केही दिन यता काठमाडौँ लगायतका देशमा विभिन्न भूभागको वायुमण्डलमा बाक्लो तुवाँलो लागेको छ । उपत्यकामा भिजिबिलिटी अर्थात् दृश्य दुरी घटेको छ । जसका कारण हवाई उडानका लागि समेत अप्ठेरो पर्ने देखिएको छ ।वायुमण्डलमा थुप्रिएको धुलो धुवाँको बाक्लो तहका कारण मानिसहरूमा श्वास प्रश्वास सम्बन्धी स्वास्थ्य समस्या समेत देखिन थालेको छ । बुधबार दिउँसो समाचार तयार पर्दासम्म विश्वको वायुप्रदूषण मापन गर्ने आईक्यूएयरको तथ्याङ्कमा काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर बनेको छ । आखिर किन यसरी मौसममा परिवर्तन भइरहेको छ ?