भारतसँग सीमा जोडिएकाले कोभिड संक्रमणको जोखिम बढी हुने भएपनि सुदूरपश्चिमका कतिपय स्थानीयले खोप लगाउन बेवास्ता गरिरहेका स्वास्थ्यकर्मीहरूले बताएका छन् । नेपालमा समेत कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन देखापरिसकेको अवस्थामा खोप नलगाएकालाई बढ्ता जोखिम हुन सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।