एचआईडिसीएलले भन्यो ' वार्षिक न्युनतम १० प्रतिशत प्रतिफल प्रदान गर्ने लक्ष्य छ'

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले कम्पनीका लगानीकर्तालाई वार्षिक प्रतिफल दिने जनाएको छ । आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा कम्पनीको गतिविधि एवम् भावी गन्तब्य समबन्धि झलक प्रकाशन गर्दै दीघकालीन लक्ष्यमा कम्पनीले कम्पनीका शेयरधनीहरुलाई वार्षिक न्युनतम १० प्रतिशत दिर्घकालिन प्रतिफल प्रदान गर्ने गरि वित्तीय स्रोतको ब्यबस्थापन गर्ने जनाएको हो । त्यस्तै कम्पनीले आगामी दश बर्षको दिर्घकालिन लक्ष्य बमोजिम निर्धारण गरिएको जनाएको छ।१. कुल लगानीमध्ये न्यूनतम ४५ प्रतिशत शेयर पूँजीमा र अधिकतम ५५ प्रतिशत ऋणमा लगानी गर्ने गरी दीर्घकालीन लगानी संरचना (Portfolio) तयार गर्ने ।२. करिब १० हजार मेगाबाट जडित क्षमताका जलविद्युत आयोजनाहरूमा रु. १५० अर्ब बरावरको लगानीमा कम्पनीको संलग्नता रहने। ३ .कम्पनीको पूंजी कोषमा न्यूनतम तीन गुणा लचकता (Leverage) कायम गर्ने गरी शेयर पूंजी बापत रु. ४० अर्ब र अन्य वित्तीय उपकरणको माध्यमबाट रु. १२० अर्ब सहित कुल रु. १६० अर्व वित्तीय स्रोतको परिचालन गर्ने ।४. परिचालन भएको बित्तीय स्रोतको न्यूनतम ९० प्रतिशत रकम जलविद्युत आयोजनाहरूमा लगानी गर्ने।५. कम्पनीका शेयरधनीहरूलाई वार्षिक न्यूनतम १० प्रतिशत दीर्घकालीन प्रतिफल प्रदान गर्ने गरी वित्तीय स्रोतको व्यवस्थापन गर्ने ।कम्पनीको प्रमुख उपलब्धि तथा गतिविधिहरु • १३ वटा जलविद्युत आयोजनामा रु. १५ अर्ब ७३ करोड कर्जा लगानी प्रतिबद्धता गरिएकोर सो प्रतिवद्धतामध्ये हालसम्म रु. ६ अर्ब ७७ करोड कर्जा प्रवाह भएको। • १२ वटा जलविद्युतसंग सम्बन्धित कम्पनी तथा आयोजनाहरुमा करिब रु. ९ अर्ब लगानी प्रतिवद्धता भइ हालसमम्म रु. २ अर्ब ६८ करोड शेयर लगानी प्रवाह भएको। • नेपाल विद्युत प्राधिकरणबाट अघि बढाईएका अपर अरुण (१०६१ मेघावाट), चैनपुर सेती (२१० मेगावाट) लगायत विद्युत उत्पादन कम्पनीबाट अघि बढाइएका ठुला आयोजनाहरुको वित्तीय व्यवस्थापनमा यस कम्पनीको नेतृत्वमा गर्ने गरी प्रक्रिया अघि बढाइएको। • विभिन्न अन्तराष्ट्रिय वित्तीय संस्थाहरुसंग वित्तीय स्रोत परिचालन र जलविद्युत आयोजनाको लगानीमा सहकार्य गर्ने सम्बन्धमा छलफल अघि बढाइएको। • सहायक कम्पनीहरु मार्फत अघि बढाइएका आयोजनाहरुको पूर्व तयारीका अधिकांश कार्यहरु सम्पन्न भई सकेको।हाल कम्पनीको अधिकृत पुँजी रू.५० अर्ब, जारी पुँजी रू.२३ अर्ब ४९ करोड ६० लाख र चुक्ता पुंजी २० अर्ब १९ करोड ६० लाख रहेको छ । प्रवद्धक संस्थाहरूले खरिद नगरेको अवितरित ३ करोड ३० लाख कित्ता हकप्रद शेयर अन्य संस्थापक समुहमा वर्गिकरण गरी लिलाम बिक्रीको प्रक्रियामा रहेको छ । पुँजी संरचनामा नेपाल सरकारको ५० प्रतिशत, कर्मचारी सञ्चय कोषको ५ प्रतिशत, नागरिक लगानी कोषको ५ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ५ प्रतिशत, अन्य संस्थापक समुहको १५ प्रतिशत र सर्वसाधारण समुहको २० प्रतिशत रहेको। 

सम्बन्धित सामग्री

लक्ष्य बिराएका लक्ष्य

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धि दर क्रमशः ३.९ र ३.१ प्रतिशत हुने प्रक्षेपण गर्नुले पनि निर्धारित लक्ष्य लक्ष्यमै सीमित रहने पक्का भएको हो।...

लक्ष्य दुर्घटना घटाउने, क्षति टिठलाग्दो

दिगो विकास लक्ष्य अनुसारको लक्ष्य हासिल गर्न नेपालले सन् २०३० सम्ममा दुर्घटनाबाट हुने मृत्यु कम्तीमा ७.९६ प्रतिशतभन्दा तल झार्नुपर्ने हुन्छ। तर पछिल्ला वर्षहरुको तथ्यांक हेर्ने हो भने सो लक्ष्य प्राप्त गर्नबाट नेपाल टाढा रहने देखिन्छ।

कर्णालीलाई प्राथमिकता नदिई दिगो विकास लक्ष्य प्राप्ति असम्भव

दिगो विकासको लक्ष्य पूरा गर्न बागमती प्रदेशमा मात्र प्रगति भएर हुँदैन। देशभर नै लक्ष्य प्राप्त गर्न जुन प्रदेश सबैभन्दा पछाडि छ, त्यो माथि आयो भने सहज रुपमा लक्ष्य प्राप्त गर्न सकिन्छ। त्यसैले दिगो विकास लक्ष्य प्राप्त गर्न सरकारले सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्ने कर्णाली प्रदेश हो।

पुसमा राजस्वको लक्ष्य पुगेन

काठमाडौं । आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा आन्तरिक राजस्व विभागले लक्ष्य भन्दा २१ प्रतिशत कम राजस्व संकलन गरेको छ । पुस मसान्तसम्ममा २ खर्ब ८१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा २ खर्ब २२ अर्ब मात्रै उठेको हो । यो लक्ष्य भन्दा २१ प्रतिशत कम हो । गत वर्ष यही अवधिमा २ खर्ब ५५ अर्ब […]

‘हाम्रो लक्ष्य उपाधि हो’ – नवाज

एजेन्सी – टि२० एसिया कप २०२२ को सुपर फोरमा भारतलाई ५ विकेटले हराउन नायक बनेका पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले आफ्नो लक्ष्य उपाधि रहेको बताएका छन् । भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर मोहम्मद रिजवानले ५१ बलमा ६ चौका र २ छक्कासहित ७१ […]

राजश्व दोब्बर बनाउने अर्थमन्त्रीको लक्ष्य

अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा बोल्दै मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताएका हुन्् । ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’, उनले […]

लक्ष्य अनुसार राजस्व संकलन भएन

कञ्चनपुर भन्सार कार्यालयमा लक्ष्य अनुसार राजस्व संकलन कमी भएको छ । बढ्दो कोरोना महामारीको प्रभावका कारण भन्सार कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलनमा कमी भएको हो । भन्सार कार्यालयका सूचना अधिकारी प्रमानन्द जोशीका अनुसार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्नका लागि अग्रसर भएको भएपनि कोरोना महामारीका कारण लक्ष्य अनुसार राजस्व संकलनमा कमी आएको छ ।“विगतका वर्षमा […]

जेठमै पूरा भयो नेपालगन्ज भन्सारको लक्ष्य

नेपालगन्ज भन्सार कार्यालयको चालु आर्थिक वर्षको लक्ष्य जेठ महिनामै पूरा भएको छ । कार्यालयले चालू आर्थिक वर्ष सकिन एक महिना अगावै वार्षिक लक्ष्य भन्दा १ अर्ब भन्दाबढी राजस्व असुली गरेको हो । कार्यालयको यस वर्षको लक्ष्य १८ अर्ब भएपनि ११ महिनामै १९ अर्ब भन्दा बढी राजस्व असुली गरी वार्षिक लक्ष्य भन्दा १ अर्ब बढी उठाउन […]

लक्ष्य बोकेर आऊ

खुसी र उमंग त नियति नै हो तिम्रो, अब त्यसमा लक्ष्य बोकेर आऊ, हिजोको ब्राण्ड नेम बदेलेर आऊ आउँदा अलि फरक भएर आऊ।

राजस्वको लक्ष्य भेटाउन मुस्किल

रुकुम पश्चिमका स्थानीय तहहरु आन्तरिक राजस्व संकलनमा कमजोर देखिएका छन् । स्थानीय तहहरु स्थापना भएदेखि चालु आर्थिक वर्षसम्मको राजस्व संकलनमा अधिकांस स्थानीय तहहरुले आफ्नो लक्ष्य भेटाउन सकेका छैनन् । प्रभावकारी कार्यक्रम विनाका राजस्व लक्ष्य हुँदा स्थानीय तहले लक्ष्य पूरा गर्न नसकेका हुन् ।रुकुम पश्चिमको सदरमुकाम समेत रहेको मुसीकोट नगरपालिकाले बितेका तीन आर्थिक वर्षमा पनि आफ्नो […]