माथिल्लो मैलुङ खोलाको आईपीओ बिहीवारदेखि विक्री खुला

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ भोलि (बिहीवार) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ९ लाख ९० हजार ८०० कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिएको हो । स्थानीयका लागि छुट्याइएको १० लाख कित्ता आईपीओमध्ये ९ हजार २०० कित्ता आईपीओसमेत सर्वसाधारणमा थप भएको छ । त्यस्तै सामूहिक लगानीकोषका लागि ७५ हजार कित्ता र कम्पनीका कर्मचारीहरूमा ५ लाख कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको १२ लाख ८४ हजार २०० कित्ता आईपीओ भने सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । कम्पनीले पहिलो चरणमा साउन ४ देखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी भदौ १८ गते बाँडफाँट गरेको थियो । यस्तै स्थानीयमा साउन ४ गतेदेखि भदौ १७ गतेसम्म आईपीओ विक्री गरी असोज १ गते बाँडफाँट गरेको थियो ।  कम्पनीको आईपीओ खरीदका लागि सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । विक्री अवधि छिटोमा असोज २२ गतेसम्म र ढिलोमा कात्तिक २ गतेसम्म तोकिएको छ । सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ समेत छिटो अवधि असोज २२ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ ।

सम्बन्धित सामग्री

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र मागभन्दा बढी शेयर खरीद माग भएकाले १५ हजार जना आवेदकहरूलाई १० कित्ताका दरले भदौ १८ गते आईपीओ बाँडफाँट गरेको हो । आयोजना प्रभावित स्थानीयमा पनि कम्पनीले साउन ४ गतेदेखि भदौ १७ गतेसम्म आईपीओ विक्री गरिसकेको छ । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री खुला गरेको हो । प्रतिशेयर १०० अंकित मूल्यमा कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री गरेको हो । स्थानीयमा विक्री गरिएको कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ ।  त्यस्तै २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि र सो क्षेत्र बाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ । यस कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ ।

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ खरीदका लागि स्थानीयमा पुनः म्याद थप

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयमा पुनः म्याद थप भएको छ । स्थानीयमा छिटो अवधि साउन १८ गतेभित्र मागबमोजिम आवेदन नपरेपछि भदौ १ गतेसम्मको विक्री अवधि तय गरेको कम्पनीले पुनः म्याद थप गर्दै भदौ १७ गतेसम्मको अवधि तय गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री खुला गरेको हो । प्रतिशेयर १०० अंकित मूल्यमा कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री खुला गरेको हो । स्थानीयमा विक्री गरिने कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ । त्यस्तै २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीय बासिन्दारूका लागि र सो क्षेत्र बाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरेको हो । सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिसकिएको छ ।  आयोजना प्रभावित स्थानीयले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले आयोजनाको कार्यालय, सानिमा बैंकको बिदुर र किस्पाङ शाखा नुवाकोट, टिमुरे शाखा रसुवाबाट आवेदन दिन सक्नेछन् । साथै एनएमबि बैंकको धुन्चे रसुवा शाखा, ग्लोबल आइएमई बैंकको नौकुण्ड रसुवा शाखा, लुम्बिनी विकास बैंकको कालिकास्थान, रसुवा शाखा, कुमारी बैंकको आमाछोदिङमो, रसुवा शाखा, हिमालयन बैंकको बेत्रावती, रसुवा शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको स्याफ्रुबेशी, रसुवा शाखा र आइसिएफसी फाइनान्सको कालिकास्थान, रसुवा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  कम्पनीले यस आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नहोस्

कारोबारको दोस्रो दिन मैलुङ खोला जलविद्युतको शेयरमूल्य ४.०२ % ले बढ्यो

असोज ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य बुधवारको तुलनामा   ४ दशमलव ०२ प्रतिशत बढेको छ ।  कम्पनीको यो कारोबार दोस्रो बजारमा दोस्रो दिन हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १९४ पुगेको छ । यस दिन कम्पनीको ४३ कित्ता शेयर खरीदविक्री भएको छ ।  बुधवार कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू. १८६ दशमलव ५० मा खुला भएको थियो । गत मंगलवार उक्त कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि शेयरमूल्य रू. ९५ दशमलव ७५ देखि २८७ दशमलव २५ तोकेको थियो । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३६ हजार २८६ कित्ता,उद्योग प्रभावित  क्षेत्रका बासिन्दाको ३ लाख ६८ हजार १४४ कित्ता र कम्पनीका संस्थापकहरुको २५ लाख ७७ हजार कित्ता गरेर कुल ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियोे ।

मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर प्रतिकित्ता रू. १८६.५० मा खुला

असोज ६, काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर आज(बुधवार) देखि कारोबारमा आएकोे छ ।   कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १८६ दशमलव ५० मा खुला भएको हो । कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ९५ दशमलव ७५ देखि रू. २८७ दशमलव २५ तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।  कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३६ हजार २८६ कित्ता,उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ६८ हजार १४४ कित्ता र कम्पनीका संस्थापकहरुको लगानी २५ लाख ७७ हजार कित्ता गरेर कुल ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको होे ।

मैलुङखोला जलविद्युत् कम्पनीको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल

भदौ १५, काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । कम्पनीले भदौ ११ गतेदेखि लागू हुने गरी कम्पनीको शेयर रजिष्ट्रारमा बिओके क्यापिटललाई नियुक्त गरिएको बताएको छ ।  साउन २६ गते सर्वसाधारणमा आईपीओ विक्री गरेको कम्पनीले हालसम्म उक्त शेयर सूचीकरण गरेको छैन । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पुरा गरेको थियो । शेयर रजिष्ट्रार परिवर्तन गर्नुपरेकाले आईपीओ सूचीकरणमा ढिलाई भएको कम्पनीले बताएको छ । कम्पनीको आईपीओ ६८ हजार ४७४ जना आवेदकहरुमा बाँडफाँट गरिएको थियो । कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सर्वसाधारणलाई आईपीओ विक्री गर्नुअघि कम्पनीले आयोजना प्रभावित स्थानियका लागि २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो ।   कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८१ लाख ४३ हजार कायम भएको छ । यो शेयरमा संस्थापकतर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहेको छ । उक्त कम्पनीको आर्थिक वर्ष ०७६/ ७७ सम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव ७५ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. १ करोड २० लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ ।  आर्थिक वर्ष ०७७/ ७८ सम्म कम्पनीले रू. ७ करोड ४५ लाख ५३ हजार खुद नाफा गर्ने प्रक्षेपण गरेको छ  । प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्म पहिलो शेयर कारोबारका लागि मूल्य तोकिने हुँदा कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९५ दशमलव ९५ देखि रू. २८७ दशमलव २५ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।

पहिलो दिनमै मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओमा मागभन्दा १० गुणा बढी आवेदन

साउन १४, काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा करीब १० गुणा बढी आवेदन परेको छ ।   सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओमा बिहीवार साँझ ५ बजेसम्म ५ लाख ८ हजार ७८२ जनाबाट रू. ७१ करोड ६४ लाख ३३ हजार बराबरको आवेदन परेको छ । जुन मागभन्दा १० दशगुणा बढी आवेदन हो ।  कम्पनीले बिहीवारदेखि सर्वसाधारणका लागि रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री खुला गरेको हो । उक्त मूल्य बराबरको प्रतिकित्ता रू. १०० अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेका हो । सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।  कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको हो ।  मागभन्दा बढी आवेदन पहिलो दिनमै परिसकेकाले यो आईपीओ छिटोमा साउन १८ गतेसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने संकेत गर्दछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो । आवेदन दिएको तीन वर्ष नौ महीनामा बल्ल आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । आयोजना प्रभावित स्थानियका लागि कम्पनीले २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो ।  उक्त कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८१ लाख ४३ हजार कायम हुनेछ । यो शेयरमा संस्थापकतर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारीसमेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ ।  कम्पनीको आर्थिक वर्ष ०७६/ ७७ सम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव ७५ रहेको छ । उक्त अवधिसम्म कम्नपी रू. १ करोड २० लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०७७/ ७८ सम्म कम्पनीले रू. ७ करोड ४५ लाख ५३ हजार खुद नाफा गर्ने प्रक्षेपण गरेको छ  ।

कतिले भरे मैलुङ खोला जलविद्युतको आईपीओ ?

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा पहिलो दिनमै ७१ लाख ४३ हजार ८०० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म ५ लाख ७ हजार ६०० जना लगानीकर्ताले ७१ करोड ४३ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो सर्वसाधारणले आवेदन दिन पाउने ६ लाख ८४ हजार ७४६ कित्ताको १०.४३ गुणा धेरै आवेदन हो ।   मैलुङ खोला जलविद्युत कम्पनीले आज बिहीबार (साउन १४ गते) देखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आईपीओ बिक्री खुला गरेको हो । य...

आजबाट खुल्यो अर्को आईपीओ

काठमाडौं।मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओका लागि आवेदन खुला भएको छ।कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन दिन पाइने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ बिहीवारदेखि विक्रीमा

साउन १३, काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले बिहीवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणमा रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री गर्न लागेको हो । उक्त मूल्य बराबरको प्रतिकित्ता रू. १०० अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेको हो ।  सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।   छिटोमा साउन १८ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा ढिलोमा साउन २८ गतेसम्म आईपीओ विक्रीमा रहने कम्पनीले बताएको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने संकेत गर्दछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो आईपीओ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । आवेदन दिएको तीन वर्ष ९ महीनामा बल्ल आईपीओ निष्कासनका लागि कम्पनीले अनुमति पाएको हो । आयोजना प्रभावित स्थानियका लागि कम्पनीले २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरिसकेको छ ।  आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको छ । उक्त कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८१ लाख ४३ हजार कायम हुनेछ । यो शेयरमा संस्थापक तर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारीसमेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ ।  उक्त कम्पनीको आर्थिक वर्ष ०७६/ ७७ सम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव ७५ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. १ करोड २० लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०७७/ ७८ सम्म कम्पनीले रू. ७ करोड ४५ लाख ५३ हजार खुद नाफा गर्ने प्रक्षेपण गरेको छ  ।