हिमपातले भोटखोला जाने सडक अवरुद्ध, हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्न माग

संखुवासभा : संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जाने सडक हिमपातले अवरुद्ध भएको छ। हिमपातका कारण माघ १९ गतेदेखि भोटखोला जाने सडक अवरुद्ध भएको भोटखोला गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए।प्रशासकीय अधिकृत भोटेका अनुसार हिमपातले सडक अवरुद्ध भएपछि भोटखोलाको किमाथांका, रिदाक, छुम्सुर, थुदामलगायत गाउँमा खाद्यान्न संकट भएको छ। ४ फिटसम्म हिउँ परेकाले सडक अवरुद्ध भएको छ। भोटखोला–१ को किमाथांकामा १ सय १६ घ

सम्बन्धित सामग्री

चुरे भेगका अधिकांश सडक अवरुद्ध

सर्लाहीको उत्तरी चुरे क्षेत्रका बस्तीमा जाने खोलाको बाटो लामो समयदेखि अवरुद्ध भएका छन्। बाढी आएर खोलाको बाटो बिग्रँदा चुरेवासीलाई बजारबाट खाद्यान्न लैजान समस्या भएको हो। खोलाको बगर हुँदै चुरे बस्तीमा जाने सवारीसाधन बन्द भएका छन्। जिल्लाकै अति दुर्गम क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायण खोला र वडा नम्बर १२ भालु खोप गाउँका स्थानीयले वर्षौंदेखि वर्षायाममा सास्ती खेप्दै आएका छन् । वर्षायाममा नदीमा निरन्तरजसो आउने बाढीले यहाँका नागरिक जोखिम मोलेर ट्याक्टरमार्फत खाद्यान्न ढुवानी गर्न बाध्य हुने गर्छन्। लालबन्दी बजारबाट खाद्यान्न बोकेर जाने ट्याक्टर लखन्देही र बाहुनी खोलामा पटक–पटक फस्ने र दुर्घटनामा पर्ने गरेको वडा नम्बर–१४ का वडाध्यक्ष छेनामसिंह घिसिङले बताउनुभयो।

भोटखोलामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्न माग

दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जाने सडक हिमपातले अवरुद्ध पारेपछि स्थानीयले हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । हिमपातका कारण माघ १९ गतेदेखि भोटखोला जाने सडक अवरुद्ध भएकाले उनीहरूले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग गरेका हुन् ।

खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि पुगेन खाद्यान्न

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि खाद्यान्न पुग्न सकेको छैन । सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारस्थित विक्री केन्द्रमा विगत एक वर्षदेखि खाद्यान्न ढुवानी हुन नसक्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका चामल पुग्न नसकेको हो । यसपालि वर्षमा एक पटक मात्र फल्ने उवा बाली पनि राम्रो उत्पादन नभएकाले खार्पुनाथमा खाद्यान्न समस्या हुने देखिएको स्थानीयवासी बताउँछन् । स्थानीय उत्पादन कम हुनु, खाद्यान्न आयात नहुनु र लिमिटेडको खाद्यान्न पनि ढुवानी हुन नसक्दा खार्पुनाथमा खाद्यान्नको चर्को समस्या देखिएको वडा नं २ थालीका स्थानीयवासी लामा रावलले बताए । ‘वडा नं २ थालीमा ३०० घरपरिवार छन्, उनीहरूसहित अन्य वडाका स्थानीयवासीले पनि वर्ष दिन खाद्यान्न पाएका छैनन् ।’ खार्पुनाथको याङ्चु बजारस्थित विक्री केन्द्रमा यहाँका लागि आवश्यक पर्ने ५०० क्विन्टल चामल अहिलेसम्म ढुवानी हुन सकेको छैन । गाउँपालिकाले समेत खाद्यान्न ढुवानीका लागि कुनै पहल नगरेको स्थानीयको गुनासो छ । हुम्लाका अधिकांश डिपो र विक्रीकेन्द्रमा ढुवानीको जिम्मा लिएका ठेकेदारको लापरबाहीका कारण स्थानीयवासीले पाउनुपर्ने खाद्यान्न पाउन नसकेका हुन् । यस्तै जिल्लाको दक्षिणी भेगका सर्केगाड डिपो, छप्रेला, श्रीनगरलगायतका विक्री केन्द्र तथा डिपोमा यतिबेला खाद्यान्न अभाव भएको छ । विकट जिल्लाका लागि खाद्यान्न ढुवानी गर्ने जिम्मा लिएका ठेकेदारले समयमै ढुवानी नगर्दा दक्षिण भेगमा खाद्यान्नको थप संकट हुने देखिएको छ । खार्पुनाथ गाउँपालिकाबाट दक्षिण भेगमा रहेका विक्री केन्द्र तथा डिपोका लागि पैदलमार्ग भएर खाद्यान्न ढुवानी हुँदै आएको छ । पुस, माघमा हुम्लासहित कर्णालीका उच्च हिमाली जिल्लामा अत्यधिक हिमपात हुने गर्दछ । त्यसपछि सडक अवरुद्ध भएपछि ढुवानी हुने खाद्यान्न रोकिने गर्दछ । ठेकेदारको लापरबाही र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोटको बेवास्ताका कारण यहाँका नागरिकले खाद्यान्न अभाव झेल्दै आउनुपरेको छ । रासस

ग्रामीण सडक खुलेनन्, खच्चरमार्फत खाद्यान्न ढुवानी

विनोदसिंह विष्ट, बैतडी ।  दशैंमा समेत अवरुद्ध रहेका बैतडीका ग्रामीण सडक पुनः अवरुद्ध भएका छन् । वर्षात्को समयदेखि बन्द रहेका ग्रामीण सडक दशैंमा पनि खुलेका थिएनन् । वर्षाका कारण गत हप्तादेखि फेरी यहाँका अधिकांश ग्रामीण कच्ची सडक अवरुद्ध भएका हुन् । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको अविरल वर्षाका कारण यहाँका ग्रामीण सडक अवरुद्ध […]

दार्चुलाको केही स्थानमा हेलिकप्टरबाट खाद्यान्न पठाइँदै

धनगढी – खाद्य अभाव भएपछि दार्चुलाको दुहुँ गाउँपालिका –२ र ५ तथा दार्चुलाकै व्यास गाउँपालिका–२ मा हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्न थालिएको छ । भदौ १३ गते आएको बाढी र पहिरोका कारण दार्चुलाको व्यनस जोड्ने सडक अवरुद्ध बनेपछि उक्त स्थानमा खाद्यान्न ढुवानी हुन सकेको थिएन । जसका कारण गाउँपालिकाको वडा नम्बर–२ र ५ मा खाद्यान्न […]

वर्षायाम कटाउन ९ हजार क्विन्टल चामल माग गर्दै बारेकोट गाउँपालिका

असार १०, जाजरकोट । वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ ।  बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महीना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । गाउँपालिकाले घाटस्थित डिपोमा पाँच हजार क्विन्टल र काउली डिपोमा चार हजार क्विन्टल चामल सहुलियतको चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटलाई आग्रह गरिएको अध्यक्ष शाहले बताए ।  बारेकोटमा अघिल्लो वर्ष गएको बाढी र पहिरोले व्यापक क्षति भएपछि यहाँका सर्वसाधारण समस्यामा पर्दै आएका छन् । खेतीयोग्य जमीनमा व्यापक क्षति हुँदा यो वर्ष उत्पादनमा समेत गिरावट आएको थियो ।  बारेकोट–४ का ७३ घरधुरी यो वर्षामा पनि अघिल्लो वर्ष वितरण गरिएका पाल टाँगेर सुरक्षित ठाउँमा बसिरहेका छन् । मकै लगाएको खेतबारीमा बाढीपहिरोले भारी क्षति गर्दा खाद्यान्न संकट परेको बारेकोट–५ का जनकबहादुर शाहीले बताए । यो वर्ष मात्र सडक सञ्जालमा जोडिएको बारेकोटमा वर्षायाममा पहिरो जाँदा तथा खोलामा पानी बढ्दा अवरुद्ध हुने गर्दछ । कच्ची कटान र कमजोर माटोको कारण बारेकोटको सडक सजिलै अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध हुनुअगावै बारेकोटमा खाद्यान्न ढुवानी कार्य पूरा गर्न गाउँपालिकाले आग्रह गरेको हो ।  त्यस्तै, अघिल्लो वर्ष छियाछिया भएको जमीन यो पटकको वर्षामा पनि जोखिम कायम रहेकाले सर्वसाधारणलाई सुरक्षित ठाउँमा बस्न गाउँपालिकाले आग्रह गरेको छ । बाढी  र पहिरोबाट हुनसक्ने क्षतिको उद्धारका लागि गाउँपालिकाले वीरेन्द्र हिमालय माध्यमिक विद्यालय लिम्सामा अस्थायी ब्यारेक निर्माण गरी २० जना सशस्त्र प्रहरी बलको उद्धार टोलीलाई राख्न पहल शुरु गरेको बताएको छ । जनताको जिउधनको सुरक्षाका साथै उद्धार तथा राहत वितरणमा सहजता ल्याउन अस्थायी ब्यारेक बनाई उच्च सतर्कताका साथ काम भइरहेको गाउँपालिकाले जानकारी दिएको छ । जिल्लाको दुर्गम गाउँपालिकामध्ये बारेकोट पनि एक हो । रासस

जोखिम क्षेत्रको सडक स्तरोन्नति गरिँदै

इलामसहित पाँचथरको सडकमा गएको वर्षामा पहिरोका कारण पटक÷पटक अवरुद्ध भएको मेची राजमार्ग मर्मतले दुर्घटना न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । गएको वर्षा याममा पा“चथरस्थित फाल्गुनन्द गाउ“पालिकामा रहेको पाङ्ग्रेभीरमा पहिरो जाँदा लामो समयसम्म सडक अवरुद्ध भयो । यसले गर्दा खाद्यान्न ढुवानी र एम्बुलेन्सलाई समस्या भएको थियो । उक्त समस्यालाई स्थायी समाधान गर्ने गरी प्रयास सुरु भएको छ । पहिरो झरेको क्षेत्रमा सडकलाई चौडा पार्दै मजवुत बनाउने काम सुरु भएको हो । वैकल्पिक सडक नहुँदा बाक्लैगरि सवारी साधन गुड्ने यो क्षेत्रमा काम गर्न भने कठिनाई भएको छ ।