देश संघीयतामा गएपछि नयाँ प्रादेशिक संरचना अनुसार ७ प्रदेशहरू कायम भए । देशकै केन्द्रको रुपमा रहेको काठमाडौं उपत्यकासहितका अन्य १० जिल्लाहरु समावेश गरी बागमती प्रदेश स्थापना गरियो । २०७६ पुस २७ गते बागमती प्रदेशको राजधानी हेटौंडा कायम गरियो भने सोही दिन बागमती प्रदेश नामकरण पनि गरिएको छ । प्रदेश राजधानी कायम गरिएपछि केन्द्रमा हरेका सरकारी निकायहरुले धमाधम प्रदेशस्तरमा आफ्नो संरचनाहरु तयार गर्ने काम गरे । प्रदेश राजधानी हेटौंडाबाट उनीहरुले कार्य संचालन प्रारम्भ गरी त्यसलाई जारी राखेका छन् ।संघीयता