जनकपुरधाम : रेल्वेका लागि महोत्तरीको बर्दिवासमा अधिग्रहण गरेको जग्गाको मुआब्जा विवाद टुंगिने भएको छ।रेल विभागले ७ वर्षदेखि बर्दिवासमा रोक्का गरेको जग्गाको मुआब्जा विवाद टुंगिन लागेको हो। जयनगर–बर्दिवास रेल्वे र पूर्व–पश्चिम रेलमार्ग दुवैको साझा स्टेशन रहने बर्दिवासको जग्गा मुआब्जा विवाद टुंग्याइएको मुआब्जा निर्धारण समितिले जनाएको छ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तीर्थराज भट्टराईले बर्दिवास नगरपालिकाको पूर्वमा रातुखोलादेखि पश्चिममा भप्सीखोलासम्म करिब ६९ बिघा ज