काठमाडौं : नागरिक लगानी कोषले बचतकर्तालाई दिने ब्याजदर बढाएको छ। कोषले २०७९ साउन १ देखि लागू हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम दिने भएको छ।यसअघि कोषले यसै कार्यक्रमका ३ लाखभन्दा बढी सहभागीलाई २०७७ असारको नाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो। त्यसैगरी कोषद्वारा सञ्चालित उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १.५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ। यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको र