सुर्खेतमा यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली अन्त्य गरिएसँगै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने भएको छ। गएको असार १८ गतेदेखि सुर्खेत जिल्लाभित्र मात्र सञ्चालन गर्न पाइने गरी जोरबिजोर प्रणाली लागु गरिएको थियो । मंगलबार यातायात व्यवसायीसँग छलफल गरेर जोरबिजोर हटाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । जोरबिजोर प्रणाली हटाई जिल्लाभित्र यातायात सेवा संचालन गर्ने, कतिपय सवारी साधनहरुले तोकिए भन्दा बढी भाडा लिएको भन्ने गुनासो आएकाले सबै सवारी साधनले तोकिए