अमेरिकामा १७ अर्ब डलर लगानी गरेर कारखाना खोल्दै सामसङ

मंसिर ९, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको विद्युतीय सामग्री निर्माता कम्पनी सामसङले अमेरिकाको टेक्सासमा सेमिकन्डक्टर उत्पादन कारखाना खोल्ने भएको छ । स्मार्टफोन लगायतका डिभाइसहरुमा प्रयोग हुने सेमिकन्डक्टरको विश्वव्यापी अभावलाई कम गर्नका लागि कम्पनीले १७ अर्ब डलरको लगानीमा कारखाना खोल्न लागेको हो । कम्पनीले त्यहाँ स्थापना गर्न लागेको कारखानामा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हुनेछ । आगामी मंगलवारदेखि  औपचारिक रुपमा टेक्सासमा चिप्स उत्पादन कारखाना स्थापना  हुने घोषणा गर्दै कम्पनीले यसबाट प्रत्यक्ष रुपमा २ हजार जना उच्च प्राविधिक जनशक्तिलाई रोजगारी प्राप्त हुने बताएको छ । साथै कारखाना पूर्णरुपमा सञ्चालनमा आएसँगै अन्य हजारौं स्थानीयले पनि रोजगारी पाउनेछन् । साथै  कम्पनीले सन् २०२४ को दोस्रो त्रैमासबाट उक्त कारखाना सञ्चालनमा ल्याउने लक्ष्य रहेको पनि बताएको छ । सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा सीईओ किनाम किमले उच्चतम उत्पादन क्षमताका साथ ग्राहकहरुको आवश्यकतालाई राम्रोसँग पूरा गर्ने र विश्व सेमिकन्डक्टर आपूर्ति श्रृंखलाको स्थायित्वमा पनि योगदान दिने एउटा नोटमा भनेका छन् । नयाँ कारखाना स्थापना गर्नका लागि टेक्सासको टेलर सहर छनोट गर्नुमा पनि विभिन्न पक्षहरू कारण रहेको कम्पनीले बताएको छ । उसले हाल अस्टिनमा रहेको उत्पादन केन्द्रसँगको निकटता, स्थानीय सेमिकन्डक्टर वातावरण तथा सरकारी सहयोग भएको बताएको छ । नयाँ उत्पादन कारखानाको क्षेत्रफल ५० लाख वर्गमिटर हुनेछ । पछिल्लो समय अमेरिका सरकारले सेमिकन्डक्टर उत्पादनलाई प्राथमिकता दिइरहेको समयमा कम्पनीको यस्तो भनाइ सार्वजनिक भएको हो । सीएनबीसी

सम्बन्धित सामग्री

वीरगञ्ज चिनी कारखाना पुनः सुचारु हुने

दुई दशकदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सुचारु हुने खबरले स्थानीयहरु उत्साहित भएका छन् ।संसदमा आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले बन्द भएको वीरगञ्ज चिनी कारखाना र कृृषि औजार कारखाना सरकारले पुनः सञ्चालनमा ल्याउने घोषणा गरेपछि यसले चर्चा पाउन थालेको हो । वीरगञ्ज चिनी कारखाना नेपाल सरकार र […]

फेरि सञ्चालनमा आउला त वीरगञ्ज चिनी र कृषि औजार कारखाना ?

२२ जेठ, वीरगञ्ज । वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना दुवै लामो समयदेखि बन्द छ । यी कारखाना सञ्चालनमा ल्याउने सरकारको पटक–पटकको भनाइ फोस्रो बाचा साबित हुँदै आएको छ । सरकारले यसपटक पनि यी कारखाना चलाउने कार्यक्रम बजेटमार्फत ल्याएको छ । वीरगञ्ज चिनी कारखाना तत्कालीन सोभियत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा २०२१ माघबाट सञ्चालनमा […]

सरकारले वीरगञ्जको चिनी कारखाना र कृषि औजार कारखाना चलाउँछः अर्थमन्त्री शर्मा

वीरगञ्ज – वीरगञ्जमा बन्द अवस्थामा रहेको चिनी कारखाना र कृषि औजार कारखाना दुवै चलाउने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। शनिबार वीरगञ्ज आएका उनले बन्द रहेको चिनी कारखाना र कृषि औजार कारखानाको निरीक्षण गर्दै दुबै उद्योगलाई सरकारले चलाउने प्रतिबद्धता व्यक्त गरे। उनले अहिले देशमा कृषि सामग्रीको आयातलाई प्रतिस्थापन गर्नका लागि पनि चिनी कारखाना र कृषि औजार […]

हाइड्रोजन प्रविधिबाट मल कारखाना खोल्न सुझाव

हेटौंडा : काठमाडौं विश्वविद्यालयले बागमती प्रदेश सरकारलाई हाइड्रोजन प्रविधिबाट मल उत्पादन कारखाना सञ्चालन गर्न सुझाव दिएको छ।बिहीबार हेटौंडा आइपुगेको विश्वविद्यालयको प्राविधिक टोलीले हाइड्रोजन प्रविधिबाट रासायनिक मल उत्पादन कारखाना सञ्चालन गर्न सुझाव दिएको हो। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा काठमाडौं विश्वविद्यालयसँग प्राविधिक परामर्श तथा छलफल गरेको थियो।छलफलमा विश्वविद्यालयका ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापाले मल कारखाना

बागमतीमा रासायनिक मल कारखाना खोल्ने

काठमाडौं, माघ १९ । बागमती सरकारले रासायनिक मल कारखाना सञ्चालन गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले प्रदेशका ३ मा मल कारखाना खोल्ने निर्णय गरेको हो । प्रदेशमा तीनवटा रासायनिक मल कारखाना खोल्न आवश्यक प्रक्रियासमेत अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीनवटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल […]

नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा आएको छ । कम्पनीका अनुसार बुधबारदेखि बिस्कुट कारखाना पुनः सञ्चालनमा आएको हो । गत साउन २३ गते भएको भिषण आगलागी पछि कारखाना बन्द अवस्थामा थियो । कम्पनीले बुधबार पत्रकार सम्मेलनका आयोजना गर्दै पुरानै अवस्थामा कारखाना सञ्चालनमा आउन अझै केही समय लाग्ने जानकारी गराएको […]

नेविको बिस्कुटको कारखाना पुनः सञ्चालन

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ ।गत साउन २३ गते भएको आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबारबाट पुनः सञ्चालनमा आएको हो । बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो ।कारखाना पूर्णरुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने कम्पनीको भनाइ छ । प्रमुख कार्यकारी […]

नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा

काठमाडौं, असोज ६ । नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा आएको छ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना गत साउन २३ गते आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबार (आज)बाट पुनः सञ्चालनमा आएको हो । बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो । कारखाना सञ्चालनमा आएपनि पूर्ण रुपमा […]

खण्डहर बन्यो एकमात्र कृषि औजार कारखाना

१६ असार, पर्सा । कुनै समय कृषि औजार उत्पादन गरेर भारतलाई बेच्ने नेपालको एकमात्र कृषि औजार कारखाना खण्डहर बनेको छ । निजी क्षेत्रलाई प्रवर्द्धन गर्न भन्दै नेपाल सरकारले झण्डै दुई दशकअघि वीरगञ्जस्थित कारखाना बन्द गरेको थियो । यो कारखाना सन्चालन हुँदा नेपालमा उत्पादन भएका कृषिका केही औजारहरु भारतमा समेत निर्यात हुने गरेको त्यहाँ काम गरेका […]

अब नेपालमा मल कारखाना खाेल्छाैँ - प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने बताउनुभएको छ । बिहीवार पशुपक्षीजन्य उत्पादनमा देश आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताउनुभएको हो ।विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानलाई तालिम दिन आवश्यक रहेकाे प्रधानमन्त्री ओलीकाे भनाइ थियाे ।उहाँले भन्नुभयो, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखानाकाे...