संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुराको जानकारी गराएको हो । यहाँ मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारीहरु यसअघि पनि नियन्त्रणमा लिइएको छ । यसअघि नौ जना कर्मचारी इथियोपियाका प्रहरी अधिकारीहरुले नियन्त्रणमा लिएका थिए ।ती कर्मचारीको रिहाइका लागि संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पहल गरिरहेको जनाएका छन् । तर शुक्रबार फेरि अर्का एक कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको भन्दै रिहाइ ग