प्रदेश निर्वाचन कार्यालयमा प्रदेशका सबै जिल्लाहरूको चुनावी गतिविधि र तथ्याङ्क हुनुपर्ने हो । तर कर्णाली प्रदेश निर्वाचन कार्यालय भने सुर्खेत जिल्ला बाहेक अन्य जिल्लाको चुनावी गतिविधिबारे बेखबर रहेको छ । आगामी मङ्सिर ४ मा प्रदेश र संघको निर्वाचन तोकिएसँगै कर्णाली प्रदेशको चुनावी लेखाजोखाबारे जानकारी लिन सरोकारवालाहरू प्रदेश निर्वाचन कार्यालय पुग्ने गरेका छन् । तर कार्यालयले भने सुर्खेत जिल्लाको मात्रै तथ्याङ्क उपलब्ध गराउँछ । प्रदेश निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसे प्रदेश निर्वाचन क