आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपाललाई भारत सरकारले ८० स्करपियो गाडी प्रदान गरेको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारीसाधनको साङ्केतिक साँचो हस्तान्तरण गरे ।