माधव नेपालको पार्टी खारेज गर्न माग गरिएको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

नेकपा एमालेले सभामुख र निर्वाचन आयोग विरुद्द दायर गरेको रिटमा सर्वोच्च अदालतले एमालेको माग अनुसार अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।प्रधान न्यायधिश चोलेन्द्र समशेर जबराको एकल इजलाशले अन्तरिम आदेश दिन अस्विकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो । अदालतमा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट वारेस सुमित्रा पाण्डेले रिट निवेदन दर्ता गरेकी थिइन्।  एमालेका १४ जना प्रतिनिधिसभा सदस्यलाई गरिएको कारबाहीलाई कार्यान्वयन नगरेको भन्दै परमादेश जारी गर्न रिट निवेदनमा माग गरिएको थियो  । एमालले १४ जना आफ्ना दलका प्रतिनिधिसभा सदस्यलाई गत साउन २५ को निर्णयले निष्कासन गरेको थियो । पार्टीले कारबाही गरिसकेका १४ सांसदको समेत सनाखत गरी नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्न रिट निवेदनमा माग गरिएको थियो । यस विषयमा छलफल गर्न अदालतले २८ गते दुवै पक्षलाई बोलाएको छ । सोहि दिन एमालेको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल हुने छ । त्यस्तै  निर्वाचन आयोगले प्रक्रिया मिचेर धेरै सङ्ख्या पु¥याएर नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको र नयाँदिल्लीमा रहेका एमाले नेता झलनाथ खनालको सनाखत हुनै नसक्ने अवस्थामा समेत गैरकानुनीरुपमा स्वीकार गरेको रिट निवेदनमा उल्लेख थियो । यस विषयमा भने अदालतले कारण देखाउ आदेश जारी गरेको छ । यस विषयमा के कस्तो भएको हो र निवेदकको माग बमोजिम किन अन्तरिम आदेश जारी गर्नु नपर्ने हो भन्दै अदालतले निर्वाचन आयोगलाई १५ दिन भित्र लिखित पेश गर्न आदेश दिएको हो । 

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

काठमाडौं।अतिरिक्त शुल्क उठाउन रोक लगाउन दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेपछि अब विश्वकप फुटबल नेपाली टेलिभिजनमा प्रसारण हुने भएको छ। कोरोना बीमा भुक्तानी दिन नेपाल पुनर्बिमालाई बीमा प्राधिकरणले निर्देशन दियो। अघिल्लो वर्षभन्दा १६.८ प्रतिशतले बढ्दा तीन महिनामा दुई खर्ब ८१ अर्ब रेमिट्यान्स भित्रियो। वनमा आश्रित आदिवासी जनजाति र स्थानीय समुदायको क्षमता सुदृढ गर्न विश्व बैंकले ५८ करोड अनुदान दिँदैछ।

तोसिमाको उम्मेदवारी जोगाउने आदेश आयोगलाई चित्त बुझेन, खारेज गर्न दियो १३ कारण

ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले भ्याकेट निवेदन दर्ता गरेको छ। उक्त अन्तरिम आदेश बदर गर्न माग गर्दै...

तोसिमाको पक्षमा दिएको अन्तरिम आदेश खारेज गर्न आयोगले दियो भ्याकेट निवेदन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवारी दिएकी तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेश खारेजीको माग गर्दै निवेदन दिएको छ। शुक्रबार निर्वाचन आयोगले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। शनिबार आयोगले कार्की मेडिकल काउन्सिलको सदस्य पदमै रहेको अवस्थामा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको भन्दै खारेज गरेको थियो। कार्कीले […]

डा. तोसिमा कार्कीको उमेदवारी कायम राख्ने आदेशविरुद्ध निर्वाचन आयोगले दियो निवेदन

काठमाडौं । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट उमेदवारी दिएकी डा. तोसिमा कार्कीको उमेदवारी कायम राख्न सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध निवेदन दिएको छ । आयोगले शुक्रबार अदालतको अन्तरिम आदेश खारेज गर्न निवेदन दिएको हो ।  आयोगले लाभको पदमा रहेको बताउँदै तोसिमाको उमेदवारी खारेज गरेको थियो । तर, आयोगको निर्णयविरुद्ध उनी सर्वोच्च...

सर्वोच्चले दियो तोसिमाको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश

डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

श्रीलङ्का अदालतले रूसी जेटलाई उडान गर्न दियो अनुमति

कोलम्बो । सोमबार श्रीलङ्काको एक अदालतले व्यापारिक विवादका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको एअरोफ्लट एयरबस ए–३३० विमान रोक्ने उड्डयन कार्यालयको आदेशलाई सोमबार खारेज गरेको छ । आदेशसँगै विमानले मस्कोका लागि उडान भर्न सक्नेभएको छ । श्रीलङ्काली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश गरेको थियो । त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार […]

फलेबास नगरपालिका स्थायी केन्द्रमा सर्‍यो

चैत ४, पर्वत । पाँचवर्षे कार्यकाल सकिनै लाग्दा पर्वतको फलेबास नगरपालिकाले आफ्नै स्थायी केन्द्रबाट प्रशासकीय सेवा शुरु गरेको छ ।  लामो समयको रस्साकसीपछि गत साउनमा केन्द्र विवाद टुंग्याएको नगरपालिकाले स्थायी केन्द्र झकलकमा अस्थायी संरचना निर्माण गरेर सेवा शुरु गरेको जानकारी दिएको छ ।  नगरपालिकाले सभाहलसहित १० ओटा कोठा निर्माण गरी सेवा शुभारम्भ गरेको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए । नगरपालिकाको पक्की प्रशासकीय भवन निर्माणको चरणमा छ । नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यसपछि फलेबास सिँचाइ आयोजनाको कार्यालयबाट सेवा सञ्चालन भइरहेको थियो ।   कार्यपालिकाको बहुमतले २ वर्षअघि अस्थायी रूपमा फलेबास–५ खानीगाउँमा रहेको केन्द्र सोही वडाको झकलकस्थित सार्ने निर्णय भएको थियो । नगरसभाको दुई तिहाइ बहुमतले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै नगर उपप्रमुख मञ्जु अधिकारी न्यायालय पुगेकी थिईन् । अधिकारीले आफ्नो घरनजिकै केन्द्र राख्ने गरी परमादेशको माग गर्दै गत चैत २२ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिईन ।   त्यसको २ दिनपछि सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्रशासकीय भवन तत्कालका लागि निर्माण कार्य अगाडि नबढाउन आदेश दिएको थियो । त्यसको विरुद्धमा गत वैशाख ९ मा उक्त रिट खारेज गरिपाऊँ भन्दै नगरपालिकाको कार्यालयले सर्वोच्चमै निवेदन दियो ।  उक्त निवेदनउपर सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि चैत २५ मा न्यायाधीश भण्डारीले गरेको आदेश खारेज गरी कार्यपालिकालाई नियमानुसार अघि बढ्न परमादेश दिएपछि नगरपालिकाले स्थायी केन्द्रमा संरचना निर्माणको प्रक्रिया अघि बढाएको हो । साँघुरा संरचनाबाट गुज्रिएको नगरपालिका अब ६० रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गामा सार्न पाएपछि नगरवासी र पदाधिकारी खुसी छन् ।  भवन निर्माणस्थलका विषयमा भएको विवादका कारण लामो समयदेखि रोकिएको प्रशासनिक भवन निर्माण कार्य भने अहिले तीव्र गतिमा अगाडि बढेको छ । तीन तलाको प्रशासकीय भवन ४२ कोठे हुने भएको छ । गत भदौमा निर्माण सम्झौता भएको भवन रू. ९ करोड २ लाख रुपैयाँको लागतमा १८ महीनामा सक्ने गरी जुम्ले थान एन्ड आचार्य बिल्डर्सले जिम्मा लिएको प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले बताए । नगर प्रमुख पदमपाणि शर्माले जनताको अपेक्षा र भावनालाई बुझेर स्थायी केन्द्रको टुंगो लगाएको उल्लेख गर्दै आफ्नै कार्यकालमा सेवा शुभारम्भ गर्ने सपना पूरा भएको बताए । शून्यबाट शुरु भएको नगरपालिकाले पहिलो कार्यकालमा उपलब्धिमूलक काम गरेको उनले दाबी गरे ।

अदालतले दियो शर्लिनलाई नपक्रन आदेश

पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् ।

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमलाई सर्वोच्चले दियो वैधता

कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रमलाई मान्यता अनुसार पठाइयोस् भनेर भागवता अर्याल समेत ७ जनाले दिएको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको १० नम्बर बेञ्चको संयुक्त इजलासले आज रिट खारेज गर्दै नयाँ पाठयक्रम अनुसार अध्ययन/अध्यापन गर्न÷गराउन निर्देशनात्मक आदेश दिएको ...