काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा थप एक प्रतिशत ब्याज दिइने भएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकले बैंकिङ्ग प्रणालीबाट पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफूले कमाएको रकम बैंकिङ्ग प्रणालीमार्फत पठाउन र बचत गर्न प्रोत्साहित गर्नका लागि यस्तो नियम ल्याइएको हो । वैदेशिक रोजगारीमा रहेका कतिप...