सरकारले अन्तरप्रदेश लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ । एक प्रदेशबाट अर्काे प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा १० देखि १५ प्रतिशत भाडा बढेको हो ।यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सबै प्रकारको सार्वजनिक यातायमतमा भौगोलिक अवस्थितिका आधारमा भाडा वृद्धि गरेको हो ।विभागले आइतबार सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुवाहक […]