सरकारले निर्वाचन आयोगका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरेको छ । आयोगको कानुन शाखाका प्रमुख समेत रहेका गौतमको सरुवा भएको निर्वाचन आयोग स्रोतले रातोपाटीलाई जानकारी दियो । विभाजित नेकपाको मुद्दा हेरिरहेका गौतमको सरुवालाई अर्थपूर्ण रुपमा लिइएको छ । आयोगमा विचाराधीन मुद्दा हेरिरहेका गौतमको सरुवापछि नेकपा प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराईले मंगलबार राति ट्वीट गर्दै सरकारको नियतमाथि शंका र षडयन्त्रको आभास भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘निर्वाचन आयोगमा नेकपाको