काठमाण्डाै - गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढाएको छ ।
प्रदेश सरकारको कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै भोलिदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएकाे जनाएको हो । तर प्रदेशमा यसअघि नै भाडा बढिसकेको छ । प्रदेशभित्र एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा भाडा निर्धारण गरिएको छ।
यस्तै जीपमा प्रतिकिलोमिटर साढे पाँच रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११ रुपैयाँ ७२ पैसा लाग्ने छ । सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ ...