काठमाडौं। पाकिस्तानका विदेश मन्त्रीले अफगानिस्तानबाट अमेरिका गैर जिम्मेवार रूपमा निस्किएको बताएका छन्। पाकिस्तानका विदेश मन्त्री साह मोहम्मद कुरेसीले अमेरिकाले आफ्नो र नेटो सेनालाई बिना कुनै तयारी गैर जिम्मेवारी रूपमा निकालेकाले त्यहाँ तालिबान विद्रोहीहरूले अराजकता मच्चाउन थालेको बताएका छन्। अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस्किएपछि त्यहाँको अवस्था अराजक बन्दै गएको उनले बताएका छन्।