वैशाख ८, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बुधवार उच्च दरमा वृद्धि भएको छ ।
ज्योति लाईफ इन्स्योरेन्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र महिला लघुवित्तको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार पार्दाको समय ११ : ४० बजेसम्ममा ज्योति लाईफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता रू. ८२६ पुगेको छ भने महिला लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ७६६ पुगेको हो ।
ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो । ज्योति लाईफ इन्स्योरेन्सको शेयरमा सबैभन्दा बढी ४ लाख ७८ हजार २९१ कित्ता खरीद माग छ भने महिला लघुवित्तको शेयरमा २ लाख ७३ हजार ३२ कित्ता अर्डर रहेको छ ।
ती दुबै कम्पनीले केहि समय अगाडि मात्र आईपीओ निष्कासन गरेका हुन् ।