तुवाँलो र प्रदूषणका कारण चिसो बढ्याे

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहान बेलुका चिसो बढ्न थालेको छ ।चैतको सुरुमा बिहान बेलुकाको तापक्रम बढे पनि केही दिनदेखि फेरि चिसो बढेको हो ।वायुमण्डलमा तुवाँलो र प्रदूषण बढेका कारण चिसो पनि बढेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तुवाँलो र प्रदूषणले घाम जमिनको सतहमा आउन नपाएकाले जमिन तात्न नपाएर चिसो बढेको हो । जमिन राम्रोसँग तात्न नपाउँदा अधिकतम र न्यूनतम तापक्रम घटेको र यसकै कारण चिसो भएको उहाँले बताउनुभयो ।सामान्यतया चैतको यो बेला काठमाण्डौको न्यूनतम तापक्रम १३, १४ डिग्र...