आइफोन १४ भारतमै उत्पादन सुरु गर्दै एप्पल

काठमाडौं, २३ साउन । अब भारतमै स्मार्ट आइफोन १४ को उत्पादन हुने भएको छ । एप्पलले सेप्टेम्बरमा ल्याउन लागेको नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादनसँगै आपुर्ति पनि भारत र चीनबाट गरिने एक रिपोर्टले जनाएको छ । भारतमा अहिलेसम्म आइफोन ११, १२ र १३ को उत्पादन भइरहेको छ भने अब आइफोन १४ पनि उत्पादन हुने भएको […]

सम्बन्धित सामग्री

यी हुन् शक्तिशाली ब्याट्री भएका स्मार्टफोन, आइफोन-१४ प्रो म्याक्स सबैभन्दा अगाडि

एप्पलले आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सलाई केही समयअघि मात्रै विश्व बजारमा सार्वजनिक गरेको थियो । यी दुवै एप्पल कम्पनीका सबैभन्दा पछिल्ला फ्लागसिप ग्रेड स्मार्टफोन हुन् । विश्व बजारमा यी फोनको आकर्षण पनि अब्बल नै देखिएको छ । पछिल्लो एक तथ्यले चाहिं एप्पलका यी दुई नयाँ आइफोन ब्याट्रीको आयुका दृष्टिले पनि सबैभन्दा अब्बल […]

एप्पल स्टोरबाट किन्न पाइने आइफोन केवल ८ वटा मात्र, आइफोन १३ प्रो समेत बन्द

एप्पलले गत सेप्टेम्बर ७ मा आफ्ना बहुप्रतिक्षित नयाँ संस्करणका आइफोन सार्वजनिक गर्‍यो । आइफोन १४ सिरिजका चारवटा आइफोन सार्वजनिक गरेसँगै एप्पलले आफ्ना केही लोकप्रिय पूराना मोडेलहरुको उत्पादन र बिक्रि बन्द गर्ने घोषणा पनि गरेको छ । एप्पलले उत्पादन तथा बिक्री बन्द गरेका चारवटा आइफोनमा गतवर्ष मात्रै सार्वजनिक भएको आइफोन १३ प्रो तथा आइफोन १३ प्रो […]

‘क्र्यास डिटेक्सन फिचर’सहित आइफोन १४ सार्वजनिक

काठमाडौँ – सर्वाधिक लाेकप्रिय अमेरिकी कम्पनी एप्पल ब्राण्डले नयाँ फाेन सार्वजनिक गरेकाे छ। एप्पलले हालै बजारमा चार मोडलका आइफोन १४ सिरिज सार्वजनिक गरेकाे हाे। एप्पलका अनुसार साे फाेनमा आपतकालीन स्याटेलाइट कनेक्सन र कार दुर्घटना पहिचान गर्न सक्ने प्रविधिसमेत जडान गरिएकाे छ। बुधबार कपर्टिनोस्थित मुख्यालयमा कम्पनीले फाेनसहित नयाँ फिचरसहितकाे एप्पल वाच र एयरपड पनि सार्वजनिक गरेको […]

एप्पलको नयाँ आइफोन सार्वजनिक, १४ प्रो म्याक्सको मूल्य १ हजार ९९ अमेरिकी डलर

एप्पलले नयाँ आइफोन, एयरपड र एप्पल वाच सार्वजनिक गरेको छ। बुधबार राति एप्पलका सीइओ टिम कुकसहित उच्च पदाधिकारीहरुले भर्चुअल माध्यमबाट एप्पलको नयाँ आइफोन, एयरपड्स र एप्पल वाच ल्याएका छन्।  कम्पनीले आइफोन १४, एयरपड्स प्रो टु, एप्पल वाच सिरिज एट र एप्पल वाच अल्ट्रा औपचारिक रुपमा सार्वजनिक गरेको छ। ‘फार आउट’…

आइफोन १४ आज सार्वजनिक हुने, कस्तो हुनेछ नयाँ आइफोन?

काठमाडौँ - आइफोन निर्माता कम्पनी एप्पलले आज आफ्नो नयाँ उत्पादन आइफोन १४ सार्वजनिक गर्दैछ। बुधबार एप्पल इभेन्टमाफर्त आइफोन १४ सार्वजनिक गर्ने तयारी एप्पलले गरेको हो । नेपाली समयअनुसार राति १०:४५ बाट सुरु हुने जनाइएको छ । युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारणमा आइफोन १४ सार्वजनिक हुनेछ। एप्पलले आज आइफोन १४, आइफोन १४ प्रो...

आइफोन–१४ भदौ २३ मा सार्वजनिक हुँदै, यस्ता छन ‘फिचर्स’

काठमाडौं, भदौ १० । विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ भदौ २३ मा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत आइफोन–१४ सिरिज सार्वजनिक गर्न लागेको हो । कस्ता छन आइफोन १४ मा फिचर्स ? गत सेप्टेम्बरमा एप्पलले आफ्नो फ्लागसिप स्मार्टफोन आइफोन १३ बजारमा ल्याउनुअधि नै आइफोन १४ का विषयमा विभिन्न खाले […]

आइफोन-१४ भदौ २३ गते सार्वजनिक हुने

काठमाडौँ – विश्वको चर्चित मोबाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतीक्षा गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

आइफोन–१४ भदौ २३ गते सार्वजनिक हुने

विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतिक्षा गर्न सर्वसाधरणलाई अनुरोधसमेत गरेको छ ।

चीनले बन्द गर्‍यो एप्पल आपूर्तिकर्ताको कारखाना, आइफोन १४ मा ढिलाई हुन सक्ने

३ भदौ, काठमाडौं । स्मार्टफोनलगायत संसारको इलेक्ट्रोनिक्स बजार सामान उत्पादनका लागि चीनमा अत्यधिक निर्भर छ । त्यसैले जब चीनमा केही घटना हुन्छ, त्यसको असर विश्वभरको बजारमा पर्दछ । चीनले तिव्र दरमा बढिरहेको तापक्रमका कारण एक महत्वपूर्ण निर्णय लिएको छ, जसको सिधा असर प्रविधि तथा इलेक्ट्रोनिक कम्पनीमा पर्नेछ । समाचार अनुसार अत्यधिक गर्मीका कारण भैरहेको लोडसेडिङका […]

आइफोन १४ किन्ने सोचमा हुनु हुन्छ ? केही महीना ढिला सार्वजनिक हुने

जेठ १३, सन फ्रान्सिस्को (अमेरिका) ।  के तपाई आइफोन १४ किन्ने विचारमा हुनु हुन्छ । आइफोन १४ कहिले आउला र किनौंला वा अरु कसैलाई उपहार दिउँला भनेर बस्नु भएको छ भने यो योजना केही समय थाँती राखिदिनुस् । किनकी अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले यो वर्षको सेप्टेम्बरमा सार्वजनिक गर्ने अपेक्षा गरिएको आइफोन १४ सिरिजका फोन ढिला सार्वजनिक हुने भएको छ । समाचारहरुलाई पत्याउने हो भने चीनमा कोभिड नियन्त्रण गर्न लगाइएको ताजा बन्दाबन्दीको प्रभावका कारण उत्पादन प्रभावित भएपछि कम्पनीले फोन लञ्चको योजना थाँती राख्ने सम्भावना बढेको छ ।  निक्केई एशियामा छापिएको समाचारअनुसार एप्पल र यसका आपूर्तिकर्ताहरुलाई उत्पादनमा आएको कर्मीको पूर्ति गर्न सकस भइरहेको छ । चीनमा कोभिडसम्बद्ध महिनौं लामो बन्दाबन्दीका कारण सिरिजका कम्तिमा एउटा आइफोन मोडलको विकास कार्य पछाडि परेको छ । एप्पलले आपूर्तिकर्ताहरुलाई प्रडक्टको विकास तीव्र बनाउन भनेको छ ।    अवस्था सोचेभन्दा पनि खराब भयो भने चाँहि उत्पादन समयतालिका नै प्रभावित हुने र शुरुआतमी चरणमा नयाँ आइफोनको उत्पादन संख्या घट्न सक्ने स्रोतहरुलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । बन्दाबन्दीका कारण अहिलेसम्म गुमेको समय भर्पाई गर्न चुनौतीपूर्ण छ..... एप्पल र यसका आपूर्तिकर्ताहरुले विकास कार्यलाई तीव्रता दिन चौबिसैं घन्टा काम गरिरहेका छन्,’ एक कार्यकारीको भनाइ उद्धृत गर्दै निक्केईले भनेको छ । उत्पादनमा ढिलाई विशेषगरी इन्जिनियरिङ भेरिफिकेशन टेष्ट (ईभीटी)मा  छ । यो भनेको आपूर्तिकर्ताहरुले सबै पार्ट्स फाइनल गरेर उत्पादन थालनी गर्न आवश्यक प्रक्रिया हो । एप्पलले हरेक वर्ष सेप्टेम्बरको अन्त्यतिर आइफोन सार्वजनिक गर्ने गरेको छ । कम्पनीले यो वर्ष पनि यही बेला आइफोन सार्वजनिक गर्ने हो भने जुनमा नै ईभीटी तयार भइसक्नु पर्छ । तर एउटा मोडलको ईभीटी तयार तीन हप्ता पछाडि सरेको समाचारमा भनिएको छ । यो त्यति पिर गर्नु पर्ने अवस्था होइन । तथापि, अवस्था अहिलेको भन्दा सुध्रिएन भने चाँहि बजारमा आइफोन१४ आइपुग्न केही ढिला हुन सक्ने छ । समाचारमा उद्धृत गरिएका विश्लेषकहरुका अनुसार चीनले कोभिड नियन्त्रण गर्न प्रतिबन्ध थप कसिलो बनाउन सक्ने भएकोले गुमेको समयको भर्पाई गर्न एप्पलले सक्नेमा आशंका गरिएको छ । यस अघि पनि एप्पलले आइफोन सार्वजनिक कार्यक्रम पछाडि सारेको दृष्टान्त छ । एजेन्सी