रुरु जलविद्युत परियोजनाले पहिलो त्रैमासमा कमायो ३ करोड ६४ लाख नाफा

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३ करोड ६४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ७ दशमलव १५ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. ३ करोड ३९ लाख नाफा कमाएको थियो ।  चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै नाफा बढ्न सहयोग पुगेको हो । विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ५ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ५ करोड ४८ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५ करोड ३० लाख पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ४९ करोड ३३ लाख छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १९ करोड ७५ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ५३ पैसा (वार्षिक), मूल्य आम्दानी अनुपात २६ दशमलव ५५ गुणा र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ०४ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

रुरु जलविद्युत परियोजनाको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, यस्ता छन् अन्य सूचक

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २६ प्रतिशत घटेको छ ।  कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा रू. ९ करोड ३० लाख नाफा कमाएकोमा गत आवमा रू. ६ करोड ८८ लाखमा झरेको हो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेसँगै नाफा घटेको हो । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. १६ करोड १९ लाख आम्दानी ग।रेकोमा गत आवमा घटेर रू. १३ करोड ४९ लाखमा झरेको छ ।  नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७६ पैसा रहेकोमा गत आवमा घटेर १३ रुपैयाँ ९५ पैसामा झरेको हो । गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव २८ छ । चुक्ता पूँजी रू. ४९ करोड ३३ लाख रहेको कम्पनीले जगेडामा रू.१५ करोड ९२ लाख सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

६ अंकले बढ्यो नेप्से, १ अर्ब ७ करोडको कारोबार

साताको पहिलो कारोबार दिन नेप्से सूचकमा एकल अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन सूचक ६.६८ अंकले बढ्दै १९७७.३० अंकमा उक्लिएको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.५७ अंकले बढ्दै ३८३.७७ अंकमा उक्लिएको छ । तर, समग्रमा ६ अंकले बढेको बजारमा आज जम्मा एक अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । आज होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् । रुरु जलविद्युत कम

आज यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं, ३ जेठ । सोमबार ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँ बराबरको १ करोड ९० लाख ५६ हजार २३९ कित्ता शेयर खरिद बिक्रि भएको छ । आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीर्ताले कमाएका छन् । कम्पनीको शेयरमुल्य आज १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य आज १० प्रतिशतले बढेको हो […]

समता लघुवित्त र रुरुको सेयर मूल्य सर्किट लेभलमा बढ्यो

काठमाडौं । आइतबार (बैशाख २६) नेप्से सूचक १८.५६ अंकले घटेर २६१८.५६ विन्दुमा अडिएको छ । २ सय १९ कम्पनीको १ करोड २७ लाख २८ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको सूचक घटेको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तिय संस्था र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य सबैभन्दा बढेको छ । समताको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ४ रुपैयाँ प्रतिकित्ता कायम भएको छ । यता भर्खरै मा