राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन गएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवार वञ्चित भएका छन् । लोसपाले राष्ट्रिय सभामा उम्मेदवारीका लागि अन्य समूहबाट उम्मेदवारीका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पुगेका श्यामसुन्दर सरदार उम्मेदवारी दर्ताबाट वञ्चित भएका हुन् ।प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका निर्वाचन अधिकृत पुष्पा झाले आर्थिक लाभ लिने पदमा कार्यरत रहेको र प्रदेश सभाको समानुपातिक तर्फको बन्द सूचीमा सरदारको नाम रहेकाले उम्मेदवारी रद्द भएको जनाएकी छिन्