मुख्यमन्त्री राईको खातामा ८६ लाख नगद, कानून मन्त्रीको बजारभरी घडेरी

माघ ६, विराटनगर । प्रदेश  नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई दम्पत्तीको बैंक खातामा ८६ लाखभन्दा बढी नगद रहेको खुलेको छ । मुख्मयन्त्री राईले पेश गरेको सम्पत्ती विवरणमा उक्त बराबरको नगद रहेको उल्लेख गरेका छन् । यद्यपि मन्त्रीहरूले पेश गरेकोभन्दा सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्रीकै देखिएको छ । मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका–११ मा बाबुबाट प्राप्त गरेको पाँच आना जग्गा रहेको विवरण पेश गरेका छन् । त्यस्तै श्रीमती शोभा पाठकको नाममा ६७ लाख ७० हजार रुपैयाँ र आफ्नो नाममा दुई ओटा बैंकको खातामा १९ लाख रुपैयाँ रहेको सम्पति विवरणमा उल्लेख छ । राईले दुवै बैंकको रकम तलब भत्ताबाट आम्दानी भएको र श्रीमतीको खातामा भएको रकमको स्रोत स्कुलको स्वामित्व विक्री र माइती पक्षबाट पाएको उल्लेख गरेका छन् । मुख्यमन्त्री राईसँग १० तोला सुन र एउटा मोटरसाइकल रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । केदार कार्कीको बजारभरी घडेरी यस्तै प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको भने मोरङका विभिन्न ठाउँमा ११ ओटा घडेरी देखिएको छ । बुढीगंगा गाउँपालिका–२ स्थायी घर भएका कार्कीले विराटनगरको मुख्य बजारको सात ठाउँमा जग्गा जोडेका छन् । तर ती घडेरी उनको नभई पत्नी शान्तादेवी बस्नेतको नाममा छ । विराटनगर महानगरपालिका–७ को मुख्य बजार क्षेत्रमा ६ ओटा घडेरी र विराटनगर–९ बखरीमा एक विघा २ कट्ठा दुई धुर जग्गा मन्त्री कार्कीकी पत्नी बस्नेतको नाममा छ । बुढीगंगा गाउँपालिका–२ मा घर भएको जग्गाबाहेक ८ धुर, ११ धुर गरी दुई कित्ता र बुढीगंगा गाउँपालिका–८ मा तीन कट्ठा जग्गा छ । कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् भने उनकी पत्नी कृषि विकास बैंकको जागिरे हुन् । बुढीगंगाको घर जग्गालाई पैत्रिक रहेको विवरण पेस गरेका कार्कीले बुढीगंगाको घडेरी जागिर, बोनस र ऋण गरेर किनेको उल्लेख गरेका छन् । विराटनगरको सात ओटा ठाउँको जग्गा भने घडेरी र जमिन बिक्रीबाट खरिद गरेको उल्लेख गरेका छन् । उनको सम्पत्ति विवरणमा २५ तोला सुन र ८० तोला चाँदीका साथै परिवारका सदस्यको ३६ ओटा कम्पनीमा शेयर रहेको पनि उल्लेख छ । कार्कीको बैंकमा वचत एक लाख रुपैयाँ छ भने श्रीमतीको कृषि बिकास बैंकमा रहेको खातामा २३ लाख ८ हजार र एभरेष्ट बैंकमा ८२ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । छोरा शाकेतबाबु कार्कीको नाममा १ लाख १२ हजार र शाब्दिकबाबु कार्कीको नाममा ३ लाख ४७ हजार रुपैयाँ छ । आर्थिक मामिलामन्त्री आङ्बोले बढाए ४२ लाख ऋण आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले पसल, जलविद्युत आयोजना र बङ्गुर फर्ममा लगानी गरेको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनले आफूसँग २ करोड ९० लाख रुपैयाँ ऋण रहेको पनि जनाएका छन् । दोस्रो पटक आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बोले गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४२ लाख ऋण बढेको उल्लेख गरेका छन् । आङ्बोको श्रीमती कुमारी लावतीको नाममा पालुङ खोला हाइड्रोमा १० प्रतिशत सेयर छ । मिक्लाजुङमा दुई विघा क्षेत्रमा बङ्गुर फर्म चलाएका उनले २५० ओटा बङ्गुर र ३० लाख लगानीमा फेन्सी कपडा पसल खोलेको विवरण भरेका छन् । आङ्बोको दाजुको नाममा फिदिममा १० रोपनी, झापामा श्रीमती कुमारी लावतीको नाममा चार कट्ठा जग्गा र घर रहेको उल्लेख गरेका छन् । फिदिममा बुबा नरेन्द्रप्रसाद आङ्बोको नाममा ५० रोपनी रहेको विवरण पेश गरेका मन्त्री आङ्बोसँग १० तोला सुन र २० तोला चाँदी पनि छ । आङ्बोले नेपाल इन्भेष्टमेन्ट बैंकमा २ करोड ३५ लाख र एनएमबी बैंकमा ५५ लाख ऋण रहेको उल्लेख गरेका छन् । गत आर्थिक वर्ष आङ्बोले पेश गरेको सम्पती विवरणमा २ करोड ४८ लाख ऋण रहेको उल्लेख गरेका थिए । मन्त्री हिमाल कार्कीको साढे ९ बीघा जग्गा, ४० लाख बचत भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले करीब साढे ९ बीघा जग्गा रहेको विवरण पेश गरेका छन् । कृषि विकास बैंकमा मन्त्री कार्कीको नाममा रहेको खातामा ४० लाख रुपैयाँ बचत छ । उनको नाममा उदयपुरको त्रियुगा नगरपालिका– २, ७ र ८ का पाँच स्थानमा गरी ९ बीघा ८ कट्ठा जग्गा छ । जग्गाको स्रोत पैतृक सम्पत्ति उल्लेख गरेका कार्कीले बचत रकम तलब भत्ताबाट प्राप्त भएको उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन, ३० तोला चाँदी, दुई ओटा भैंसी, कुखुराको फर्म र ३ ओटा माछा पोखरी पनि छ । जयरामको काठमाडौंमा घर सामाजिक विकास मन्त्री जयराम यादवले काठमाडौंमा घर रहेको विवरण पेश गरेका छन् । काठमाडौंको घरबाहेक मोरङ र काठमाडौंंको ८ स्थानमा जग्गा रहेको उल्लेख गरेका छन् । यादवको काठमाडौं महानगरपालिका–३५ मा घर छ । २०६९ सालमा घर खरिद गरेको विवरण पेस गरेका मन्त्री यादवको विराटनगरमा पैतृक सम्पत्ति र घर छ । काठमाडौंको जितपुरमा घडेरी र मोरङको विभिन्न सात स्थानमा जग्गा रहेको विवरण पेस गरेका मन्त्री यादवसँग ५१ तोला सुन र ३ किलोग्राम चाँदी पनि छ । यादवको परिवारसँग साढे १६ लाख रुपैयाँ बचत छ । उनले सप्तकोसी पोल्टी फर्ममा २५ लाख शेयर लगानी गरेका छन् । इटहरीको कन्चनजंगा बोडिङ स्कुलमा यादवको २१ लाख रुपैयाँ लगानी छ । त्यसबाहेक विभिन्न ८ ओटा कम्पनीको शेयर किनेका छन् । ४५ लाख रुपैयाँ ऋण लिएको विवरण पेस गरेका यादवले गाईभैंसी, पाडापाडी, बाच्छाबाच्छी, बाख्रा, घरायसी फर्निचर, इलेक्ट्रोनिक्स सामाग्री र बोट विरुवा पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । तुम्बाहाङ्फेको १० धुर घडेरी सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फेको नाममा इटहरीमा १२ धुर घडेरी छ । घडेरीको स्रोत श्रीमानले अमेरिकामा गरेको कमाइ उल्लेख गरेकी तुम्बाहाम्फेले १२ तोल सुन र सात लाख रुपैयाँ बचत रहेको विवरण पेश गरेकी छन् ।

सम्बन्धित सामग्री

सरकारका खातामा १८७ अर्ब मौज्दात

२६ पुस, काठमाडौं । नेपाल सरकारको नाममा रहेका बैंक खातामा १ खर्ब ८७ अर्ब ८६ करोड रुपैयाँ मौज्दात रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारका खातामा सो बराबरको मौज्दात रहेको नेपाल राष्ट्र बैंकको आंकडामा उल्लेख छ । २०८० असार मसान्तमा ७१ अर्ब ९८ करोड रुपैयाँमा झरेको मौज्दात ५ महिनामा बढेर झण्डै २ खर्ब हाराहारी […]

जब मेयरको खातामा ५० हजार जम्मा भएको एसएमएस आयो …

११ पुस, काठमाडौं । धनुषाको सबैला नगरपालिकाका मेयर कारीराम यादवले एक विद्यालयबाट आफ्नो खातामा ५० हजार रुपैयाँ आएपछि प्रहरीमा उजुरी दिएका छन् । आफूलाई बदनाम गर्ने नियतले खातामा पैसा हालेको भन्दै उनले वडा नं. १२ स्थित रहेको फकिरचन्द गामी माध्यमिक विद्यालय, बरकुर्वाका लेखापाल देवकुमार यादव र बैंक खाता नम्बर उपलब्ध गराउने बैंकका कर्मचारी विरुद्ध प्रहरीमा […]

अनधिकृत रुपमा खातामा पहुँच पुर्याएर लाखौँ रकमान्तर

बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गरेका छन् । उनले अहिलेसम्म रु ११ लाख १२ हजार आठ सय रकमान्तर गरी ठगी गरेको पाइएको छ । मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्याई रकम आफ्नो खातामा ट्रान्सफर गरी …

सरकारको खातामा पैसा कति छ ?

काठमाडौं, ४ वैशाख। नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रहेका विभिन्न खातामा १ खर्ब ९० अर्ब ६३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार संघ, प्रदेश र स्थानीय सरकारको खातामा उक्त रकम रहेको हो। २०७९फागुन मसान्तसम्म सरकारको खातामा सो रकम रहेको राष्ट्र बैंकले जनाएको छ। २०७९असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो।

नेपाल बैंकले ल्यायो मुद्दती खातामा आकर्षक प्याकेज

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले मुद्दती खातामा आकर्षक प्याकेज ल्याएको छ । बैंकले हालै मात्र डबल धमाका मुद्दती खातामा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरेको छ । ती खाताहरुलाई थप आकर्षित बनाएको समेत नेपाल बैंकले जनाएको छ । अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा […]

सरकारको खातामा ३ खर्ब मौज्दात

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) सकिँदासम्म सरकारको खातामा ३ खर्ब रुपैयाँ मौज्दात रहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अहिले सरकारका खातामा २ खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यो रकम प्रदेश र स्थानीय तहका सरकारको खातामा रहेको रकम समेत जोड्दा आएको हो । २०७९ […]

सामाजिक सुरक्षा भत्ता अब बैंक खातामा

सिमकोट – सिमकोट गाउँपालिकाले पहिलो पटक सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको भत्ता बैंक खातामा जम्मा गरेको छ। उक्त भत्ता बैंक खातामा जम्मा गर्नुपर्ने प्रावधानअनुसार गाउँपालिकाभरिका सबै सेवाग्राहीले बैंक खाता खोलेपछि बैंक खातामा जम्मा गरिएको हो। सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अघिकृत उजिर रोकायाका अनुसार ९८ प्रतिशत सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको बैंक खाता खोलेर रकम […]

रेमिटेन्स सहकारीको खातामा जम्मा हुने

विदेशमा रहेका नेपालीले अब आफू सदस्य रहेको सहकारीको खातामा सिधै रकम जम्मा गर्न पाउने भएका छन्।

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको निवृत्तिभरण अब सिधै बैंक खातामा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तिभरण रकम सीधै आफ्नो बैंक खातामा आउने भएको छ । महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्ने प्रणाली सुरु गरेको हो

समता लघुवित्तको २० प्रतिशत बोनस शेयरधनीको खातामा

काठमाडौं, २० बैशाख । समता घरेलु लघुवित्त संस्था लिमिटेडले २० प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा गरेको छ । पुस १४ गते भएको साधारण सभाबाट पारित भएको उक्त बोनस शेयरधनीको हितग्राही खातामा जम्मा गरेको सस्थाले जनाएको छ । यसको साथै सस्थाले पुससम्म अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको र त्यसपछि अभौतिकिकरण गराएका शेयरधनीहरुको क्रमशः […]