काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले १ करोड ५२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म २ करोड ६६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ४२ दशमलव ८५ प्रतिशत कम खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको आम्दानी १२ प्रतिशत घटेसँगै खुद नाफामा असर परेको हो । गत वर्ष १२ करोड २३ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष भने १० करोड ७६ लाख रूपैयाँभन्दा बढी मात्र आम्दानी गरेको हो ।
सञ्चालनबाट आम्दानी गत वर्ष ७ करोड ९७ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ७ करोड २४ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । गत वर्षभन्दा यस वर्ष वित्तीय खर्च बढी भएको छ । गत वर्ष ५ करोड ३० लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च भएकोमा यस वर्ष ५ करोड ७२ लाख रूपैयाँभन्दा बढी यो खर्च भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ छ भने जगेडा कोष रकम २३ करोड १८ लाख रूपैयाँभन्दा बढी ऋणात्मक छ । कर्जा सापटी गत वर्ष ५ करोड ६० लाख रूपैयाँ रहेकोमा यस वर्ष ८ करोड २९ लाख रूपैयाँ कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ३ रूपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रूपैयाँ छ ।
रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस