खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा हिमाली जिल्ला हुम्लाका लागि थप खाद्यान्न कोटा स्वीकृत गरिएकाे छ । जिल्ला खाद्य व्यवस्थापन समितिको निर्णय भई माग भएबमोजिम कोटा स्वीकृत नभएपनि दुई हजार क्विन्टल खाद्यान्न थप हुने भएको हो ।
लिमिटेडको सञ्चालन समितिबाट हुम्ला जिल्लाका लागि दुई हजार क्विन्टल खाद्यान्न स्वीकृत भएको हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले बताउनुभयो । माग बढी भएपनि हाललाई दुई हजार क्विन्टल कोटा खाद्यान्न स्वीकृत भएकोले र सो खाद्यान्न सुर्खेत र नेपालगञ्जबाट ढुवानी पनि शुरु भएको उहाँले बताउनुभयो । तारा, सीता र समिति एयरका जहाजहरूले थप कोटाको खाद्यान्न ढुवानी शुरु गरेका छन् ।