दुर्गममा खाद्यान्न ढुवानी : दशैँ अगावै चामल पठाउने तयारी

असोज १२, सुर्खेत । चाडपर्व नजिकिएसँगै पहाडी तथा हिमाली जिल्लाहरुमा खाद्यान्नको माग बढ्दै गइरहेको छ । हिमाली जिल्लाहरुमा मानसरोवार जाने पर्यटक आउनुका साथै चाडपर्व नजिकिएकाले आम नागरिकले खाद्यान्न मौज्दात गर्न थालेपछि चामलको माग बढ्दै गएको हो ।  माथिल्लो डोल्पा बाहेक कर्णालीका सबै खाद्य डिपोमा पर्याप्त चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले बताएको छ । मुगु लगायत कतिपय जिल्लाहरुमा स्थल मार्गबाट चामल ढुवानी भइरहेकाले संकटको अवस्था नरहेको कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्राले बताए ।  उनले माथिल्लो डोल्पामा सडकको असहजतासँगै स्थानीय तहले कर्णाली प्रदेश सरकारको अनुदानमा चामल वितरण गरेकाले अनुकूल मौसम पर्खदै हाल खाद्यान्न ढुवानीलाई तीव्रता दिन लागिएको जनाए ।  उनका अनुसार दशैँ अगावै खाद्यान्नको माग भएका स्थानमा चामल ढुवानी हुने पक्का भएको छ । ‘माथिल्लो डोल्पाका लागि नमूना ढुवानी सेवा मार्फत सुर्खेत र नेपालगञ्जबाट चामल ढुवानी तयारी शुरु गरिसकेका छौं,’ उनले भने, ‘जाजरकोट जिल्लाका केही स्थानमा समेत चामलको माग आएकाले दशैँ अगाबै मागलाई सम्बोधन गर्न हामी सक्षम छौं ।’ उनले मुगु र डोल्पामा खाद्यान्न अभाव भन्ने मिडियामा आएजस्तो जिल्लाभरी नभई केही स्थानमा चामलको माग भएकाले स्थल र हवाई मार्गमार्फत चामल ढुवानी तीव्र पारिएको बताए ।  उनका अनुसार कम्पनीको सुर्खेत गोदामबाट सोमवार मुगुका लागि स्थल मार्गबाट खड्का निर्माण सेवाले १७० मेट्रिक टन चामल पुर्‍याएको छ । सुर्खेत स्थित कम्पनीको गोदाममा अहिलेपनि पहाडी तथा हिमाली जिल्लामा पठाउनका लागि २२ हजार क्विन्टल चामल मौज्दात रहेको सुर्खेत प्रादेशिक कार्यालयका लेखापाल विनोद पौडेलले बताए ।  उनले हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा चामल पठाउने तयारी पुरा भएको जनाए । अहिले यी जिल्लाहरुमा चामलको माग अत्यधिक छ ।  निजी क्षेत्रभन्दा सरकारी चामल सस्तो हुने हुँदा यी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढ्दै गएको हो । ‘पहाडी जिल्लामा चामलको माग अत्यधिक हुन्छ,’ उनले भने, ‘हामी जति सक्दो छिटो चामल पठाउने तयारी गरेका छौं ।’ अति आवश्यक परेमा सुर्खेतसँगै नेपालगञ्जबाट समेत चामल पठाउने गरेको भएपनि जनशक्ति अभाव हुँदा पहाडी जिल्लाका केही दुर्गम डिपोमा चामल वितरणमा असहजता हुने गरेको उनले जनाए ।  यसका वावजुद पनि दशैँ अगावै नागरिकलाई सस्तोमा चामल उपलब्ध गराउने गरेर काम भइरहेको उनको भनाइ छ । सुर्खेत र नेपालगञ्जबाट पहाडी जिल्लाका २१ स्थानमा चामल ढुवानी हुन्छ । ति जिल्लाबाट यो भन्दा बढी चामलको माग आए पनि केन्द्रको अनुमति लिएर पठाउने गरिएको उनले जानकारी दिए । कम्पनीको सुर्खेत गोदाममा अरुवा मोटा चामल, अरुवा मध्यम र स्टीम जिरा मसिनो चामल पाइन्छ ।  भित्री मधेशभन्दा पहाडी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढी छ । चामल ढुवानीमा ढिलाइ हुँदा पहाडी तथा हिमाली जिल्लाका सर्वसाधारणलाई प्रायः चाडपर्व एवम् वर्षातमा अहिलेपनि खाद्य संकटको सामना गर्नुपर्ने बाध्यता कायमै रहेको छ । 

सम्बन्धित सामग्री

छाङरु र तिंकरमा दसैंका लागि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी हुने

दार्चुला । व्यास गाउँपालिका–१ को छाङरु र तिंकर गाउँमा दसैंका लागि हेलिकोप्टरमार्फत ४ सय क्वीन्टल चामलसहित खाद्यान्न ढुवानी हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तिंकरमा १ सय ६० र छाङरुमा २ सय ४० क्वीन्टल चामल ढुवानीका लागि बोलपत्र आह्वान गरेको छ ।खाद्य व्यवस्था शाखा कार्यालय दार्चुलादेखि तिंकर र छाङरुसम्म हेलिकोप्टरबाट खाद्यवस्तु ढुवानीका […] The post छाङरु र तिंकरमा दसैंका लागि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एक वर्षपछि हुम्लाको लिमिमा खाद्यान्न ढुवानी

हिमालपारीको गाउँका रुपमा चिनिने हुम्लाको नाम्खा गाउँपालिका–६ लिमिमा एक वर्षपछि खाद्यन्न ढुवानी हुन सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले अनुदानको चामल एक वर्षपछि ढुवानी गर्न थालेको हो  ।खाद्यान्न प्रयाप्त ढुवानी नभएको र हिमपातका कारण चामल ढुवानी हुन एक वर्षको समय कुर्नुपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका नवीनप्रसाद आचार्यले जानकारी दिए । हिउँदको समयमा नाम्खा आवतजावत गर्ने सडक खण्ड अवरुद्ध भएका कारण खाद्यान्न ढुवानीमा समस्या हुने गरे

साइपालमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी

बझाङ : लगातार भएको हिमपातका कारण खाद्यान्न अभाव भएपछि बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टर मार्फत चामल ढुवानी गरिएको छ। नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट आइतवार हेलिकोप्टरबाट चामल साइपाल पुर्‍याइएको हो।हेलिकोप्टरले तीन पटक गरी ६१ क्विन्टल २० केजी चामल साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना र बलौडी गाउँमा पुर्‍याएको हो। उक्त चामल प्रतिकिलो ५० रुपैयाँमा सर्वसाधरणले पाउने बताइएको छ। यो वर्ष साइपाल गाउँपालिकामा तीन हजार क्विन्टल च

चार महिनासम्म उत्तरी गोरखामा खाद्यान्न ढुवानी भएन

उत्तरी गोरखामा चालू आर्थिक वर्षको चार महिना सकिँदासमेत खाद्यान्न ढुवानी हुन सकेको छैन । पटक–पटक टेन्डर आह्वान भए पनि चामल ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले...

उत्तरी गोरखामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी

१३ असोज, गोरखा । उत्तरी गोरखामा चामल अभाव हुन नदिन हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट चुम्चेत र छेकम्पारमा चामल ढुवानी गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले जनाएको छ । ‘हिजो चुम्चेतमा करिव ३५ क्वीन्टल (१ सय १४ बोरा) चामल ढुवानी गर्‍यौं’ कार्यालयका सूचना अधिकारी शिव सुनारले भने, ‘आज छेकम्पारमा करिव […]

कर्णालीमा साढे १० हजार क्वीन्टल खाद्यान्न ढुवानी

वीरेन्द्रनगर (अस) । कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको समयमा पनि कर्णालीमा खाद्यान्न ढुवानी सहज रूपमा भइरहेको छ । प्रदेशका ६ जिल्लामा खाद्यान्न ढुवानी भइरहेको सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बताएको छ । कर्णालीका विभिन्न जिल्लामा साढे १० हजार क्वीण्टल खाद्यान्न ढुवानी भएको कम्पनीले बताएको छ । वैशाख १४ गतेदेखि प्रदेशका सबैजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । यो अवधिमा पनि खाद्यान्न ढुवानी भने सहज रूपमा भइरहेको कम्पनीका प्रबन्धक माधव मिश्रले बताए । उनका अनुसार निषेधाज्ञा लागू भएदेखि विभिन्न जिल्लामा कुल १० हजार ६४६ क्वीन्टल ८५ केजी खाद्यान्न ढुवानी भएको छ । सो अवधिमा हुम्लामा सबैभन्दा धेरै ६ हजार ५९४ क्वीण्टल ५५ केजी चामल ढुवानी भएको छ । यस्तै डोल्पामा १ हजार ४५४ क्वीन्टल ९० केजी, मुगुमा १ हजार ६१७ क्वीन्टल ४० केजी, जुम्लामा २७० क्वीन्टल तथा कालीकोट र दैलेखमा १८० क्वीण्टलका दरले खाद्यान्न ढुवानी भएको हो । बाजुरास्थित कोल्टी डिपोमा पनि ३८० क्वीण्टल खाद्यान्न ढुवानी गरिएको कम्पनीले बताएको छ । निषेधाज्ञा अवधिमा ७ करोड २६ लाख १ हजार ४४ रुपैयाँ बराबरको खाद्यान्न ढुवानी भएको कम्पनीले जानकारी दिएको छ ।