पर्वत : अफ्रिका महादेशको एउटा देश इथियोपिया। ‘सव सहारान अफ्रिकन’ देशहरूमध्येमा तीव्र आर्थिक विकासको अवस्थामा रहेको इथियोपिया कृषिमा निकै प्रतिबद्ध रहेको देखिन्छ।कुनै बेला खाद्य संकटबाटै गुज्रिएको इथियोपिया अहिले भने कृषिबाट नै आफूलाई अब्बल बनाउन लागि परेको देखिन्छ।कृषि सहित औद्योगिक विकासमा क्षमताको उच्च प्रयोग गर्दै आएको उक्त देशले देशको पूर्वाधार निर्माण र कृषि कर्मको व्यवस्थापनमा मिहिनेत गरेको देख्न सकिन्छ।देशको अर्थतन्त्रको मुख्य क्षेत्र नै कृषि रहेको इथियोपियाको सन २०२० को तथ्या