गण्डकीका कानुनमन्त्रीले तलब भत्ताको करिब १५ लाख सामाजिक काममा खर्चे

पर्वत : गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आफू मन्त्री हुँदा पाएको हालसम्मको झन्डै १५ लाख तलब सामाजिक काममा खर्च गरेका छन्।आफू मन्त्री भएको २०७७ सालको माघ महिनादेखि २०७८ फागुन मसान्तसम्म आफ्नो खातामा जम्मा भएको १३ लाख ६६ हजार तीन सय ६० रुपैयाँ र आफ्नो व्यक्तिगत खर्चबाट एक लाख २० हजार पाँच सय ४७ गरी कुल १४ लाख ८६ हजार नौ सय ७ रुपैयाँ विभिन्न योजनाका लागि दिएको मन्त्री थापाले बताएका छन्।आफू मन्त्री भएको अवधिमा बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा स

सम्बन्धित सामग्री

गण्डकीका सांसद विन्दुकुमारको तलबभत्ता सामाजिक काममा

पोखरा – गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले तलबभत्ता सामाजिक काममा सहयोग गरेका छन्। कास्की २ ‘ख’ बाट निर्वाचित उनले दोस्रो कार्यकालमा आफ्नो खातामा जम्मा भएको तलब भत्ता मतदाताको घरमा खानेपानीको धारा जडानदेखि रोगले थलिएर उपचारमा समस्या भएका विपन्नको वर्गलाई सहयोग गरेका हुन्। गतवर्षको पुस २५ गतेदेखि हालसम्म ११ लाख १२ हजार ६०५ रुपैयाँ सहयोग […]

तलब नदिएको भन्दै निदान अस्पतालका ४७ जना डाक्टरले बुझाए विभिन्न निकायमा पत्र

निदान अस्पतालले चिकित्सकलाई काम लगाउने तर तलब सुविधा भने नदिने गरेको पाइएको छ। अस्पतालले काममा खटाएर तलब नदिएको भन्दै चिकित्सकहरुले सामुहिक रुपमा हस्ताक्षर संकलन गरी अस्पताल सञ्चालकलाई पत्राचार गरेका छन्।

श्रमिकको तलब बढ्यो

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको तलब बढाएको छ । मन्त्रालयले हालै राजपत्रमा सूचना प्रकाशित गरी साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको तलब बढाएको हो । चिया बगानमा काम गर्ने र चिया बगानबाहेकका क्षेत्रमा काम गर्ने श्रमिकको तलब फरक अंकले बढाइएको छ । चिया बगानमा काम गर्ने श्रमिकको तलब मासिक १३ हजार ८९३ रुपैयाँ पुर्‍याइएको छ, जसमा आधारभूत पारिश्रमिक ८ हजार ९३४ रुपैयाँ र महँगी भत्ता ४ हजार ९५९ रुपैयाँ तोकिएको छ । ज्यालादारीमा काम गर्ने चिया बगानका श्रमिकको दैनिक पारिश्रमिक पनि ५०० रुपैयाँ पुर्‍याइएको छ, जसमा आधारभूत ज्याला ३२३ रुपैयाँ र महँगी भत्ता १७७ रुपैयाँ कायम गरिएको छ । यसैगरी प्रतिघण्टा काम गर्दा ६६ रुपैयाँ दिनुपर्ने मन्त्रालयले बताएको छ । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता ६३ रुपैयाँ तोकिएको छ । अन्य क्षेत्रमा काम गर्ने श्रमिकको तलब मासिक १७ हजार ३०० रुपैयाँ तोकिएको छ, जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रुपैयाँ र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ तय गरिएको छ । दैनिक काममा लगाउँदा श्रमिकको पारिश्रमिक ६६८ रुपैयाँ तोकिएको छ । यसमा आधारभूत पारिश्रमिक ४१८ रुपैयाँ र महँगी भत्ता २५० रुपैयाँ तय गरिएको छ । घण्टाको हिसाबले काममा लगाउँदा प्रतिघण्टा ८९ रुपैयाँ दिनुपर्ने व्यवस्था गरिएको छ । यससँगै आंशिक समय मात्र काम गर्ने कामदारको प्रतिघण्टा न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ तोकिएको छ । सरकारले तोकेभन्दा कम पारिश्रमिकमा काम लगाउन नपाइने भएको छ । यससँगै नियुक्तिपत्र, श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायत सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । त्यस्तै, स्थानीय सरकार तथा अन्य निकायले न्यूनतम पारिश्रमिक निर्धारण गर्दा योभन्दा कम नहुने गरी निर्धारण गर्नुपर्ने सूचनामा उल्लेख छ ।

सरकारी सुविधा नलिने उद्घोष गरेका धनगढीका मेयरले परोपकारी काममा तलब खर्चिँदै

स्थानीय तह निर्वाचन ताका सरकारी सुविधा एक पैसा पनि नलिने उद्घोष गरी चुनाव जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तलब बुझेका छन् । तर उनले बुझेको तलब आफ्नो व्यक्तिगत कार्यमा भन्दा परोपकारी कार्यमा खर्च गरेका छन् । मेयर हमालले ३ महिनाको सेवा सुविधा बापत पाउने रकम सामाजिक कार्यमा लगाउने बताउने घोषणा गरेका हुन् । उनले साउन, भदौ, असोज र पर्व खर्चबापत २ लाख ६७ हजार ८ सय रुपैयाँ बुझेका छन् ।  सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा

चुनावका लागि आयोगले माग्यो ९ अर्ब

विगतमा चुनावसम्बन्धी काममा संलग्न कर्मचारीलाई खाइपाई आएको तलबको १२१ प्रतिशत सुविधा दिइएको थियो। यसपटक निर्वाचनसम्बन्धी काममा खटिने कर्मचारीलाई सुुरू तलब स्केलको शतप्रतिशत हुनेगरी बजेटमा प्रस्ताव गरिएको छ। सम्बन्धित स्थानीय तहभित्रका कार्यालयमा कार्यरत कर्...

नयाँ ब्यवस्थापन फेर्दै नेपालगन्ज मेडिकल कलेज

‘जो कर्मचारीले सबैभन्दा बढी तलब सुविधा लिन्छ, उ हाजिर गरेर राजनीतिमा समय बिताउँछ,’ उनले भने, ‘मैले उनीहरुलाई कडाई गरेर काममा लगाउन सकेन, त्यसकारण मेडिकल कलेजलाई सुधार्न नयाँ ब्यवस्थापक आउन जरुरी भयो।’...

प्रदेशसभा सदस्य थापाले सबै तलब सुविधा सामाजिक कार्यमा खर्चिए

पोखरा । गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले आफूले प्रदेश सभासदस्यको हैसियतमा प्राप्त गरेको सम्पूर्ण तलब सुविधा सामाजिक कार्यमा खर्चिएका छन् । थापाले कास्की क्षेत्र नं. २ प्रदेश ‘ख’ का लागि सांसद्को हैसियतमा पाएका सम्पूर्ण तलब सुविधा सामाजिक काममा खर्चिएका हुन् ।उनले बुधबार पोखरामा आयोजित पत्रकार सम्मलेनमा निर्वाचनका बेला आफूले जनतासँग निर्वाचन भएपछि प्राप्त गर्ने सेवा सुविधा सामाजिक कार्यमा लगाउने भनी प्रतिबद्धता व्यक्त गरेअनुसार आपूmले प्रदेश सभा सदस्यका रुपमा पाएको सम्पूर्ण

प्रदेश सांसद दवाडीले तलब भत्ताबाट ९ लाख रुपैयाँ सामाजिक काममा लगाए

६ माघ, काठमाडौं । गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले चालु आर्थिक वर्षमा आफ्नो तलब भत्ताबाट ९ लाख रुपैयाँ सामाजिक काममा लगाएका छन् । प्रदेशसभा सदस्यको सपथ लिएकै दिन उनले सेवा सुविधावापत पाउने रकम आफ्नो परिवारका लागि उपयोग नगर्ने, सामाजिक काममा लगाउने घोषणा गरेका थिए । निर्वाचित भएको वर्ष १२ लाख, पछिल्लो वर्ष १० लाख रुपैयाँ […]

तलब सामाजिक काममा खर्चिने उपमहानगर प्रमुख राणाको घोषणा

बाँके : नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले आफूले पाउने तलब भत्ता सामाजिक काममा लगाउने घोषणा गरेका छन्। उनले आफूले कार्यकालभरि पाउने तलब र भत्ता सामाजिक कार्यमा लगाउने घोषणा गरेका हुन्। प्रमुख राणाले असोज महिनाको ५० हजार रुपैयाँ तलब वाल्मिकी समाज तथा मन्दिरलाई सहयोग गरेका छन्।  प्रमुख राणाले म...