काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्दा बिहानदेखि घाम लाग्न सकेको छैन । उपत्यकामा विशेषगरी गत आइतबारबाट तुवाँलो लाग्न थालेकोमा सोमबार दिनभर जसो आकाश धुम्म रह्यो । आज बिहानैदेखि तुवाँलो छ ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार वायुमण्डलको सतहमा प्रदूषण छ । वायुण्डलको माथिल्लो तहमा भने बादल बनेको छ । ‘धुलोका कणलाई बादलले छोपेर राखेको छ, माथि जान दिएको छैन । बादल लागे पनि वर्षामा परिणत हुन सकेको छैन,’ मौसमविद् भट्टराईले भने, ‘वर्षाका लागि उपयुक्त सिस