दाङ : माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय जिल्लामा स्थापना गरिएको छ।बिहीबार प्रदेश निर्वाचन कार्यालय घोराही दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रीतेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले गरेका थिए। कार्यालय स्थापनासँगै विधिवत् रूपमा राष्ट्रियसभाको निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेशमा ३ जनाका लागि निर्वाचन हुन लागेको