अब्राहमले बिहानदेखि लाश गाड्न थालेका थिए । रात छिप्पिऊन्जेलसम्म उनले लाशहरू गाडिरहे ।
चर्चका सेता अनि त्यसमा रगत लागेर रातो भएका कपडामा लाशहरू बेरिएका थिए र बञ्जर भूमिमा यत्रतत्र फालिएका थिए । अन्य व्यक्तिहरूलाई हातमा पेटीले बाँधेर उनीहरूकै घरको दैलोमा गोली हानेर मारिएको थियो ।
मृतकहरूमा पुजारी, वृद्धवृद्धा, अनेकौं परिवार अनि सन्डे स्कूलका २० विद्यार्थी समेत रहेको प्रत्यक्षदर्शीहरूले बताए ।
अब्राहमले केही बालबालिकालाई तत्कालै चिनिहाले । उनीहरू इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा रहेको उ...