भारतमा एप्पल स्टोर नजिकै २२ ब्रान्ड 'नो एन्ट्री' : ५० प्रतिशत महिला कर्मचारी, एक लाख बढीलाई रोजगारी

काठमाडौं । इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार मुम्बईमा नयाँ खुलेको एप्पलको स्टोर वरपर २२ प्रतिस्पर्धी ब्रान्डले न त आफ्नो स्टोर खोल्न सक्नेछन् न त विज्ञापन नै गर्न सक्नेछन् । एप्पलले भारत आउनु अगाडी सरकारको सहयोगमा नै यस्तो सम्झौता गरेको जनाइएको छ  ।  यसमा अमेजन, फेसबुक, गुगल, एलजी, माइक्रोसफ्ट र सोनी जस्ता ब्रान्डहरू समावेश छन्। पसलमा ५० प्रतिशत महिला कर्मचारी छन् र पसलको नेतृत्व पनि महिलाले नै गरेका छन् । एप्पलको मुम्बई आउटलेटको नाम Apple BKC राखेको छ ।  भारतमा एप्पलका कारखानामा ७२ प्रतिशत महिला रहने छन् भने एक लाखभन्दा बढी रोजगारी दिनेछ  । योसँगै एप्पल देशकै सबैभन्दा ठूलो महिला रोजगारदाता बनेको छ ।  एप्पलले सीप विकास कार्यक्रम पनि चलाउँछ, जहाँ ५ दिनको तालिमपछि उनीहरुले जागिर पाउँनेछन् । आईफोनको इकोसिस्टममा फक्सकन, पेगाट्रोन र विस्ट्रोन तीनवटा बिक्रेता छन् जसले एक वर्षमा ६० हजार करोड रुपैयाँ जम्मा गरेको छन्। राज्य र केन्द्र सरकारको तथ्यांक अनुसार आर्थिक वर्ष २०२३ मा भारतमा बिक्रीका लागि र अन्य देशमा निर्यातका लागि करिब ६० हजार करोड आइफोन एसेम्बल गरिएको छ । एजेन्सीको सहयोगमा