काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायातको भाडा बढेको छ । बागमती प्रदेश सरकारले नयाँ वर्षदेखि लागू हुने गरेर सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो । प्रदेश सरकारको सोही निर्णयअनुसार आजदेखि नयाँ भाडादर कार्यान्वयनमा आएको हो। यातायात मन्त्रालयले फागुन २४ गते भाडा बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार अब काठमाडौं उपत्यकामा यात्रुले गाडी चढ्ने वित्तिकै २० रुपैयाँ तिर्नुपर्ने छ । यात्रुले ५ किलोमिटरसम्मको दूरी यात्रा गर्न परेमा उक्त भाडा बुझाउनुपर्ने छ ।यसैगरी, १० किलोमिटरसम्मको द