तलब नदिएको भन्दै निदान अस्पतालका ४७ जना डाक्टरले बुझाए विभिन्न निकायमा पत्र
निदान अस्पतालले चिकित्सकलाई काम लगाउने तर तलब सुविधा भने नदिने गरेको पाइएको छ। अस्पतालले काममा खटाएर तलब नदिएको भन्दै चिकित्सकहरुले सामुहिक रुपमा हस्ताक्षर संकलन गरी अस्पताल सञ्चालकलाई पत्राचार गरेका छन्।
काठमाडौं । तलब नपाएको भन्दै बसुन्धरास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । अस्पतालले तीनदेखि १० महिनासम्मको तलब नदिएको भन्दै उनीहरुले कर्मचारी संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका हुन् । जसअनुसार सोमबार उनीहरुले महासंरक्षक, संरक्षक, अस्पताल व्यवस्थापन समिति सदस्य र सम्पूर्ण महेन्द्रनारायण निधि सहकारीका शेयर धनीहरुलाई पारिश्रमिक एकमुष्ट पाउनुपर्ने माग गर्दै पत्र […]
काठमाडौं : अबदेखि निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरले मासिक तलब ४८ हजार रुपैयाँ पाउने भएका छन्। निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४८ हजार ७३७ रुपैयाँ तोकेको हो।उनीहरूको २०७७ फागुन ४ गते ४२ हजार रुपैयाँ तलब तोकिएको थियो भने २०८० जेठ १ गते देखि बढ्ने भनिएको निर्णयले अबदेखि निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरूको तलब ४८ हजार ७३७ रुपैयाँ पुर्&
लमजुङ जिल्ला अस्पातालका कर्मचारीले विगत चार महिनाको तलब नपाएको गुनासो गरेका छन् । दुई महिना अघिदेखि गण्डकी प्रदेश सरकारको व्यवस्थापनमा सञ्चालन हुँदै आएको अस्पतालका कर्मचारीले एक महिना बराबरको बोनससँगै असोजदेखि यताको तलब नपाएको गुनासो गरेका हुन् । मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले अस्पताल व्यवस्थापनको जिम्मा हस्तान्तरण गरेसँगै प्रदेश सरकारको स्वामित्वमा सञ्चालन हुँदै आएको अस्पतालमा […]
तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आजदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।उनीहरूले बहिरङग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी …
म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालमा कार्यरत कर्मचारीले तलब नपाएपछि आन्दोलित बनेका छन्। अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले बिगत तीन महिनायता तलब नपाएपछि बुधवार विहादेखि आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प...
नेपालगञ्ज – अस्पताल व्यवस्थापनले तलब उपलब्ध गराउने आश्वासन दिएपछि नेपालगञ्ज शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले विराेध प्रदर्शन राेकेका छन् । यसअघि साेमवार बिहान फागुनदेखिको तलब भत्ता नपाएको भन्दै नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका थिए ।
उनीहरूले नियमित तलब पाउनुपर्ने, तलब वृद्धि हुनुपर्ने, कोभिडको समयमा काम गरेको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगायतका मागसहित आज अस्पतालमा विरोध प्रदर्शन गरेका थिए । कर्मचारी सङ्गठनका अध्यक्ष कुश्माखर बस्यालले अस्पताल व्यवस्थापनले असार २ गतेसम्म ...
कोरोना महामारीको बेलामा फ्रन्टलाइनमा रहेर काम गर्ने पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालू अवस्थामा रहेको खाता सञ्चालनमा स्वीकृति नदिएपछि पर्वत अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ ।काम गरेको लामो समय हुँदा समेत तलब […]
पर्वत । पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालु अवस्थामा रहेको खाता सञ्चालनमा रोक्का गरेपछि उनीहरु तलब पाउनबाट बञ्चित बनेका हुन् । अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ । काम गरेको लामो समय हुँदा समेत […]