आइफोन १४ को उत्पादन भारतमै हुने

एप्पलले निकट भविष्यमै ल्याउन लागेको आफ्नो नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादन भारतमै गर्ने तयारी गरेको छ । एक रिपोर्ट अनुसार आइफोन १४ को उत्पादन सँगै विश्वभर आपूर्ति पनि भारत र चीनबाट गरिनेछ । अहिलेसम्म भारतमा केवल आइफोन ११, आइफोन १२ र आइफोन १३ को उत्पादन भैरहेको छ । आइफोन १४ सँगै भारतमा एप्पलको हाइ […]

सम्बन्धित सामग्री

आइफोन बनाउन एप्पलले किन रोज्यो भारत ?

काठमाडौं । ५ असोजमा एप्पलले आफ्नो नयाँ ‘आइफोन १४’ भारतमा बनाउने घोषणा ग¥यो । ‘आइफोन १४’ को पाँच प्रतिशत उत्पादन यही वर्षदेखि भारतमा सुरु हुनेछ । यस अगाडि एप्पलले ‘आई फोन’ चीनमा उत्पादन गर्दै आएको थियो । लगानी मामिलाका विशेषज्ञ जेपी मोर्गनका अनुसार २०२५ सम्म एप्पलले आफ्नो एक चौथाई उत्पादन भारतमा गर्नेछ । त्यसो त […]

भारतमा आइफोन १४ को उत्पादन थालियो

अमेरिका चीनबीचको व्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ । चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लान खोजिरहेको समाचारबीच एपलले आईफोन १४ बनाउन थालेको हो ।चीनमा लागु गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार पनि नराम्ररी प्रभावित भएको कारण देखाउँदै एपलले आफ्नो नयाँ संस्करणहरूलाई विकेन्द्रित गर्न थालेको विश्लेषकहरूले अनुमान गरेका छन् । एपलले केही साताअघि आईफोनको नयाँ संस्करण बजारमा ल्याएको थियो

भारतमा आइफोन १४ को उत्पादन सुरु

अमेरिका चीनबीचको ब्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एपलले भारतमा आइफोन १४ बनाउन थालिएको बताएको छ। चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लान खोजिरहेको समाचारबीच एपलले आइफोन १४ बनाउन थालेको हो। चीनमा लागु...

एप्पलले भारतमा आइफोन उत्पादन शुरु गरेसँगै मूल्यमा कस्तो प्रभाव पर्ला?

एप्पलले भारतबाट आइफोन १४ को उत्पादन शुरु गरेको बताएको छ। आफ्नो ‘सप्लाई चेन’लाई चीनबाट विकेन्द्रीकरण गर्ने उद्देश्यले एप्पलले भारतबाट पनि उत्पादन शुरु गरेको हो। कम्पनीले आफ्ना धेरैजसो फोनहरु चीनमा नै बनाउँछ। तर, वासिङटन र बेइजिङबिचको तनाव बढ्दै गएपछि उसले केही उत्पादन चीन बाहिर सारेको हो। चीनको ‘शून्य-कोभिड’ नीतिका कारण व्यापक…

भारतमा बन्ने भयो आइफोन १४

एप्पलले आफ्नो पछिल्लो उत्पादन आइफोन १४ भारतमा बनाउने घोषणा गरेको छ । विख्यात अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना केही प्रोडक्सन युनिट चीनबाट निकालेसँगै भारतमा उत्पादन प्रारम्भ गर्ने बताएको हो ।

आफू प्रधानमन्त्रीको दौडमा नरहेको प्रचण्डको दावी

काठमाडौं।काडमाडौंको न्युरोड क्षेत्रमा आजसहित चार दिन गाडी गुडाउन नपाइने भएको छ। आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दावी गरेका छन्। गोरखा दरबारको दशैँघरमा पनि विधिपूर्वक जमरा राखिएको छ।नेपालमा हलसम्म डेंगी संक्रमितको संख्या २५ हजार नाघेको छ।भारतमा पनि आइफोन–१४ को उत्पादन सुरु भएको छ।

एप्पल स्टोरबाट किन्न पाइने आइफोन केवल ८ वटा मात्र, आइफोन १३ प्रो समेत बन्द

एप्पलले गत सेप्टेम्बर ७ मा आफ्ना बहुप्रतिक्षित नयाँ संस्करणका आइफोन सार्वजनिक गर्‍यो । आइफोन १४ सिरिजका चारवटा आइफोन सार्वजनिक गरेसँगै एप्पलले आफ्ना केही लोकप्रिय पूराना मोडेलहरुको उत्पादन र बिक्रि बन्द गर्ने घोषणा पनि गरेको छ । एप्पलले उत्पादन तथा बिक्री बन्द गरेका चारवटा आइफोनमा गतवर्ष मात्रै सार्वजनिक भएको आइफोन १३ प्रो तथा आइफोन १३ प्रो […]

आइफोन १४ आज सार्वजनिक हुने, कस्तो हुनेछ नयाँ आइफोन?

काठमाडौँ - आइफोन निर्माता कम्पनी एप्पलले आज आफ्नो नयाँ उत्पादन आइफोन १४ सार्वजनिक गर्दैछ। बुधबार एप्पल इभेन्टमाफर्त आइफोन १४ सार्वजनिक गर्ने तयारी एप्पलले गरेको हो । नेपाली समयअनुसार राति १०:४५ बाट सुरु हुने जनाइएको छ । युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारणमा आइफोन १४ सार्वजनिक हुनेछ। एप्पलले आज आइफोन १४, आइफोन १४ प्रो...

आइफोन १४ भारतमै उत्पादन सुरु गर्दै एप्पल

काठमाडौं, २३ साउन । अब भारतमै स्मार्ट आइफोन १४ को उत्पादन हुने भएको छ । एप्पलले सेप्टेम्बरमा ल्याउन लागेको नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादनसँगै आपुर्ति पनि भारत र चीनबाट गरिने एक रिपोर्टले जनाएको छ । भारतमा अहिलेसम्म आइफोन ११, १२ र १३ को उत्पादन भइरहेको छ भने अब आइफोन १४ पनि उत्पादन हुने भएको […]

आइफोन १४ किन्ने सोचमा हुनु हुन्छ ? केही महीना ढिला सार्वजनिक हुने

जेठ १३, सन फ्रान्सिस्को (अमेरिका) ।  के तपाई आइफोन १४ किन्ने विचारमा हुनु हुन्छ । आइफोन १४ कहिले आउला र किनौंला वा अरु कसैलाई उपहार दिउँला भनेर बस्नु भएको छ भने यो योजना केही समय थाँती राखिदिनुस् । किनकी अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले यो वर्षको सेप्टेम्बरमा सार्वजनिक गर्ने अपेक्षा गरिएको आइफोन १४ सिरिजका फोन ढिला सार्वजनिक हुने भएको छ । समाचारहरुलाई पत्याउने हो भने चीनमा कोभिड नियन्त्रण गर्न लगाइएको ताजा बन्दाबन्दीको प्रभावका कारण उत्पादन प्रभावित भएपछि कम्पनीले फोन लञ्चको योजना थाँती राख्ने सम्भावना बढेको छ ।  निक्केई एशियामा छापिएको समाचारअनुसार एप्पल र यसका आपूर्तिकर्ताहरुलाई उत्पादनमा आएको कर्मीको पूर्ति गर्न सकस भइरहेको छ । चीनमा कोभिडसम्बद्ध महिनौं लामो बन्दाबन्दीका कारण सिरिजका कम्तिमा एउटा आइफोन मोडलको विकास कार्य पछाडि परेको छ । एप्पलले आपूर्तिकर्ताहरुलाई प्रडक्टको विकास तीव्र बनाउन भनेको छ ।    अवस्था सोचेभन्दा पनि खराब भयो भने चाँहि उत्पादन समयतालिका नै प्रभावित हुने र शुरुआतमी चरणमा नयाँ आइफोनको उत्पादन संख्या घट्न सक्ने स्रोतहरुलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । बन्दाबन्दीका कारण अहिलेसम्म गुमेको समय भर्पाई गर्न चुनौतीपूर्ण छ..... एप्पल र यसका आपूर्तिकर्ताहरुले विकास कार्यलाई तीव्रता दिन चौबिसैं घन्टा काम गरिरहेका छन्,’ एक कार्यकारीको भनाइ उद्धृत गर्दै निक्केईले भनेको छ । उत्पादनमा ढिलाई विशेषगरी इन्जिनियरिङ भेरिफिकेशन टेष्ट (ईभीटी)मा  छ । यो भनेको आपूर्तिकर्ताहरुले सबै पार्ट्स फाइनल गरेर उत्पादन थालनी गर्न आवश्यक प्रक्रिया हो । एप्पलले हरेक वर्ष सेप्टेम्बरको अन्त्यतिर आइफोन सार्वजनिक गर्ने गरेको छ । कम्पनीले यो वर्ष पनि यही बेला आइफोन सार्वजनिक गर्ने हो भने जुनमा नै ईभीटी तयार भइसक्नु पर्छ । तर एउटा मोडलको ईभीटी तयार तीन हप्ता पछाडि सरेको समाचारमा भनिएको छ । यो त्यति पिर गर्नु पर्ने अवस्था होइन । तथापि, अवस्था अहिलेको भन्दा सुध्रिएन भने चाँहि बजारमा आइफोन१४ आइपुग्न केही ढिला हुन सक्ने छ । समाचारमा उद्धृत गरिएका विश्लेषकहरुका अनुसार चीनले कोभिड नियन्त्रण गर्न प्रतिबन्ध थप कसिलो बनाउन सक्ने भएकोले गुमेको समयको भर्पाई गर्न एप्पलले सक्नेमा आशंका गरिएको छ । यस अघि पनि एप्पलले आइफोन सार्वजनिक कार्यक्रम पछाडि सारेको दृष्टान्त छ । एजेन्सी