काठमाण्डौसहित धेरै ठाउँमा तुवाँलो, तराईमा तीव्र गतिमा हुरी चल्ने सम्भावना

काठमाण्डाै – काठमाण्डौसहित धेरै ठाउँमा तुवाँलो लागेको छ । प्रदूषण बढेकाले तुवाँलो लागेको हो । देशका धेरै ठाउँमा आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको छ । यस्तै, गाडीबाट निस्कएको धुवाँका कारण वातावरण प्रदूषित भएको छ । केही दिनदेखि पानी नपरेकाले प्रदूषण वाुमण्डलमा थुप्रिएर बस्दा तुवाँलो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार एक दुई दिन अझै पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ । प्रदूषण मापन सूचक एक्यूआईको मात्रा अहिले काठमाण्डौमा उच्चतम २ सय ४४ पुगे...