एप्पलले आव २०२५ सम्ममा १८ प्रतिशत आइफोन भारतमा बनाउने

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले आर्थिक वर्ष (आव) सन् २०२५ सम्ममा विश्वभर हुने उत्पादनको झन्डै १८ प्रतिशत फोन भारतमा बनाउन सक्ने देखिएको छ । भारत सरकारले घरेलु स्तरमा मोबाइल फोनको उत्पादन बढाउन दिएको प्रोत्साहन योजनाका कारण उत्पादन बढ्ने भएको अनुमान चर्किएको छ ।  सरकारले आफ्ना पसलेहरूलाई बृहत् स्तरको प्रोत्साहन दियो भने कम्पनीले भारतमा उत्पादन थप बढाउने सम्भावना छ । भारतले आर्थिक वर्ष २०२६ सम्ममा घरेलु स्तरमा मोबाइल फोनको उत्पादन तेब्बर बनाएर १ खर्ब २६ अर्ब डलरमा पुर्याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । सो अवधिमा निर्यात पनि पाँच गुणा बढाएर ५५ अर्ब डलरमा पुर्याउन खोजेको छ ।  भारतको घरेलु विद्युतीय सामग्री बजारमा मोबाइल फोनको अनुमान २१ दशमलव ५ प्रतिशत छ । यसको माग वार्षिक १५ प्रतिशतका दरले बढिरहेको छ । आर्थिक वर्ष २०१७ यता फोनको उत्पादन र निर्यात क्रमशः ३ दशमलव ९ गुणा र ६५ गुणाले बढेको छ भने आयात एक तिहाइमा खुम्चिएको छ ।  सरकारले मोबाइल फोनको लागि भनेर ल्याएको पीएलआई योजना निकै हदसम्म सफल बनेको छ । आव २०२३ मा भारतले १ खर्ब ५८ अर्ब डलर बराबरको विद्युतीय सामानको खपत गरेको थियो । आव २०१७ देखि २३ को बीचमा खपत दर वार्षिक ११ प्रतिशतको चक्रिय दरले बढेको छ । अधिकांश माग आयातबाटै धानिएको थियो । आव २०२३ मा भारतको इलेक्ट्रोनिक्स आयात ७७ अर्ब डलर थियो । यो भारतको दोस्रो ठूलो आयात खर्च हो । यो भारतको व्यापार घाटाको २० प्रतिशत हाराहारी छ । एजेन्सी  

सम्बन्धित सामग्री

आइफोन १५ सार्वजनिक, एन्ड्रोइडकै चार्जरले चार्ज हुने, के छन् विशेषता ?

आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स सार्वजनिक भएका हुन् ।

एप्पल स्टोरबाट किन्न पाइने आइफोन केवल ८ वटा मात्र, आइफोन १३ प्रो समेत बन्द

एप्पलले गत सेप्टेम्बर ७ मा आफ्ना बहुप्रतिक्षित नयाँ संस्करणका आइफोन सार्वजनिक गर्‍यो । आइफोन १४ सिरिजका चारवटा आइफोन सार्वजनिक गरेसँगै एप्पलले आफ्ना केही लोकप्रिय पूराना मोडेलहरुको उत्पादन र बिक्रि बन्द गर्ने घोषणा पनि गरेको छ । एप्पलले उत्पादन तथा बिक्री बन्द गरेका चारवटा आइफोनमा गतवर्ष मात्रै सार्वजनिक भएको आइफोन १३ प्रो तथा आइफोन १३ प्रो […]

आइफोन १४ को उत्पादन भारतमै हुने

एप्पलले निकट भविष्यमै ल्याउन लागेको आफ्नो नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादन भारतमै गर्ने तयारी गरेको छ । एक रिपोर्ट अनुसार आइफोन १४ को उत्पादन सँगै विश्वभर आपूर्ति पनि भारत र चीनबाट गरिनेछ । अहिलेसम्म भारतमा केवल आइफोन ११, आइफोन १२ र आइफोन १३ को उत्पादन भैरहेको छ । आइफोन १४ सँगै भारतमा एप्पलको हाइ […]

एप्पलको आइफोन १४, यी हुनेछन् फिचर्स

गत सेप्टेम्बरमा एप्पलले आफ्नो फ्लागसिप स्मार्टफोन आइफोन १३ बजारमा ल्यायो । तर, आइफोन १३ बजारमा आउनुअघि नै आगामी आइफोन अर्थात् आइफोन १४ का विषयमा विभिन्न खाले चर्चा बजारमा चल्न थालिसकेका थिए । हरेक वर्ष आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने एप्पलले आइफोन १३ ल्याइसकेपछि अब सबैको ध्यान आगामी वर्ष बजारमा ल्याउने आइफोन १४ माथि छ । […]

नेपालमा आइफोन–१३ को प्रि–बुकिङ खुल्यो

यी आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्सको अर्डर गरिसकेका ग्राहकलाई यही कार्तिक १२ गतेबाट बिक्री गर्ने इभोलुसन ट्रेडिङले बताएको छ ।

एप्पलले बन्द गर्दैछ आइफोन मिनी

११ असोज, काठमाडौं। आइफोन निर्माता कम्पनी एप्पलले गत वर्ष आइफोन १२ सिरिजमा पहिलोपटक सानो आकारको iphone 12 mini सँगै मिनी मोडेलको सुरुवात गरेको थियो । आइफोन मिनीलाई एप्पलले आफ्नो हालै सार्वजनिक भएको आइफोन १३ मा पनि निरन्तरता दिएको छ । तर एक समाचार अनुसार आइफोन मिनी १३ नै आइफोनको मिनी मोडेलको अन्तिम संस्करण हुनेछ । […]

एप्पलले अब मिनी आइफोन उत्पादन नगर्ने!

गत हप्ता एप्पलले आफ्नो नयाँ आइफोनको उत्पादनमा ‘आइफोन–१३’ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको थियो। यो सिरिजमा एप्पलले ‘आइफोन–१३’, ‘आइफोन–१३ मिनी’, ‘आइफोन–१३ प्रो’ र ‘आइफोन–१३ प्रो म्याक्स’ ल्याएको थियो।

यस्ता छन् एप्पलले सार्वजनिक गरेको 'आइफोन–१३' सिरिजका स्मार्टफोन

कम्पनीले नयाँ ‘आइफोन–१३’, ‘आइफोन–१३ मिनी’, ‘आइफोन–१३ प्रो’ र ‘आइफोन–१३ प्रो म्याक्स’ ल्याएको छ।

'आइफोन–१२'मा भएको समस्या एप्पलले नि:शुल्क बनाइदिने

यो प्रोग्राममा 'आइफोन–१२ मिनी', 'आइफोन–१२ प्रो म्याक्स' र अन्य आइफोन मोडलहरु समावेश नहुने एप्पलले बताएको छ।

आइफोन–१३ यसपालि चाँडै सार्वजनिक हुने!

एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार प्रयोगकर्ताले अब चार संस्करणको नयाँ आइफोन किन्न सक्नेछन्, जसमा आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक हुनेछ।