सरकारी कार्यालयका साइनबोर्ड जनताले प्रस्टसँग देख्ने र बुझ्ने हुनुपर्छ, यो सर्वमान्य सिद्धान्त हो । तर नेपालका सरकारी कार्यालयका साइनबोर्ड र नागरिक बडापत्रमा कतै अक्षर उक्किएका छन् भने कतै माकुराले जालो लगाएका छन् । सिंहदरबारभित्र कुन मन्त्रालय कता छन् भनेर जानकारी दिन खम्बामा राखिएका संकेत बोर्डहरू मेटिएर चिन्नै नसक्ने अवस्थामा पुगेका छन् । यस्तै दुर्दशा बालुवाटारस्थित नेपाल राष्ट्र बैंकसँगैको ट्राफिक चिन्ह राखिएको साइनबोर्डको पनि छ । ट्राफिक चिन्हको अक्षर प्रस्ट देखिँदैन ।
दिनदिनै प्रधानमन्त्री, मन्त्री, सचिव, विदेशी पाहुना लगायत भीभ...