२५ करोड लगानीमा प्रांगारिक मल कारखाना

वीरगञ्ज। वीरगञ्जका एक उद्योगीले पुस्तैनी उद्यम छोडेर प्रांगारिक मल कारखाना खोलेका छन् । चामल उत्पादनको कामबाट मल उत्पादनतर्फ मोडिएका उद्यमी हुन्– तारा प्रसाद । वीरगञ्जमा खुलेको उनको ‘क्याप्टेन फार्म’ले प्रांगारिक मल उत्पादन गर्दै आएको छ । शुरूमा गाई तथा भैंसीपालनमार्फत दूध उत्पादन गरेका ताराले रासायनिक मलले पारिरहेको असर हटाउने उद्देश्यले पछिल्लो समय मल कारखाना खोलेको बताए ।  उनले २५ करोड रुपैयाँ लगानीमा खोलेको मल कारखाना ३ बिघा क्षेत्रफलमा फैलिएको छ । क्याप्टेन फार्मले उत्पादन गरेको मल ‘रूख’ ब्राण्डमा बजारमा पुर्‍याइएको छ । ‘खेतीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति र मानिसको स्वास्थ्य समेत बिगारिरहेको छ । यस्तो असर कम गर्न सकियोस् भनेर प्रांगारिक मल उत्पादनमा लागेको हुँ,’ उनले भने ।  गाईभैंसीको गोबर संकलन गरी स्थानीय झारपात मिसाएर बनाइएको प्रांगारिक मलबाट रासायनिक मल प्रयोगको तुलनामा ४० प्रतिशतभन्दा बढी उत्पादन हुने दाबी उनले गरे ।  क्याप्टेन फार्मले वार्षिक ६ करोड रुपैयाँ बराबरको यस्तो मल विक्री गर्दै आएको छ । यहाँ उत्पादित मल काठमाडौं, पोखरा, हेटौंडा, नारायणगढलगायत स्थानमा विक्री भइरहेको छ ।  भारतबाट अवैध रूपमा प्रांगारिक मल भित्रिने गरेको पनि उनले बताए । अनधिकृत रूपमा भित्रिने यस्तो मल गुणस्तरहीन भएको ताराको दाबी छ । अवैध रूपमा आयात भएको कमसल मलबाट किसान ठगिएको उनले बताए । ‘अवैध रूपमा भित्रिएको यस्तो मलबाट एकातिर किसान ठगिएका छन्, अर्कातिर स्वदेशी उद्यमी मारमा परेका छन्,’ उनले भने ।  स्थानीय सरकारहरूले कृषिका कार्यक्रम ल्याउने गरे पनि प्रांगारिक मल प्रयोगबारे नीति नलिएको गुनासो पनि उनले गरे । रासायनिक मलको प्रयोगबाट माटोको प्राकृतिक गुण नै ह्रास भइरहेको छ । जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ । तर, यसमा कुनै पनि तहका सरकार त्यति गम्भीर देखिएका छैनन्,’ उद्यमी ताराले भने ।

सम्बन्धित सामग्री

सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण हुने

सिन्धुली । बाग्मती प्रदेश सरकारले सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण गर्ने भएको छ । १ खर्ब रुपैयाँ लाग्ने अनुुमान गरिएको रासायनिक मल कारखानाका लागि सिन्धुलीको हरिहरपुरगढी उपयुक्त स्थान हुने भएकाे हाे । थाईल्याण्डको मछाडा इन्टरनेशनलले मल कारखाना संचालन गर्ने गरी काम अघि बढाएकाे बाग्मती प्रदेश सरकारले जनाएकाे छ । पानी र बिजुली बाहेक अन्य कच्चा […]

रासायनिक मल कारखाना सम्भाव्यता अध्ययनको जिम्मेवारी जर्मन कम्पनीलाई

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने योजना बनेको वर्षौं बितिसकेको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०६८/६९ को बजेटमा मल कारखाना स्थापना गर्ने योजना समेटेदेखि अहिलेसम्म निरन्तर यसको बहस जारी छ । यस अर्थमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने भनेर पहिलो योजना बनेको एक दशक पुगेको छ । तर, कारखाना स्थापनाको काम भने जहाँको त्यहीँ छ ।यद्यपि, पछिल्लो समय लगानी बोर्डको नेतृत्वमा यस सम्बन्धी काम अघि बढेको छ । कृषि मन्त्री र अर्थ मन्त्रीले शपथ खाँदैपिच्छे रासायनिक मल कारखाना

नेपालमा मल कारखाना कहिले बन्ला ?

काठमाडौं । लगानी बोर्डले रासायनिक मल कारखाना स्थापनाका लागि अध्ययन गरी नेपालमा प्राकृतिक ग्यास र वाटर इलेक्ट्रोलाईसिस विधिबाट सम्भव हुने बताएको छ । रासायनिक मल कारखाना स्थापनाका लागि हालसम्म ७ पटक अध्ययन भएको छ । तर अझै पनि कुन प्रविधि छान्ने भन्ने अन्यौल मात्रै छैन, लगानीको र प्रतिफलको विश्लेषण, कहाँ, कसरी कहिले स्थापना हुने भन्ने […]

नेपालमा रासायनिक मल कारखाना खोल्न तीन विदेशी कम्पनीद्वारा प्रस्ताव

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्न तीन विदेशी कम्पनीले लगानी प्रस्ताव गरेका छन् । छिमेकी मुलुक भारतसहित बेलायत र जर्मनीका कम्पनीले मल कारखाना खोल्न प्रस्ताव पेस गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । सरकारले नेपालमै मल कारखाना खोल्न भन्दै लगानी मोडल अध्ययन गरिरहेको बेला यस्तो प्रस्ताव आएको हो । जर्मनीको डीआईएजी, भारतको ईएक्स आईएन […]

बागमतीमा रासायनिक मल कारखाना खोल्ने

काठमाडौं, माघ १९ । बागमती सरकारले रासायनिक मल कारखाना सञ्चालन गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले प्रदेशका ३ मा मल कारखाना खोल्ने निर्णय गरेको हो । प्रदेशमा तीनवटा रासायनिक मल कारखाना खोल्न आवश्यक प्रक्रियासमेत अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीनवटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल […]

बागमतीमा तीनवटा मल कारखाना स्थापना गर्ने तयारी

बागमती प्रदेश सरकारले तीनवटा मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । बर्सेनि किसानले भोग्दै आएको मल समस्यालाई सहज बनाउन बागमती सरकारले मध्यमवर्गका तीनवटा मल कारखाना स्थापना गर्ने तयारी गरेको...

बागमतीमा तीन मल कारखाना स्थापना गर्ने प्रदेश सरकारको तयारी

बागमती प्रदेश सरकारले तीन वटा मल कारखाना स्थापना गर्ने भएको छ। सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीन वटा मल कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि...

वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

मकवानपुर - वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । पछिल्लो पटक बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्रका विभिन्न ठाउँमा तीन वटा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको हो । वाग्मती प्रदेशका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले थाइल्यान्डकाे एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी दिनुभयो । मल कारखाना खोल्ने विषयमा थाइल्यान्डकाे कम्पनीसँग छलफल पनि भइरहेको उहाँले जानकारी दिनुभयो...

मल कारखाना खोल्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् । उनले उद्योगी, व्यवसायीहरुले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए ।“व्यापार, उद्योग सबै […]

अब नेपालमा मल कारखाना खाेल्छाैँ - प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने बताउनुभएको छ । बिहीवार पशुपक्षीजन्य उत्पादनमा देश आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताउनुभएको हो ।विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानलाई तालिम दिन आवश्यक रहेकाे प्रधानमन्त्री ओलीकाे भनाइ थियाे ।उहाँले भन्नुभयो, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखानाकाे...