चीनको कारखाना उत्पादन अपेक्षाभन्दा कम

असार २, पेचिङ (चीन) । यस वर्षको मे महीनामा चीनको कारखाना उत्पादन अपेक्षाभन्दा रहेको छ । निर्यात केन्द्र क्वाङतोङ कोभिड–१९ को महामारीको चपेटामा आएकोले कारखाना गतिविधि सुस्ताएको हो ।  चिनियाँ अर्थतन्त्र गत वर्षको पूर्वार्द्धमा देखिएको महामारीको प्रभावबाट उब्रिएको छ । तर कच्चा पदार्थको भाउमा भइरहेको वृद्धि र विशेषगरी चीपको अभावका कारण विश्वको आपूर्ति शृङ्खलामा देखिएको अवरोध लगायत चुनौतीबीच पुनर्बहालीको आधार अहिले पनि बलियो भइनसकेको अधिकारीहरुले बताएका छन् ।  गत वर्षको सोही अवधिको तुलनामा मेमा औद्योगिक उत्पादन ८ दशमलव ८ प्रतिशतले बढेको बुधवार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो अप्रिलको ९ दशमलव ८ प्रतिशतको वृद्धिभन्दा कम हो । त्यस्तैगरी, यो वृद्धि अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले विश्लेषकहरुमाझ गरेको जनमत सर्वेक्षणको भन्दा पनि कम हो ।  समीक्षा अवधिमा औद्योगिक उत्पादन ९ प्रतिशतले बढ्ने विश्लेषकहरुले बताएका थिए । निर्यात अर्डरमा आएको सुस्तीक, कारखानामा उच्च मूल्यको दबाब र हेभी इन्डष्ट्रिजमाथि वातावरणीय प्रतिबन्धमा गरिएको कडाईका कारण उत्पादन सुस्ताएको हो ।  समीक्षा अवधिमा खुद्रा विक्री १२ दशमलव ४ प्रतिशतले बढेको छ । यो विश्लेषहरुको अनुमान र अप्रिल दुवैको तुलनामा कम हो । सो अवधिमा विक्री १३ दशमलव ६ प्रतिशतले बढ्ने विश्लेषकहरुको अनुमान थियो । अघिल्लो महीना भने विक्री १७ दशमलव ७ प्रतिशतले बढेको थियो । मागमा भइरहेको वृद्धि र तीव्र गतिमा अगाडि बढेको खोप अभियानका कारण चीनमा उपभोक्ता र व्यवसायिक मनोबल दुवै बढिरहेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो पाँच महीनामा स्थीर सम्पत्तिमा लगानी पनि बढेको छ । एजेन्सी  

सम्बन्धित सामग्री

२५ करोड लगानीमा प्रांगारिक मल कारखाना

वीरगञ्ज। वीरगञ्जका एक उद्योगीले पुस्तैनी उद्यम छोडेर प्रांगारिक मल कारखाना खोलेका छन् । चामल उत्पादनको कामबाट मल उत्पादनतर्फ मोडिएका उद्यमी हुन्– तारा प्रसाद । वीरगञ्जमा खुलेको उनको ‘क्याप्टेन फार्म’ले प्रांगारिक मल उत्पादन गर्दै आएको छ । शुरूमा गाई तथा भैंसीपालनमार्फत दूध उत्पादन गरेका ताराले रासायनिक मलले पारिरहेको असर हटाउने उद्देश्यले पछिल्लो समय मल कारखाना खोलेको बताए ।  उनले २५ करोड रुपैयाँ लगानीमा खोलेको मल कारखाना ३ बिघा क्षेत्रफलमा फैलिएको छ । क्याप्टेन फार्मले उत्पादन गरेको मल ‘रूख’ ब्राण्डमा बजारमा पुर्‍याइएको छ । ‘खेतीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति र मानिसको स्वास्थ्य समेत बिगारिरहेको छ । यस्तो असर कम गर्न सकियोस् भनेर प्रांगारिक मल उत्पादनमा लागेको हुँ,’ उनले भने ।  गाईभैंसीको गोबर संकलन गरी स्थानीय झारपात मिसाएर बनाइएको प्रांगारिक मलबाट रासायनिक मल प्रयोगको तुलनामा ४० प्रतिशतभन्दा बढी उत्पादन हुने दाबी उनले गरे ।  क्याप्टेन फार्मले वार्षिक ६ करोड रुपैयाँ बराबरको यस्तो मल विक्री गर्दै आएको छ । यहाँ उत्पादित मल काठमाडौं, पोखरा, हेटौंडा, नारायणगढलगायत स्थानमा विक्री भइरहेको छ ।  भारतबाट अवैध रूपमा प्रांगारिक मल भित्रिने गरेको पनि उनले बताए । अनधिकृत रूपमा भित्रिने यस्तो मल गुणस्तरहीन भएको ताराको दाबी छ । अवैध रूपमा आयात भएको कमसल मलबाट किसान ठगिएको उनले बताए । ‘अवैध रूपमा भित्रिएको यस्तो मलबाट एकातिर किसान ठगिएका छन्, अर्कातिर स्वदेशी उद्यमी मारमा परेका छन्,’ उनले भने ।  स्थानीय सरकारहरूले कृषिका कार्यक्रम ल्याउने गरे पनि प्रांगारिक मल प्रयोगबारे नीति नलिएको गुनासो पनि उनले गरे । रासायनिक मलको प्रयोगबाट माटोको प्राकृतिक गुण नै ह्रास भइरहेको छ । जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ । तर, यसमा कुनै पनि तहका सरकार त्यति गम्भीर देखिएका छैनन्,’ उद्यमी ताराले भने ।

प्रांगारिक मलको उत्पादन

प्रांगारिक खेतीका उत्पादनसँग उपभोक्ता आकर्षित हुन थालेपछि नेपालमा यसबारे बहस र पहल हुन थालेको छ । खासगरी रासायनिक मल र विषादीको अत्यधिक प्रयोगबाट स्वास्थ्यमा गम्भीर असर पर्ने विश्लेषण हुन थालेपछि प्रांगारिक खेती र मलको चर्चा चुलिन थालेको हो । तर, नेपालमा प्रांगारिक मल र खेतीका नाममा कतिपयले सरकारी अनुदान पचाएका छन् भने थोरैले मात्रै यसमा साँच्चिकै काम गरेका छन् । यसै क्रममा राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको छ । ठूलो कम्पनी र समाजका प्रतिष्ठित व्यक्ति संलग्न व्यक्तिहरूको सक्रियतामा कारखाना खोल्ने तयारी भएकाले यसमा काम होला भन्ने आशा गर्न सकिन्छ । मुलुकमा रासायनिक मल र विषादीको आयात र प्रयोग बढ्दो छ । विषादी परीक्षणको भरपर्दो प्रणाली नबनिसकेकाले उपभोक्ताहरू विषादीयुक्त तरकारी, फलफूल र खाद्यान्न खान बाध्य छन् । त्यसैले यसको विकल्पमा अहिले प्रांगारिक खेती र मलप्रति आकर्षण बढेको हो । यस क्षेत्रमा लगानी पनि बढेको छ । प्रांगारिक खेतीबारे स्पष्ट नभएको अवस्थामा प्रांगारिक मल कारखाना खोल्नु आर्थिक दृष्टिकोणले कत्तिको उपयुक्त हुन्छ भन्न सकिन्न । प्रांगारिक मलका लागि गुणस्तर निर्धारणको प्रावधान र मापदण्ड केकस्ता छन् भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । गुणस्तरको मापदण्ड परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ । अहिले कौसीखेती गर्नेहरूले प्रांगारिक खेतीको बखान गर्ने गरेको पाइन्छ । सानो परिमाणमा प्रांगारिक खेती हुने गरे पनि ठूलो परिमाणमा भने भएको पाइँदैन । त्यसैले प्रांगारिक मलको कारखाना खोल्दा यी पक्षमा पनि ध्यान दिनु जरुरी हुन्छ । प्रांगारिक मलको प्रयोग गर्दा रासायनिक मल प्रयोग गरेको भन्दा कम उत्पादन हुन्छ । त्यस्तै यसको बजार पनि ठूलो छैन । केही शहरी क्षेत्रमा यस्तो उत्पादनको माग भए पनि समग्र मागको दाँजोमा यो निकै कम छ । प्रांगारिक मलको प्रयोग गरिएको उत्पादन महँगो हुने भएकाले पनि बजार साँघुरो देखिन्छ । त्यसैले प्रांगारिक खेती सविकल्प अघि बढाइनु उपयुक्त हुन्छ । र, अहिले खाद्य कम्पनीले शुरू गर्न खोजेको प्रांगारिक मलको उत्पादन सफल हुनुपर्छ । अब पनि यस्तो उत्पादनमा सफलता नमिल्ने हो भने निराशा हात लाग्न सक्छ ।

मध्यमर्स्याङ्दीबाट ५० मेगावाट मात्रै विद्युत् उत्पादन

लमजुङ । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा कम मात्रै विद्युत उत्पादन हुन थालेको छ ।  मर्स्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि केन्द्रबाट उत्पादन हुँदै आएको विद्युत कमी भएको हो । बर्खाको समय

संसद्को ध्यान अर्थतन्त्रमा कम, राजनीतिमा बढी

मुलुक संघीयतामा गएपछिको पहिलो प्रतिनिधिसभाले शनिबार आफ्नो पूरा कार्यकाल समाप्त गरेको छ । बीचमा दुई–दुई पटक अकाल मृत्युमा परे–परेझैं भए तापनि आफ्नो पाँचवर्षे कार्यकाल सम्पन्न गरेर शनिबारबाट बिदाइ हुँदै गर्दा जनप्रतिनिधिहरूले आफ्ना कामको फेहरिस्त सुनाउलान्, कति ऐननियम तथा कानुन बनाए, मुलुकलाई गरिखाने मुलुक बनाए कि राजनीतिक दलका दास उत्पादन गर्ने कारखाना मात्र बनाए, समीक्षा गर्लान् […]

उद्योग मन्त्री बडूले भने– जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिनेछ

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने बताएका छन् । जनकपुर चुरोट कारखाना निरीक्षणपछि संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडूले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमनपछि निर्णय गर्ने जानकारी दिए ।मन्त्री बडूले देशको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नाका साथै रोजगारी सिर्जना गर्ने बताए । मन्त्री बडूले निजी क

चीनसँगको निर्भरता कम गर्न एप्पलले भारतमा शुरु गर्‍यो आईफोन उत्पादन

चैत ३०, नयाँदिल्ली(भारत) । अमेरिकन बहुराष्ट्रिय कम्पनी एप्पलले भारतमा आईफोनको उत्पादन शुरु गरेको छ । चीनसँगको निर्भरता कम गर्न कम्पनीले भारतमा आईफोन निर्माणको काम थालेको हो । वितरण प्रणाली (सप्लाई चेन) मा चीनसँगको निर्भरता कम गर्न भारतमा  काम शुरु गरिएको कम्पनीले बताएको छ ।   एप्पलको ताइवानी ठेकेदार उत्पादक, फक्सकनको स्थानीय कारखानामा आईफोन १३ निर्माण हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । तमिलनाडुको श्रीपेरुम्बुडुरमा कारखाना रहने भनिएको छ । पछिल्लो समय कम्पनीले आईफोन निर्माण गर्ने क्षेत्रहरू चीनबाट अन्यत्र सारिरहेको छ ।भारत विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार पनि हो । कम्पनीले भारतमा चाँडै नै आईप्याड पनि एसेम्बल गर्ने योजना बनाइरहेको छ । एप्पलजस्ता ब्रान्डले आफ्ना उप्पादनहरू निर्माण वा एसेम्बल गर्न चीनको विकल्प खोजिरहेका बेला भारत, मेक्सिको र भियतनामजस्ता देशहरू अमेरिकी ब्रान्डका लागि महत्वपूर्ण कन्ट्रयाक्ट म्यानुफ्याक्चररका रूपमा उदाइरहेका छन् ।सन् २०१७ मा एप्पलले आईफोन एसईमार्फत् भारतमा उत्पादन शुरु गरेको थियो । आईफोन १३ भारतमा उत्पादन हुने एप्पलको चौथो मोडेल भएको समाचार एजेन्सी रोयटर्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ । कम्पनीका उत्पादनहरु मध्ये म्याक ल्यापटप, आइप्याड र आईफोन युवाहरु माझ निकै चर्चित छन् । एजेन्सीहरु

दर्शनशास्त्र विभागको पतन र आर्टिफिसियल इन्टेलिजेन्सको उदयले पार्ने प्रभाव

आजकल शिक्षण संस्थाहरूमा विचार, तर्क र दर्शनको चर्चा कम हुन्छ। राम्रो जागिर पाउनको लागि मात्र डिग्री लिनुपर्ने बाध्यताले हाम्रो शिक्षा प्रणाली शिक्षित मजदूर उत्पादन गर्ने कारखाना जस्तै भएको छ। हामी पनि डाक्टर, कलाकार, इन्जिनियर, प्रोफेसर वा वैज्ञानिक बन्न रुचाउँछौं। यी नयाँ नामले हामीलाई गर्वको वर्षा गराउँछ र अहंकारको उत्तानो भाँडो भरिन्छ। समाजको विभिन्न तह र […]

चीनको कारखाना गतिविधि अनपेक्षित रुपमा बढ्यो

मंसिर १४, पेचिङ (चीन) । चीनको कारखाना गतिविधि नोभेम्बरमा अनपेक्षित रुपमा बढेको छ । कच्चा सामग्रीको भाउ घटेपछि न्यून मागको चपेटामा परेको कारखाना क्षेत्रमाथिको दबाब कम हुँदा तीन महीनामा पहिलो पटक गतिविधि बढेको हो ।  राष्ट्रिय तथ्यांक विभागका अनुसार म्यानुफयाक्चरिङ क्षेत्रको पर्चेजिङ म्यानेर्ज इन्डेक्स (पीएमआई) ५० दशमलव १ अंक रहेको छ । अक्टोबरमा यो सूचक ४९ दशमलव २ अंक थियो । यसले चीनको कारखाना क्षेत्रमा वृद्धि भइरहेको देखाएको छ ।  समीक्षा अवधिमा पीएमाई ४९ दशमलव ६ अंक रहने विश्लेषकहरुको अनुमान थियो । म्यानुफयाक्चरिङ क्षेत्रमा देखिएको सुस्ती, घर जग्गा बजारमा कर्जा समस्या र कोभिड–१९ को प्रकोपका कारण यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा चीनको अर्थतन्त्रले लय गुमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा अघिल्लो त्रैमासमा ४ दशमलव ८ प्रतिशतले अर्थतन्त्र बढेको थियो ।  तर, चौथो त्रैमासमा भने वृद्धिको दर तेस्रो त्रैमासभन्दा सुस्त रहने विश्लेषकहरुको अनुमान छ । अक्टोबरमा ४८ दशमलव ४ अंक रहेको उत्पादनको उपसूचक पनि नोभेम्बरमा बढेर ५२ अंकमा उक्लिएको छ । नयाँ अर्डर सुस्त गतिमा घटेको छ । अघिल्लो महीना ७२ दशमलव १ अंक रहेको उत्पादन मूल्य नोभेम्बरमा उल्लेख्य रुपमा घटेर ५२ दशमलव ९ अंकमा आएको छ । एजेन्सी

अमेरिकामा १७ अर्ब डलर लगानी गरेर कारखाना खोल्दै सामसङ

मंसिर ९, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको विद्युतीय सामग्री निर्माता कम्पनी सामसङले अमेरिकाको टेक्सासमा सेमिकन्डक्टर उत्पादन कारखाना खोल्ने भएको छ । स्मार्टफोन लगायतका डिभाइसहरुमा प्रयोग हुने सेमिकन्डक्टरको विश्वव्यापी अभावलाई कम गर्नका लागि कम्पनीले १७ अर्ब डलरको लगानीमा कारखाना खोल्न लागेको हो । कम्पनीले त्यहाँ स्थापना गर्न लागेको कारखानामा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हुनेछ । आगामी मंगलवारदेखि  औपचारिक रुपमा टेक्सासमा चिप्स उत्पादन कारखाना स्थापना  हुने घोषणा गर्दै कम्पनीले यसबाट प्रत्यक्ष रुपमा २ हजार जना उच्च प्राविधिक जनशक्तिलाई रोजगारी प्राप्त हुने बताएको छ । साथै कारखाना पूर्णरुपमा सञ्चालनमा आएसँगै अन्य हजारौं स्थानीयले पनि रोजगारी पाउनेछन् । साथै  कम्पनीले सन् २०२४ को दोस्रो त्रैमासबाट उक्त कारखाना सञ्चालनमा ल्याउने लक्ष्य रहेको पनि बताएको छ । सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा सीईओ किनाम किमले उच्चतम उत्पादन क्षमताका साथ ग्राहकहरुको आवश्यकतालाई राम्रोसँग पूरा गर्ने र विश्व सेमिकन्डक्टर आपूर्ति श्रृंखलाको स्थायित्वमा पनि योगदान दिने एउटा नोटमा भनेका छन् । नयाँ कारखाना स्थापना गर्नका लागि टेक्सासको टेलर सहर छनोट गर्नुमा पनि विभिन्न पक्षहरू कारण रहेको कम्पनीले बताएको छ । उसले हाल अस्टिनमा रहेको उत्पादन केन्द्रसँगको निकटता, स्थानीय सेमिकन्डक्टर वातावरण तथा सरकारी सहयोग भएको बताएको छ । नयाँ उत्पादन कारखानाको क्षेत्रफल ५० लाख वर्गमिटर हुनेछ । पछिल्लो समय अमेरिका सरकारले सेमिकन्डक्टर उत्पादनलाई प्राथमिकता दिइरहेको समयमा कम्पनीको यस्तो भनाइ सार्वजनिक भएको हो । सीएनबीसी

सुस्तायो चीनको कारखाना गतिविधि

जेठ ३, पेचिङ (चीन) । चीनको कारखाना गतिविधि सुस्ताएको छ । अप्रिलमा कारखाना गतिविधि सुस्ताउनुको साथै खुद्रा विक्री पनि अपेक्षा गरिएको भन्दा निकै कम भएपछि चीनको अर्थतन्त्रमा आइरहेको पुनर्बहालीमा नयाँ समस्या देखिएको चेतावनी अधिकारीहरुले दिएका छन् ।  चिनियाँ निर्यातकर्ताहरुकहाँ सुदृढ माग आइरहेको भएपनि विश्वको आपूर्ती शृङ्खलामा आएको अवरोध र कच्चा सामग्रीको बढ्दो लागतका कारण उत्पादन दबाबमा आएको बताइएको छ ।  फलतः गत वर्ष कोभिड–१९ का कारण देखिएको सुस्तीबाट भइरहेको आर्थिक पुनर्बहाली पनि सुस्तायो । गत वर्षको सोही अवधिको तुलनामा अप्रिलमा कारखाना गतिविधि ९ दशमलव ८ प्रतिशतले मात्रै बढेको राष्ट्रिय तथ्यांक विभागले सोमवार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  यो अर्थशास्त्रीहरुले अनुमान गरे जत्तिकै भएपनि मार्चको तुलनामा भने निकै कम हो । मार्चमा कारखाना उत्पादन १४ दशमलव १ प्रतिशतले बढेको थियो ।  सोही अवधिमा खुद्रा विक्री १७ दशमलव ७ प्रतिशतले मात्रै बढेको छ । अप्रिलमा खुद्रा विक्री २४ दशमलव ९ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो । मार्चमा भने यसमा ३४ दशमलव २ प्रतिशतको वृद्धि देखिएको थियो । चीनको अर्थतन्त्रमा अप्रिलमा निरन्तर सुधार देपखएको भएपनि नयाँ समस्याहरु विशेषगरी अन्तरराष्ट्रियस्तरमा कमोडिटीको मूल्य बढ्न थालेको एनबीएसका प्रवत्ता फु लिङहुईले बताए । घरेलु आर्थिक पुनर्बहालीको आधार अहिलेसम्म सुरक्षित नभएको फुले पेचिङमा पत्रकार सम्मेलनमा सोमवार भने । अप्रिलमा चीनको कारखाना मूल्यवृद्धि सन् २०१७ को अक्टोबरयताकै उच्च विन्दुमा उक्लिएको थियो । केन्द्रीय बैंकले गत हप्ता सार्वजनिक गरेको प्रतिवेदनअनुसार दोस्रो र तेस्रो त्रैमासमा यो झन् बढ्न सक्नेछ ।  सन् २०२० को शुरुमा कोरोना भाइरसको महामारीका कारण चीनमा कठोर लकडाउन गरिएको थियो । त्यतिबेला कारखाना गतिविधि ह्वात्तै घटेको थियो । फलतः गत वर्षको तुलनामा यस वर्षको ‘बेस इफेक्ट’ फिक्का हुँदा पनि अप्रिलमा वृद्धिदर सुस्त भएको हो । एजेन्सी