भोटखोलामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्न माग

दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जाने सडक हिमपातले अवरुद्ध पारेपछि स्थानीयले हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । हिमपातका कारण माघ १९ गतेदेखि भोटखोला जाने सडक अवरुद्ध भएकाले उनीहरूले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग गरेका हुन् ।

सम्बन्धित सामग्री

साईपालमा भोकमरी : खाद्यान्न ढुवानीको माग

गत साता भएको हिमपातका कारण चिनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको साईपाल गाउँपालिका जाने बाटो अबरुद्ध भएपछि खाद्यान्न ढुवानी हुन नसक्दा भोकमरी हुने स्थानीयमा चिन्ता बढेको छ ।

हिमपातले भोटखोला जाने सडक अवरुद्ध, हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्न माग

संखुवासभा : संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जाने सडक हिमपातले अवरुद्ध भएको छ। हिमपातका कारण माघ १९ गतेदेखि भोटखोला जाने सडक अवरुद्ध भएको भोटखोला गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए।प्रशासकीय अधिकृत भोटेका अनुसार हिमपातले सडक अवरुद्ध भएपछि भोटखोलाको किमाथांका, रिदाक, छुम्सुर, थुदामलगायत गाउँमा खाद्यान्न संकट भएको छ। ४ फिटसम्म हिउँ परेकाले सडक अवरुद्ध भएको छ। भोटखोला–१ को किमाथांकामा १ सय १६ घ

हुम्लाको लिमीमा २१५ क्विन्टल खाद्यान्न पुर्‍याइयो

सुर्खेत । खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका—६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा खाद्यान्न पुर्‍याइएको हो । लिमी क्षेत्रमा खाद्यान्नको चरम अभाव भएपछि वडा अध्यक्ष पाल्जोर तामाङ खाद्यान्न पठाउनुपर्ने माग गर्दै काठमाडौंमा पुगेका थिए । जनप्रतिनिधिले खाद्यान्न पठाउन पहल गरेपछि सेनाको हेलिकोप्टरमार्फत् लिमीमा खाद्यान्न ढुवानी गरिएको हो […]

दुर्गममा खाद्यान्न ढुवानी : दशैँ अगावै चामल पठाउने तयारी

असोज १२, सुर्खेत । चाडपर्व नजिकिएसँगै पहाडी तथा हिमाली जिल्लाहरुमा खाद्यान्नको माग बढ्दै गइरहेको छ । हिमाली जिल्लाहरुमा मानसरोवार जाने पर्यटक आउनुका साथै चाडपर्व नजिकिएकाले आम नागरिकले खाद्यान्न मौज्दात गर्न थालेपछि चामलको माग बढ्दै गएको हो ।  माथिल्लो डोल्पा बाहेक कर्णालीका सबै खाद्य डिपोमा पर्याप्त चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले बताएको छ । मुगु लगायत कतिपय जिल्लाहरुमा स्थल मार्गबाट चामल ढुवानी भइरहेकाले संकटको अवस्था नरहेको कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्राले बताए ।  उनले माथिल्लो डोल्पामा सडकको असहजतासँगै स्थानीय तहले कर्णाली प्रदेश सरकारको अनुदानमा चामल वितरण गरेकाले अनुकूल मौसम पर्खदै हाल खाद्यान्न ढुवानीलाई तीव्रता दिन लागिएको जनाए ।  उनका अनुसार दशैँ अगावै खाद्यान्नको माग भएका स्थानमा चामल ढुवानी हुने पक्का भएको छ । ‘माथिल्लो डोल्पाका लागि नमूना ढुवानी सेवा मार्फत सुर्खेत र नेपालगञ्जबाट चामल ढुवानी तयारी शुरु गरिसकेका छौं,’ उनले भने, ‘जाजरकोट जिल्लाका केही स्थानमा समेत चामलको माग आएकाले दशैँ अगाबै मागलाई सम्बोधन गर्न हामी सक्षम छौं ।’ उनले मुगु र डोल्पामा खाद्यान्न अभाव भन्ने मिडियामा आएजस्तो जिल्लाभरी नभई केही स्थानमा चामलको माग भएकाले स्थल र हवाई मार्गमार्फत चामल ढुवानी तीव्र पारिएको बताए ।  उनका अनुसार कम्पनीको सुर्खेत गोदामबाट सोमवार मुगुका लागि स्थल मार्गबाट खड्का निर्माण सेवाले १७० मेट्रिक टन चामल पुर्‍याएको छ । सुर्खेत स्थित कम्पनीको गोदाममा अहिलेपनि पहाडी तथा हिमाली जिल्लामा पठाउनका लागि २२ हजार क्विन्टल चामल मौज्दात रहेको सुर्खेत प्रादेशिक कार्यालयका लेखापाल विनोद पौडेलले बताए ।  उनले हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा चामल पठाउने तयारी पुरा भएको जनाए । अहिले यी जिल्लाहरुमा चामलको माग अत्यधिक छ ।  निजी क्षेत्रभन्दा सरकारी चामल सस्तो हुने हुँदा यी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढ्दै गएको हो । ‘पहाडी जिल्लामा चामलको माग अत्यधिक हुन्छ,’ उनले भने, ‘हामी जति सक्दो छिटो चामल पठाउने तयारी गरेका छौं ।’ अति आवश्यक परेमा सुर्खेतसँगै नेपालगञ्जबाट समेत चामल पठाउने गरेको भएपनि जनशक्ति अभाव हुँदा पहाडी जिल्लाका केही दुर्गम डिपोमा चामल वितरणमा असहजता हुने गरेको उनले जनाए ।  यसका वावजुद पनि दशैँ अगावै नागरिकलाई सस्तोमा चामल उपलब्ध गराउने गरेर काम भइरहेको उनको भनाइ छ । सुर्खेत र नेपालगञ्जबाट पहाडी जिल्लाका २१ स्थानमा चामल ढुवानी हुन्छ । ति जिल्लाबाट यो भन्दा बढी चामलको माग आए पनि केन्द्रको अनुमति लिएर पठाउने गरिएको उनले जानकारी दिए । कम्पनीको सुर्खेत गोदाममा अरुवा मोटा चामल, अरुवा मध्यम र स्टीम जिरा मसिनो चामल पाइन्छ ।  भित्री मधेशभन्दा पहाडी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढी छ । चामल ढुवानीमा ढिलाइ हुँदा पहाडी तथा हिमाली जिल्लाका सर्वसाधारणलाई प्रायः चाडपर्व एवम् वर्षातमा अहिलेपनि खाद्य संकटको सामना गर्नुपर्ने बाध्यता कायमै रहेको छ ।

वर्षायाम कटाउन ९ हजार क्विन्टल चामल माग गर्दै बारेकोट गाउँपालिका

असार १०, जाजरकोट । वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ ।  बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महीना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । गाउँपालिकाले घाटस्थित डिपोमा पाँच हजार क्विन्टल र काउली डिपोमा चार हजार क्विन्टल चामल सहुलियतको चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटलाई आग्रह गरिएको अध्यक्ष शाहले बताए ।  बारेकोटमा अघिल्लो वर्ष गएको बाढी र पहिरोले व्यापक क्षति भएपछि यहाँका सर्वसाधारण समस्यामा पर्दै आएका छन् । खेतीयोग्य जमीनमा व्यापक क्षति हुँदा यो वर्ष उत्पादनमा समेत गिरावट आएको थियो ।  बारेकोट–४ का ७३ घरधुरी यो वर्षामा पनि अघिल्लो वर्ष वितरण गरिएका पाल टाँगेर सुरक्षित ठाउँमा बसिरहेका छन् । मकै लगाएको खेतबारीमा बाढीपहिरोले भारी क्षति गर्दा खाद्यान्न संकट परेको बारेकोट–५ का जनकबहादुर शाहीले बताए । यो वर्ष मात्र सडक सञ्जालमा जोडिएको बारेकोटमा वर्षायाममा पहिरो जाँदा तथा खोलामा पानी बढ्दा अवरुद्ध हुने गर्दछ । कच्ची कटान र कमजोर माटोको कारण बारेकोटको सडक सजिलै अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध हुनुअगावै बारेकोटमा खाद्यान्न ढुवानी कार्य पूरा गर्न गाउँपालिकाले आग्रह गरेको हो ।  त्यस्तै, अघिल्लो वर्ष छियाछिया भएको जमीन यो पटकको वर्षामा पनि जोखिम कायम रहेकाले सर्वसाधारणलाई सुरक्षित ठाउँमा बस्न गाउँपालिकाले आग्रह गरेको छ । बाढी  र पहिरोबाट हुनसक्ने क्षतिको उद्धारका लागि गाउँपालिकाले वीरेन्द्र हिमालय माध्यमिक विद्यालय लिम्सामा अस्थायी ब्यारेक निर्माण गरी २० जना सशस्त्र प्रहरी बलको उद्धार टोलीलाई राख्न पहल शुरु गरेको बताएको छ । जनताको जिउधनको सुरक्षाका साथै उद्धार तथा राहत वितरणमा सहजता ल्याउन अस्थायी ब्यारेक बनाई उच्च सतर्कताका साथ काम भइरहेको गाउँपालिकाले जानकारी दिएको छ । जिल्लाको दुर्गम गाउँपालिकामध्ये बारेकोट पनि एक हो । रासस

उपल्लो डोल्पामा तत्काल खाद्यान्न ढुवानी गर्न माग

डोल्पा : हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी गर्न माग गरिएको छ। जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हिउँदको समयमा हुन सक्ने खाद्यान्न संकटलाई मध्यनजर राख्दै उपल्लो डोल्पाका तीन स्थानीय तहमा कात्तिक महिनाभित्रै खाद्यान्न ढुवानीका लागि…

उपल्लो डोल्पामा तत्काल खाद्यान्न ढुवानी गर्न माग

डाेल्पा – हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका पालिकामा तत्काल खाद्यान्न ढुवानी गर्न माग गरिएको छ । जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हिउँदका समयमा हुन सक्ने खाद्यान्न सङ्कटलाई ध्यानमा  राख्दै उपल्लो डोल्पाका तीन पालिकामा कात्तिकभित्रै खाद्यान्न ढुवानीका लागि माग गर्ने निर्णय गरेको ह...

उपल्लो डोल्पामा भोकमरी, तत्काल चामल पठाउन आपूर्ति मन्त्रीलाई चिठी

जाजरकोट : अघिल्लो वर्षको खाद्यान्न ढुवानी नहुँदा र यो आर्थिक वर्षको चामल कहिले पुग्ने ठेगान नभएपछि उपल्लो डोल्पाका तीन स्थानीय निकायले छिटो हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्न माग गरेका छन्।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई चिठी लेख्दै डोल्पो बुद्ध गाउँपालिकाले तत्काल हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्न आग्रह गरेको हो। ...

हुम्लामा बर्षादका लागि खाद्यान्न जोहो हुँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा हिमाली जिल्ला हुम्लाका लागि थप खाद्यान्न कोटा स्वीकृत गरिएकाे छ । जिल्ला खाद्य व्यवस्थापन समितिको निर्णय भई माग भएबमोजिम कोटा स्वीकृत नभएपनि दुई हजार क्विन्टल खाद्यान्न थप हुने भएको हो । लिमिटेडको सञ्चालन समितिबाट हुम्ला जिल्लाका लागि दुई हजार क्विन्टल खाद्यान्न स्वीकृत भएको हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले बताउनुभयो । माग बढी भएपनि हाललाई दुई हजार क्विन्टल कोटा खाद्यान्न स्वीकृत भएकोले र सो खाद्यान्न सुर्खेत र नेपालगञ्जबाट ढुवानी पनि शुरु भएको उहाँले बताउनुभयो । तारा, सीता र समिति एयरका जहाजहरूले थप कोटाको खाद्यान्न ढुवानी शुरु गरेका छन् ।

हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग | Nagarik News - Nepal Republic Media

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सरकारसँग माग गरेका छन्।