काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेका छन्। एक टेलिभिजन अन्तरवार्ताका क्रममा ट्रम्पले खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै खोप लगाउन आग्रह गरेका हुन्। ट्रम्पका समर्थक समूह खोप नलगाउने ठूलो समूहमा पर्छ। स्वयम् ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालमा महामारीलाई बेवास्ता गरेको भन्दै आलोचना हुने गरेको छ। शुरू-शुरूमा मास्कसमेत लगाउन अस्विकार गरेका ट्रम्प पछि आफैं संक्रमित भएर अस्पताल पनि भर्ना भएका थिए।