वर्षायाम कटाउन ९ हजार क्विन्टल चामल माग गर्दै बारेकोट गाउँपालिका

असार १०, जाजरकोट । वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ ।  बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महीना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । गाउँपालिकाले घाटस्थित डिपोमा पाँच हजार क्विन्टल र काउली डिपोमा चार हजार क्विन्टल चामल सहुलियतको चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटलाई आग्रह गरिएको अध्यक्ष शाहले बताए ।  बारेकोटमा अघिल्लो वर्ष गएको बाढी र पहिरोले व्यापक क्षति भएपछि यहाँका सर्वसाधारण समस्यामा पर्दै आएका छन् । खेतीयोग्य जमीनमा व्यापक क्षति हुँदा यो वर्ष उत्पादनमा समेत गिरावट आएको थियो ।  बारेकोट–४ का ७३ घरधुरी यो वर्षामा पनि अघिल्लो वर्ष वितरण गरिएका पाल टाँगेर सुरक्षित ठाउँमा बसिरहेका छन् । मकै लगाएको खेतबारीमा बाढीपहिरोले भारी क्षति गर्दा खाद्यान्न संकट परेको बारेकोट–५ का जनकबहादुर शाहीले बताए । यो वर्ष मात्र सडक सञ्जालमा जोडिएको बारेकोटमा वर्षायाममा पहिरो जाँदा तथा खोलामा पानी बढ्दा अवरुद्ध हुने गर्दछ । कच्ची कटान र कमजोर माटोको कारण बारेकोटको सडक सजिलै अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध हुनुअगावै बारेकोटमा खाद्यान्न ढुवानी कार्य पूरा गर्न गाउँपालिकाले आग्रह गरेको हो ।  त्यस्तै, अघिल्लो वर्ष छियाछिया भएको जमीन यो पटकको वर्षामा पनि जोखिम कायम रहेकाले सर्वसाधारणलाई सुरक्षित ठाउँमा बस्न गाउँपालिकाले आग्रह गरेको छ । बाढी  र पहिरोबाट हुनसक्ने क्षतिको उद्धारका लागि गाउँपालिकाले वीरेन्द्र हिमालय माध्यमिक विद्यालय लिम्सामा अस्थायी ब्यारेक निर्माण गरी २० जना सशस्त्र प्रहरी बलको उद्धार टोलीलाई राख्न पहल शुरु गरेको बताएको छ । जनताको जिउधनको सुरक्षाका साथै उद्धार तथा राहत वितरणमा सहजता ल्याउन अस्थायी ब्यारेक बनाई उच्च सतर्कताका साथ काम भइरहेको गाउँपालिकाले जानकारी दिएको छ । जिल्लाको दुर्गम गाउँपालिकामध्ये बारेकोट पनि एक हो । रासस

सम्बन्धित सामग्री

भूकम्पको केन्द्रबिन्दुमा राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेल गत शुक्रबार राति गएको भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिका-१ को रामीडाँडा पुगेका छन्।...

जाजरकोटमा सोमबार बेलुका गएको भुकम्पमा परी २५ जना घाइते

जाजरकोटको बारेकोट गाउँपालिका १ को रामीडाँडामा सोमबार बेलुका गएको भुकम्पमा परी २५ जना घाइते भएका छन्र।...

दहमा जडीबुटी संकलन केन्द्र स्थापना

जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा संकलन केन्द्र निर्माण गरिएको छ।...

जाजरकोटको बारेकोट गाउँपालिका–५ सिनचौरमा रहेको कालिका आधारभूत विद्यालयको भवन ।

जाजरकोटको बारेकोट गाउँपालिका–५ सिनचौरमा रहेको कालिका आधारभूत विद्यालयको भवन । स्थापनाको २२ वर्षसम्म भवन नहुँदा विद्यार्थीले समस्या भोग्दै आएका छन् । विद्यार्थीहरू ठाउँ अभावमा खुल्ला चौरमा बसेर पढ्न बाध्य छन् । तस्बिर : हेमन्त केसी

जाजरकोटमा चट्याङ पर्दा १० जना घाईते

जाजरकोटको बारेकोट गाउँपालिका –१ धौलकोटमा चट्याङ पर्दा १० जना घाईते भएका छन्।

मामाघर जाने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु

बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ।

जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्षमा एमालेबाट वीरबहादुर उम्मेदवार

नेकपा एमालेले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्षमा वीरबहादुर गिरीलाई उम्मेदवार बनाउने भएको छ । सोमबार पार्टीको गाउँ कमिटी बैठकले गिरीलाई गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाले निकट प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका गिरी लामो समयदेखि शिक्षण पेशामा समेत सक्रिय थिए । उनी एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशनबाट नेकपा एमालेको जिल्ला सचिवमा विजयी भएका थिए ।२०७४ सालको स्थानीय तह निर्वाचनमा यो गाउँपालिकाबाट काँग्रेसले अध्यक्षमा र माओवादी केन्द्रले उपाध्यक्षमा

रेडपाण्डाको छालासहित युवक पक्राउ

प्रतिबन्धित् हाब्रे (रेडपाण्डा) को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।

जाजरकोटमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ४ घाइते

बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग १ ज ४९५५ नंको जिप लैखममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने चारजना घाइते भएका छन् ।बारेकोट गाउँपालिका–८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटनास्थलमै मृत्यु भएको छ । घाइतेहरूमा बारेकोट गाउँपालिका–८ की २५ वर्षीया समीक्षा सिंह, २३ वर्षीय दीपक खत्री, २६ वर्षीय बलबहादुर खत्री र नलगाड नगरपालिका–५ का १८ वर्षीय मिलन शाही घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि स्वास्थ्य संस्था दल्ली ल्याइएको प्रहरी

सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

जाजरकोट – बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग१ज ४९५५ नम्बरको जिप लैखममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने चार जना घाइते भएका छन्। बारेकोट गाउँपालिका–८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटनास्थलमै मृत्यु भएको छ। घाइते हुनेमा बारेकोट गाउँपालिका–८ की २५ वर्षीया समीक्षा सिंह, २३ वर्षीय दीपक खत्री, २६ वर्षीय […]