आफ्नो नयाँ कारखाना तथा अफिसका रुपमा भारतलाई रोज्न थालेका छन् । भारतमा बढ्दो स्माटफोन व्यापारमा टाटा ग्रुप पनि प्रवेश गर्दैछ । यस विषयमा टाटा ग्रुप र भारतमा आइफोन बनाउने विस्ट्रोन कर्प नामक कम्पनीबीच छलफल […]

आइफोन १४ भारतमै उत्पादन सुरु गर्दै एप्पल

काठमाडौं, २३ साउन । अब भारतमै स्मार्ट आइफोन १४ को उत्पादन हुने भएको छ । एप्पलले सेप्टेम्बरमा ल्याउन लागेको नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादनसँगै आपुर्ति पनि भारत र चीनबाट गरिने एक रिपोर्टले जनाएको छ । भारतमा अहिलेसम्म आइफोन ११, १२ र १३ को उत्पादन भइरहेको छ भने अब आइफोन १४ पनि उत्पादन हुने भएको […]

आइफोन १४ को उत्पादन भारतमै हुने

एप्पलले निकट भविष्यमै ल्याउन लागेको आफ्नो नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादन भारतमै गर्ने तयारी गरेको छ । एक रिपोर्ट अनुसार आइफोन १४ को उत्पादन सँगै विश्वभर आपूर्ति पनि भारत र चीनबाट गरिनेछ । अहिलेसम्म भारतमा केवल आइफोन ११, आइफोन १२ र आइफोन १३ को उत्पादन भैरहेको छ । आइफोन १४ सँगै भारतमा एप्पलको हाइ […]